झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २७ कात्तिक । बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत ३०० विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा कारागारमा रहेका कैदीबन्दीका १७ सन्तानले समेत अध्ययन गर्दै आएका छन् । सो विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्सा चालक तथा भ्यान चलाउने यातायात मजदुर र सुकुम्बासी परिवारका छोराछोरी रहेका छन् । वल्र्ड चिल्ड्रेन पुरस्कारबाट सम्मानित समाजसेवी रानामगरले मङ्गलबार बिहान विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो स्वीटरलगायतको शैक्षिक सामग्री वितरण गर्नुभएको हो । ती सामान हङकङमा रहनुहुने नोर्वु शेर्पाले…

Read More

झापा, २७ कात्तिक । मुलुकका ६३ जिल्लामा स्क्रब टाइफस संक्रमण भएको छ । झापामा पनि यसको सङ्क्रमण बढ्दै गएको छ । अहिलेसम्म झापामा ६ जनामा सङ्क्रमण भेटिएको छ । इलाममा १६ जना पीडित भएका छन् । सङ्खुवासभामा १२ जना र धनकुटामा ७ जनामा सङ्क्रण भेटिएको इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएका छ । प्रदेश १ मा ५७ जना स्क्रब टाइफस संक्रमणबाट पीडित छन् । महाशाखाका अनुसार साउन १ देखि कात्तिक १७ गतेसम्ममा १ हजार २ सय ७१ जनामा स्क्रब टाइफस देखिएको छ । सबैभन्दा बढी प्रदेश ५ मा ४ सय ६७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ भने सबैभन्दा कम…

Read More

सतासीधाम, २७ कात्तिक । झापाको सताक्षीधाममा पहिलो पटक मङ्गलबारदेखि इन्टरनेट सेवा पुगेको छ । शिवसताक्षी नगरपालिका र इन्टरनेट सेवा प्रदायक निजी कम्पनी युनिफाइड कम्युनिकेसन प्रालिको संयुक्त प्रयासमा धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा पहिलोपटक इन्टरनेट सेवा विस्तार भएको हो । कम्पनीका सञ्चालक विजय श्रेष्ठले इन्टरनेट जडान भएपछि सताक्षी महोत्सवमा आउने १ हजार २ सय ५० भन्दाबढी तीर्थयात्रीले इन्टरनेट प्रयोग गर्न सक्ने बताए । सताक्षी महोत्सवमा आउने तीर्थयात्रीको सहजतालाई ध्यानमा राखेर नगरले धाममा इन्टरनेट सेवा पु¥याएको नगर प्रमुख चन्द्र कुमार शेर्माले जानकारी दिए । सताक्षीमा कार्तिक २७ गते देखि मंसिर ९ गतेसम्म सताक्षी धार्मिक महोत्सव आयोजना हुँदैछ । सताक्षीधाम धार्मिक महोत्सवको १…

Read More

सन्तोष शर्माझापा, २७ कात्तिक । इजराइलमा एक वर्ष कृषि तालीम लिएर स्वदेश फर्किनुभएका झापा गाउँपालिका–३ का चन्द्र बस्नेत (३१) जिल्लामै ‘मिनी इजराइल’ बनाउने अभियानमा जुट्नुभएको छ । इजराइली कृषि प्रविधिको प्रयोग गरेर एकीकृत कृषि प्रणालीमार्फत् झापामै मिनी इजराइल बनाउने अभियानमा उहाँ लाग्नुभएको हो । ‘इजराइली कृषि प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘मैले सिकेको सीपलाई व्यवहारमा उतारेर जिल्लामै मिनी इजराइल बनाउने सपना छ ।’ बस्नेतले आफ्नो अभियानलाई मूर्तरुप दिन २० बिघा क्षेत्रफलमा केरा खेती शुरु गर्नुभएको छ । ‘टिसु कल्टर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गरेर खेती शुरु गरिएको उहाँले बताउनुभयो । ‘टिसु कल्चरबाट बेर्ना उत्पादन गरेर झापामा खेती…

