झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पाडाजुँगी, ७ मंसिर । झापाको कमल गाउँपालिकामा सञ्चालन हुँदै आएको स्व. मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको पाँचौ संस्करण यहि मंसीर १५ देखि १८ गते सम्म हुने भएको छ । दमक लखनपुर भेट्रान क्लबको आयोजनामा कमल–५ स्थित गुहेश्वरी आधारभूत विद्यालय को खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । शुक्रबार दमकमा पत्रकार सम्मेलन गरि क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र ढंगले भईरहेको क्लबका अध्यक्ष भोजकुमार राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५ हजार र दोश्रोले ५१ हजार रुपैयाँ सहित ट्रफि पाउने छ । कमल गाउँपालिका तथा कमल खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगितामा काकडभिट्टा, चन्द्रगढी,…

Read More

काठमाडौँ, ७ मंसिर । सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्य्विधि संशोधन गरेर यो वर्षको कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले कार्यक्रम सञ्चालन गर्नका लागि स्थानीय तहमा खटिएका रोजगार संयोजकमार्फत कार्यक्रम सञ्चालनका लागि प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । उनले भने, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरेर यो वर्ष धेरै व्यवस्थित बनाउन खोजेका छौँ, गत वर्ष जस्तो यो पटक समस्या आउँदैन भन्नेमा विश्वस्त…

Read More

काठमाडौँ, ७ मंसिर । नेपाल र भारतका अधिकारी सम्मिलित समन्वय बैठक शुक्रबार सकिएको छ । सो बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकाले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको छ । यसैगरी सूचनाको आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मिीलत बैठकको आयोजना गर्ने निर्णय समेत भएको छ । यसैगरी विभिन्न प्रकारका चाडपर्वका अवसरहरुमा दुवै देशका नागरिकलाई सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन दुवै देशका सुरक्षाकर्मी सम्मिलित सहायता कक्षलाई निरन्तरता दिइने सहमति भएको छ । सीमा व्यवस्थापनलाई मजवुद बनाई राख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको छ ।…

Read More

झापा, ७ मंसिर । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पुर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ । यसरी भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि झापाको गौरीगञ्ज गाउँपालिका–२, पिण्डालघुटुका बासिन्दाको पचासौँ बिघा नेपाली जमिन भारतीयको कब्जामा रहेको छ । स्थानीय बासिन्दका अनुसार यहाँको कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ । उनीहरूले जग्गाको मालपोत भने बर्सेनी नेपाल सरकारलाई तिरिरहेको बताएका छन् । दुई देशको सीमा क्षेत्र कुनै स्तम्भ, बार, वा…

Read More

सन्तोष शर्माहल्दिबारी, ७ मङ्सिर । झापाको हल्दिबारी गाउँपालिकाले छ विद्यालयका करिब एक हजार विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गाउँपालिकाले विज्ञान, गणित र अंग्रेजी विषयमा निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर दाहालले जानकारी दिनुभयो । गाउँपालिका हाताभित्र रहेको हल्दिबारी मावि, जनजागृति मावि, लक्ष्मी मावि, महेन्द्र मावि, पञ्चायत मावि र सरस्वती माविका कक्षा–९ र १० मा अध्ययनरत् एक हजार विद्यार्थी निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म ५४ वटा कक्षा सञ्चालन हुने गरेको छ ।…

Read More

झापा, ७ मंसिर । वैदेशिक रोजगार विभागले वैधानिक रुपमा श्रम इजाजतपत्र लिएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकामा आपत्ति जनाएको छ । वैदेशिक रोजगारीका लागि हिँडेका युवालाई कागजात राम्रोसित नहेरिकन विमानस्थलबाट फर्काइने घटना बढ्न थालेको र यस्ता कामदार रुँदै कराउँदै यहाँ आउने गरेकाले विभागले सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थलका कर्मचारीले गरेको व्यवहारप्रति यस्तो आपत्ति जनाएको हो । श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई पनि बिनाकारण त्यसै फिर्ता गर्ने क्रम बढेको विषयमा विभागले यस्तो आपत्ति जनाएको हो । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

अर्जुनधारा, ७ मंसिर । झापाको अर्जुनधारामा नगरस्तरीय अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिताको उपाधि सृजना शिशु सदनले हात पारेको छ । शुक्रबार शनिश्चरे माविको प्राङ्गणमा भएको फाइनल खेलमा कालिस्थान माविलाई पछि पार्दै शिशु सदनले उपाधि उचालेको हो । सृजना शिशुले २–१ को सेटले कालिस्थानलाई पछि पार्दै जित हासिल गरेको शिक्षक कपिलदेव तिम्सिनाले जानकारी दिए । प्रथम हुंदै सृजना शिशुले नगद ८ हजार र दोस्रो कालिस्थानले ४ हजार प्राप्त गरेका छन् । शनिश्चरे बाल क्लब तथा शनिश्चरे माविको आयोजनाभएको प्रतियोगिताको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले रेफ्रिलाई बल हस्तानतरण गरेर उद्घाटन गरेका थिए । शनिश्चरे बाल क्लबका अध्यक्ष डोल्मा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको…

Read More

विराटनगर, ६ मङ्सिर । विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, छोरीलाई सम्मान गर्नुपर्छ र समयअनुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्ने धारणाको विकास हुनुनै कार्यक्रमको सफलता भएको विराटनगर महानगरपालिकाको ठहर छ । चालू आर्थिक वर्षबाट शुरु भएपछि लाभान्वित वर्ग खुसी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो । विराटनगर महानगरपालिकाले महानगरभित्र बालबालिकाको हितको संरक्षण, सरसफाइ, लैङ्गिक समानता, हिंसा, गरीबी, सीमान्त महिलाको छोरीको गर्भपतनको न्यूनीकरण, छोरीलाई प्रोत्साहन गर्नका लागि महानगरपालिकामा छोरी बचाउ अभियान कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यसका लागि महानगरपालिकाले…

Read More

एजेन्सी, ६ मङ्सिर । सानो उमेरका किशोरीसंग यौ न स म्बन्ध राखेको आ रोप लागेपछि बेलायती राजकुमार एन्ड्रयुले पद त्या ग गर्नु परेको छ । उनलाई १७ वर्षकी भर्जिनिया जियफ्रे नामकी किशोरीले ३ पटक यौ न सम्बन्ध राखेको अभि योग लगाएकी छन् । उनले आफुसंग सम्बन्ध राखेको स्थानहरु समेत तोकेर बताएकी छन् । ती किशोरीले इप्स्टिनको निजी टापु, न्युयोर्क र लन्डन रहेको उल्लेख गरेकी छिन् । राजकुमार एन्ड्रयु यौ न दुरा चारको अभि योग लागेका अमेरिकी अर्बपति जेफ्री इप्स्टिनसँग नजिकको सम्बन्धमा रहेको खुलेको थियो । विगतमा इप्स्टिनले नै सानो उमेरका केटीहरु ब्यवस्था गरेको भनिएको छ । इप्स्टिनसँगको उनको तस्बिर पनि…

Read More

भद्रपुर, ६ मङ्सिर । झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो । गत कात्तिक २६ गतेदेखि मङ्सिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताउनुभयो । उहाँका अनुसार सो धावनमार्गमा २० वर्षसम्म समस्या आउने छैन । उहाँले सो धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाख खर्च भएको बताउनुभयो । विमानस्थलमा इन्धन सेवा,…

Read More