
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २५ कात्तिक । नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली कामदार लैजान सकिने बताएको थियो । भेटमा कृषि क्षेत्रमा जापानलाई चाहिने कामदार लैजाने सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाल र जापान सरकारबीच सम्पन्न समझदारीमा जापानले कृषिलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजान सक्ने व्यवस्था रहेको छ…
बनियानी, २५ कात्तिक । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ । आज भएको फाइनल खेलमा चर्च ब्बाइज काठमाडौँलाई २–० को गोल अन्तरले पाखा लगाउँदै आर्मीले उपाधि चुमेको हो । आर्मीलाई उपाधि दिलाउन कप्तान टेकबहादुर बुढाथोकी पहिलो र दोस्रो हाफमा एक÷एक गोल गरेका थिए । खेलको ३२औँ र ८०औँ मिनेटमा बुढाथोकीले गोल गरेका हुन् । बुढाथोकी गोल्डकपकै उत्कृष्ट खेलाडि घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, उत्कृष्ट मिड फिल्डर चर्च ब्वाइजका सुनिल खड्का, आर्मीका दीपक गुरुङ उत्कृष्ट रक्षक, आर्मीकै टङ्क बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित…
बिर्तामोड, २५ कात्तिक । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलकूदलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको समापनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल क्षेत्रमा युवाको आकर्षण बढ्दै गएकाले प्रदेश सरकारले समेत प्राथमिकता दिएको बताउनुभयो । “खेलकूदका लागि प्रदेश नं १ उर्वरभूमि हो, खेलप्रति युवाको लगाव र आकर्षण पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “त्यसैले प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा खेलकूदलाई विशेष प्राथमिकता दिएको छ ।” हरेक क्षेत्रको समुचित विकासले मात्र समृद्धि हासिल हुने बताउँदै उहाँले खेलकूद पनि समृद्धिको मुख्य पाटोका रुपमा रहेको औँल्याउनुभयो ।
झापा, २५ कात्तिक । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउनुभएको छ । दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उहाँले बताउनुभयो । “अघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँ”, गजुरेलले भन्नुभयो, “कृषि प्राविधिकलाई सोध्दा किरा लागेको पराल गाईवस्तुलाई पनि खुवाउन हुँदैन भनेपछि आगो लगाएँ ।” उहाँले वडा नम्बर –९ का ८ जनाभन्दा बढी किसानको १० विघा खेतमा पाकेको धान फड्के किराले सखाप पारेको बताउनुभयो ।…
विराटनगर, २५ कात्तक । १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा अबैध रुपमा लगाएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाजाका बोटहरुलाई फडानी गरी नष्ट गर्ने कार्य भईरहेको छ । यसै क्रममा धनकुटा खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । जसमा जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी, साँगुरीगढी र धनकुटाकै आँखिसल्ला लगायतका एरियाको करिब २ सय रोपनी भन्दा बढी क्षेत्रफलमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका १ लाख ५० हजार गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको…
मोरङ, २५ कात्तिक । मोरङको कटहरी गाउँपालिका(७ का कुनन्द बि।क।को ६ बर्षीय छोरा कृष बि।क।को माछा पोखरीमा डुबेर मृत्यु भएको छ । आइतबार अपरान्ह ५ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी थलाहाबाट खटिएको प्रहरी टोलीले बालकलाई पोखरीमा डुबिरहेको अबस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागी कोशी अस्पताल पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौं, २५ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०की सांसद पम्भा भुसालले भारतसँग सीमाना जोडिएको क्षेत्रमा सेना परिचालन गर्न माग गरेकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै समिति सदस्य समेत रहेकी सांसद भुसालले सेनालाई ठेक्कापट्टामा नभएर सीमा सुरक्षामा परिचालन गर्नुपर्ने माग गरेकी हुन् । साथै उनले सीमा समस्या समाधानका लागि कूटनीतिक होइन राजनीतिक पहल गर्नुपर्ने बताएकी छन् । कालापानी क्षेत्रमा देखिएको सीमा समस्याको समाधान कूटनीतिक तबरबाट हुन नसक्ने उनको जिकिर छ । उनले सीमा नियमन गरेर आवतजावतका लागि परिचय पत्रको व्यवस्था गर्न माग समेत गरेकी छन् । समिति सदस्य समेत रहेका नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल…
काठमाडौं, २५ कात्तिक । काठमाडौंबाट तास चिन्ने सेन्सर जडित जुवा सामग्रीसहित एक जनालाई प क्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले आइतबार नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई प क्राउ गरेको हो । प क्राउ परेका कार्कीको डेराबाट डिभाइस जडित नगदसहित अन्य थुप्रै सामग्री र ९४ हजार रुपैयाँ बरामद गरेको छ । जसमध्ये एक हजारका १४ वटा नोटमा तास चिन्ने सेन्सर जडान भएको प्रहरीले जनाएको छ । यस्तै डिभाइस जडित एउटा पर्स, ५ वटा बेल्ट, एउटा घडी, ६ वटा चस्मा, ४ वटा चस्माका खोल, १२ वटा टिसर्ट, १६ वटा सर्ट, ३ वटा टिसर्टका बाहुला, २४…
झापा, २५ कात्तिक । कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरेर गराएको निगरानी राखिने भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभागमा यससम्बन्धी प्रतिगुप्तचरी एकाइ नै रहने गरी सरकारले विशेष व्यवस्था गर्न लागेको हो । नेपाल विशेष सेवा गठनसम्बन्धी नयाँ विधेयक सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको छ । प्रतिगुप्तचरी कार्यका रूपमा सरकारले यस्ता गतिविधिको निगरानीमा राख्ने प्रस्तावित विधेयक संसद्मा प्रस्तुत गरेको हो । सरकारले प्रतिगुप्तचरीसम्बन्धी कामकारबाही गर्दा आवश्यकताअनुसार रक्षात्मक, प्रतिरक्षात्मक र प्रतिकारात्मक कार्य सञ्चालन गर्ने छ । सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको विधेयकमा भनिएको छ, “विभागले कुनै सङ्घसंस्था, समूह वा व्यक्तिले…
काठमाडौँ, २५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो । नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी,पार्टी एकताको बाँकी काम टुंगो लगाउनेलगायतका विषयमा छलफल हुने बताए । नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको छ । आजको राजधानी दैनिकमा खबर छ ।