
पाडाजुँगी, ७ मंसिर । झापाको कमल गाउँपालिकामा सञ्चालन हुँदै आएको स्व. मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको पाँचौ संस्करण यहि मंसीर १५ देखि १८ गते सम्म हुने भएको छ । दमक लखनपुर भेट्रान क्लबको आयोजनामा कमल–५ स्थित गुहेश्वरी आधारभूत विद्यालय को खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
शुक्रबार दमकमा पत्रकार सम्मेलन गरि क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र ढंगले भईरहेको क्लबका अध्यक्ष भोजकुमार राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५ हजार र दोश्रोले ५१ हजार रुपैयाँ सहित ट्रफि पाउने छ ।
कमल गाउँपालिका तथा कमल खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगितामा काकडभिट्टा, चन्द्रगढी, धरान, विर्तामोड सँगै एभरेष्ट मोरङ्, युनाईटेड बिराटनगर, हाम्रो ईटहरी भेट्रान क्लब सहित आयोजकको टीम वीच प्रतिष्पर्धा हुने छ । खेल मूल समारोह समिति संयोजक मीन मगरका अनुसार प्रथम र द्वितीयसँगै बिभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार पाउने छन् । प्रतियोगिताका लागि ११ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका सचिव लालबहादुर बिष्टले बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

