झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, २० कात्तिक । झापाको अर्जुनधारा नगरपालिकामा तीन दिने सामुदायिक विपद प्रतिकार्य तालीम बुधबार सम्पन्न भएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाको आयोजना र नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा तालीम सम्पन्न भएको हो । सोमबारदेखि शुरु भएको तालीममा सहसेनानी सुजित बुढाथोकी लगायतले प्रशिक्षण दिएका थिए । तालीममा बाढीमा डुबेका मानिसलाई गर्ने उद्धार कला, डोरी, रबर बोट, ट्युव र घरायसी सामग्रीको प्रयोग गरेर पानीमा डुबेका मानिसलाई उद्दार गर्ने कला सिकाइएको थियो । तालीम समापनको अवसरमा अर्जुनधारा–११ स्थित सालबारीको झिलमा सुनियर रेडक्रस सोसाइटीका सदस्यले प्रयोगात्मक क्रियाकलाप गरेका थिए । उनीहरुले झिलको पानीमा पसेर पौडी खेल्ने, उद्धार गर्ने लगायतका क्रियाकलाप…

Read More

अर्जुनधारा, २० कात्तिक । निर्माणाधीन शनिश्चरे–खुदुनाबारी सडक खण्डको निर्माण कार्य सुचारु हुने भएको छ । अर्जुनधारा नगरपालिकामा बसेको सर्वपक्षीय बैठकबाट भोलि (बिहीबार) देखि ठप्प रहेको निर्माण कार्य सुचारु हुने भएको हो । बैठकमा छ वटा निणर्य भएको छ । ठेकेदार कम्पनी शेर्पा कन्ट्रक्सन प्रालिका पोर्तेमा शेर्माले निर्माण सामग्रको अभावका कारण सडक निर्माण कार्य प्रभावित भएको जनाएपछि नगरपालिकाले निर्माण सामग्री उपलब्ध गराउन सहजीकरण गर्ने, मेसिनरी औजारका लागि समन्वय गर्ने, निर्माणाधीन सडक खण्डमा रहेका विद्युत् पोल तत्काल हटाउने, ह्युमपाइप नगरपालिकाले उपलब्ध गराउने निर्णय भएको छ । बैठकमा नगरपालिकाका प्रमुख हरिकुमार राना, प्रदेश सांसद बीर्ख प्रधान, ७ का अध्यक्ष नविन ढुङ्गाना, ८ का…

Read More

बिर्तामोड, २० कात्तिक । भारतको पाहुना टोली आसाम मोलवे एफसीलाई पहिलो चरणमै पराजित गर्दै त्रिभुवन आर्मी क्लब यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनलमा २–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा आर्मीले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेको हो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र दिपक गुरुङले गोल गरेका हुन् । खेलको ६ मिनेटमै गोल गरेर आर्मीले अग्रता लिएको थियो । जसमा टेकबहादुर बुढाथोकीले सम्झनलायक गोल गरेका थिए । दायाँ कर्नरबाट टंक बस्नेतले दिएको क्रस पासमा टेकबहादुरले…

Read More

सुरुङ्गा, २० कात्तिक । झापाको सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद तिम्सिनालाई बिनाकारण निकालेको भन्दै विद्यार्थी र प्राध्यापक आन्दोलित बनेका छन् । क्याम्पस सञ्चालक समितिले बिना कारण उनलाई निकालेको भन्दै क्याम्पसका विद्यार्थी र प्राध्यापक आन्दोलित बनेका हुन् । क्याम्पस सञ्चालक समितिले क्याम्पस सञ्चालक समितिको बैठकमा तीन पटक अनुपस्थित भएको भन्दै निष्काशन गरेको थियो । क्याम्पसमा प्राध्यापक संघका अध्यक्ष स्वत क्याम्पस संचालक समितिको सदस्य रहने व्यावस्था छ । क्याम्पस संचालक समितिले विद्यार्थीबाट लिइएको शुल्कबाट यसैबर्ष २ बटा बिद्यार्थी ओसार्नका लागि बस खरिद तथा बिद्यार्थी स्ववियु भवन समेत निर्माण गरेपछि क्याम्पस आर्थिक रुपमा कमजोर भएको क्यापस संचालक समितिका एक सदस्यले बताउनुभयो ।…

Read More

झापा, २० कात्तिक । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१–७२ देखि २०७५–७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको हो । जसअनुसार आर्थिक वर्ष २०७१–७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस्तै २०७२–७३ मा २ हजार ६ जनाले ज्यान गुमाएका छन् भने २०७३–७४ मा…