Read More

विराटनगर, २७ कात्तिक । लोकतन्त्रलाई बलियो बनाउने पत्रकारिता क्षेत्रको सुरक्षा सुनिश्चित हुनुपर्ने वक्ताहरुले धारणा राखेका छन् । स्वतन्त्र मञ्चद्वारा आज यहाँ आयोजित ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयक छलफलमा सहभागीहरुले दिगो विकासको लक्ष्य हासिल गर्न पत्रकारिता क्षेत्र सुरक्षित भएन भने लक्ष्य हासिल गर्न कठिनाइ हुने भएकाले यसका लागि बनिरहेका योजनामा पत्रकारिता क्षेत्रको सुरक्षा सुनिश्चित हुर्नुपर्ने धारणा राखेका थिए । व्यवस्थालाई सही बाटोमा हिँड्न पत्रकारिताले जहिले पनि खबरदारी गरिरहने भएकाले यस क्षेत्रको विकास गर्न दण्डहीनता अन्त्य हुनुपर्ने धारणा उहाँहरुको थियो । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने बताउँदै सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न…

Read More

झापा, २७ कात्तिक । नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पनि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक पर्ने दरबन्दी, बजेट कर्मचारी व्यवस्थापन लगायतका विषयमा अध्ययन शुरु गरेको छ । यही कार्तिक ५ गते बसकेको मन्त्रिपरिषद्को बैठकले नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्रालयले योजना तयार गरेको हो ।

Read More

झापा, २७ कात्तिक । तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि उच्च प्रविधियुक्त प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयले १५ करोड रुपैयाँ स्वीकृत गरेको छ । विराटनगर, हेटौंडा, भैरहवा गरी तीन स्थानमा प्रयोगशाला निर्माण गर्न कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले उक्त रकम माग गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको असार २ गते मन्त्रालयले गएको असार २ गते सीमा नाकाहरुमा विषादी परीक्षण गरेपछि मात्रै तरकारी तथा फलफूल भित्र्याउने निर्णय गरेको थियो । सीमा नाकामा विषादी परीक्षणको व्यवस्था नहुनुका साथै रोकिएका तरकारी तथा फलफूललाई नाका खुला गर्न भारतको दबाब आएपछि सरकार निर्णय कार्यान्वयनबाट पछि हटेको थियो । आजको आर्थिक अभियानमा खबर…

Read More

झापा, २७ कात्तिक । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो । व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्‍याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै आफ्रिाकाको मलावी भन्ने मुलकमा लगि बन्धक बनाएको पाइएको छ । मानव तस्कर गिरोहले नेपालबाट भियतनाममा २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना , दुबईमा ४५ दिन र अजरबैजानमा २० राखेको खुलेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

झापा, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुराकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महसूस प्रधानमन्त्रीले गरेको बताइन्छ । गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमनसँगै ओलीले आफ्नो वरिवरि विदेशीको सुराकी भएको सङ्केत पाएका हुन् । कार्यक्षमता र कार्यशैलीसमेत कमजोर भएको भनी आलोचना खेपिरहेको उक्त टोलीमाथि केपी ओलीलाई मुठ्ठीमा राखेर नचाउन खोजेको आरोप पनि सत्तारुढ पार्टीबाटै लाग्न थालेको थियो । ओलीको लोकप्रियता ह्रास आउनु र कार्य प्रभावकारी नहुनुमा पनि सचिवालय…

Read More

झापा, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागे पनि दुवैको उद्देश्य प्रमको स्वास्थ्यबारे परामर्श गर्नु नै भएको बालुवाटार स्रोतले जनाएको छ । मिर्गौला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई छेउमा अर्को मिर्गौला राख्न सकिने उपायबारे पनि सल्लाह भइरहेको बताइन्छ । पुँजी विकास बचत तथा…

Read More