
अर्जुनधारा, ७ मंसिर । झापाको अर्जुनधारामा नगरस्तरीय अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिताको उपाधि सृजना शिशु सदनले हात पारेको छ । शुक्रबार शनिश्चरे माविको प्राङ्गणमा भएको फाइनल खेलमा कालिस्थान माविलाई पछि पार्दै शिशु सदनले उपाधि उचालेको हो ।
सृजना शिशुले २–१ को सेटले कालिस्थानलाई पछि पार्दै जित हासिल गरेको शिक्षक कपिलदेव तिम्सिनाले जानकारी दिए । प्रथम हुंदै सृजना शिशुले नगद ८ हजार र दोस्रो कालिस्थानले ४ हजार प्राप्त गरेका छन् ।
शनिश्चरे बाल क्लब तथा शनिश्चरे माविको आयोजनाभएको प्रतियोगिताको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले रेफ्रिलाई बल हस्तानतरण गरेर उद्घाटन गरेका थिए । शनिश्चरे बाल क्लबका अध्यक्ष डोल्मा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नगरप्रमुख हरिकुमार राना रहेका थिए ।
कार्यक्रममा ८ नम्बरका वडाध्यक्ष गोपीचन्द्र गौतम, नगर खेलकुद विकास समिति संयोजक अर्जुन मेचे लगायतको आतिथ्यता रहेको थियो । शनिश्चरे माविका प्र.अ चेतामणी खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए । मंसिर ४ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरक्षेत्रका १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