Read More

दमक, २० कात्तिक । झापाको दमकमा विश्वशान्तिको कामना गर्दै आयोजना गरिएको धार्मिक अनुष्ठानमा सहभागी हुन विभिन्न देशहरुबाट आएका बौद्धमार्गीहरुको ठुलो जमघट भएको छ । दमक–५ स्थित बौद्ध छोयला गुम्बाको आयोजनामा शुरुभएको बज्रगुरु जप साधनाका लागि ठुलो संख्यामा बौद्ध धर्मावलम्बीहरु भेला भएका हुन् । सोमबारदेखि शुरु भएको सो कार्यक्रम अन्तर्गत मंगलवार बिहान बौद्धमार्गीहरुले बौद्ध स्तुतीहरु गाउँदै आआफ्ना परम्परागत बाजागाजासहित प्रभातफेरीको आयोजना गरिएको बौद्ध गुम्बाका संस्थापक एवम् नेपाल तामाङ घेदुङ संघ दमक नगर समितिका पूर्व अध्यक्ष प्रतिमान तामाङले बताए । उनका अनुसार गुम्बाबाट बुद्धमुर्तिसहित निस्किएको प्रभातफेरी फाल्गुनन्द चोक, नगरपालिका, नमुना मार्ग, गणतन्त्र चोकहुँदै पुनः गुम्बासम्म पुगेको थियो । प्रदेश सांसद अर्जुन राईको…

Read More

बनियानी, २० कात्तिक । अवैध रुपमा भारततर्फ लैजाँदै गरेको दुई ट्रक गोरुसहित झापाको कनकाईबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । कनकाई–४ स्थित तुलसीबारीबाट मंगलबार बेलुका दुई वटा ट्रकमा लोड गरिएको ५० वटा गोरु भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बारा र हेटौँडाबाट ना ५ ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको को ट्रकमा गोरू लोड गरी सुरूङ्गाबाट भित्री सडक खण्ड हँुदै भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको उहाँले बताउनुभयो । ट्रकमा रहेको…

Read More

भद्रपुर, २० कात्तिक । राज्य पुनःसंरचनापछिको एकीकृत पार्टी निर्माण अभियान अन्र्तगत नेपाली कांग्रेस भद्रपुर नगर समिति र साविकको पृथ्वीनगर गाउँ समिति बीच एकीकरण सम्पन्न गरिएको छ । उपसभापति ज्ञानबहादुर चौहानले दिएको जानकारी अनुसार नगर सभापति मोहन महर्जनको सभापतित्वमा साविक पृथ्वीनगर सभापति मनकुमार कोइराला सह सभापति रहने गरी अन्य पद यथावत राखी बृहद एकीकरण सम्पन्न गरिएको हो । पार्टीको केन्द्रीय निर्देशन अनुसार पुनर गठित क्षेत्र, स्थानीय तह, वडा, टोलसम्म पार्टी एकीकरण गर्ने अभियान चलिरहेको उपसभापति चौहानले जानकारी दिए ।

Read More

भद्रपुर, २० कात्तिक । भद्रपुर–३ स्थित सूर्यनगर कृयाशील टोल विकास संस्थाको आयोजनामा टोल विकास संस्था स्तरीय टुर्नामेन्ट फुटवल प्रतियोगिता सम्पन्न गरिएको छ । ३ नम्बर वडा भित्र रहेका ६ वटा टोल विकास संस्थाले भाग लिएको फुटवल प्रतियोगिताको उपाधी १० नम्बर ब्लक टिमले हात पारेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा विजेता टिमलाई वडाध्यक्ष कमला थुलुङ तथा आयेजक टोल विकासका अध्यक्ष नरदीप योङहाङ लिम्बूले सम्युक्त रूपमा हस्तान्तरण गरेका थिए थिए । सोही अवसरमा वडा भित्रका अग्रज जेष्ठ नागरिकलाई एक/एक जोर चप्पल प्रदान गरी सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा ९७ वर्षीय रत्नबहादुर लिखिम लिम्बू लगायत ३१ जना रहेका छन्…

Read More

झापा, २० कात्तिक । सहकारी विभागले सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्ने भएको छ । ऋण लगानी गर्दा सहकारीहरुले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि विभागले यसलाई व्यवस्थित गर्न लागेको हो । सहकारी ऐन २०७४ मा सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क रजिस्ट्रारले तोक्नसक्ने व्यवस्था गरेको छ । ऐनको दफा ५० को उपदफा ३ मा ‘सहकारी संस्थाले सदस्यहरुलाई प्रदान गर्ने ऋणमा रजिष्ट्रारले अन्यथा तोकिएको बाहेक सेवा शुल्क र नवीकरण शुल्क सम्बन्धित संस्थाको कार्यविधिले तोकेबमोजिम हुने’ उल्लेख छ । यी कानुनी आधारलाई टेकेर सेवा शुल्कमा सीमा तोक्न खोजिएको हो । ऐनकै व्यवस्थाअनुसार विभागले दुई महिनाअघि…

Read More