
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ कात्तिक । नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ । नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने बताएको पराराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । तर, औपचारिक रूपमा भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्ने विषयलाई सार्वजनिक भने गरेको छैन । भारतले आफ्नो नक्सा पुरानै रहेको र सीमा नमिचिएको बताउँदै आएको छ । भारतले कालापानी सीमा विवाद समाधानको विषयमा विदेश सचिवस्तरी संयन्त्रको बैठकमा छलफल गर्ने सक्ने संकेत दिएको परराष्ट्र स्रोतले जनाएको छ । सो बैठक बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणपछि मात्र हुने अवस्था छ…
झापा, २५ कात्तिक । भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरुसँग छलफल गर्न पत्राचार गरेको छ । भारत सरकारले आईसीपी पूर्ण रुपमा सञ्चालनमा ल्याएर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपछि रक्सोलबाट वीरगन्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टी कार्गोका आयातकर्ताहरुलाई भने तनाव भएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं, २५ कात्तिक । पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमवार (आज) बस्दैछ । आइतवार प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच लामो छलफल भएपछि सोमबार बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । पार्टी एकता भएको १७ महिना पूरा भएपनि अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व टुंगो लाग्न सकेको छैन । सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद पुनर्गठनका विषयमा पनि छलफल हुने बताइएको छ । स्रोतका अनुसार आइतबार प्रचण्डसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सहयोगीको राजीनामाका विषयमा जानकारी गराएका थिए । साथै…
पाँचथर, २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५ औँ जन्मजयन्तीको अवसरमा सोमबार पाँचथर जिल्लाको आठओटै पालिकामा सार्वजनिक बिदा दिइएको छ । एक नगरपालिका र सात वटा गाउँपालिका रहेको पाँचथरको नगर कार्यसमिति र गाउँ कार्यपालिकाको बैठकले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । फाल्गुनन्दलाई किराँत समुदायमा महान समाज सुधारकको रुपमा चिनिने गरिन्छ । सोमबार पाँचथर जिल्लाको लब्रेकुटी र कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा विशेष कार्यक्रमको आयोजनासमेत गरिएको छ । सत्य, शान्ति र अहिंसाका दूत एवं मानव एकताका अभियानकर्मी महागुरु फाल्गुनन्दको विसं १९४२ कात्तिक २५ गते साविकको इलाम जिल्लाको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा जन्म…
बनियानी, २४ कात्तिक । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो सरकारको बढाएको कर दर हेर्नुभन्दा पनि त्यसको सदुयोग भए÷नभएको हेर्नुपर्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आन्तरिक राजश्व विभागद्वारा आयोजित ‘करमैत्री यात्रा’ कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री आङ्बोले सरकारले कर कति बढायो भनेर विश्लेषण गर्ने भन्दा पनि आफूले तिरेको करको सदुपयोग भएको छ कि छैन भनी करदाताले खबरदारी गर्नुपर्ने बताउनुभयो । ‘राजश्व नउठाई अर्थतन्त्र बलियो हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘देश समृद्ध बन्न करको भूमिका महत्वपूर्ण हुन्छ ।’ सरकारले सहज र लचिलो ढंगले कर तिर्ने वातावरण तयार गर्दै गएको उल्लेख गर्दै मन्त्री आङ्बोले सरकार जनताले तिरेको करको…
काठमाडौं, २४ कात्तिक । भारतले कालापानी र लिपुलेकलाई मिचेर नयाँ नक्सा निकालेको वि रोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) युवक संगठनले राजधानीमा मसाल जुलुस निकालेको छ । राप्रपा पार्टी कार्यलय धुमबाराहीबाट निस्केको मसाल जुलुस गैरीधारा पुगेपछि प्रहरीले ला ठी चा र्ज गरेको थियो । त्यसपछि दुई दर्जन बढी कार्यकर्तालाई गि रफ्तार गरेको छ । गिरफ्तार हुनेमा राप्रपा युवक संगठनका उपाध्यक्ष मणि सिंखडा, सहायक प्रवक्ता रमान्द न्यौपाने, सचिव सन्तोषी शाही ठकुरी, कर्ण बहादुर माझी र सशी भण्डारी, छत्र खडायत, निराजन बम, राजन अधिकारी, निशान कार्की, प्रदिप खड्का नरेश बिक, मुकेश पदारासहित दुई दर्जन बढी रहेका छन् । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका…
भद्रपुर, २४ कात्तिक। राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा यही कात्तिक २५ गते झापाको कमल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा स्थानीय बिदा दिइने निर्णय गरेको आज सूचना जारी गर्नुभएको छ । किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उहाँले देहत्याग गर्नुभएको थियो । किराँत समुदायमा माँसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिनुभएको सन्देशका कारण उहाँलाई महान् समाज सुधारक मानिएको छ । उहाँको योगदानको सम्मानमा नेपाल सरकारले २०६६…
बनियानी, २४ कात्तिक । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक निर्माणको प्रक्रियामा गइसकेको बताउनुभएको छ । झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने अमरपथ सडक खण्डको शिलान्यास गर्दै मुख्यमन्त्री राईले त्यस्तो बताउनुभएको हो । ‘मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध भएर लागेको छ’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘सुखी र समृद्ध नेपाल निर्माणको महाअभियानलाई साकार पार्न सबै पक्ष लाग्नुपर्छ ।’ सरकारले प्रदेश नं. १ मा समेत चीन र भारतका धेरै नाकाहरु खोल्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगलबैंकसम्म २४ किलोमिटर सडकको शिलान्यास गर्नुभएको हो । पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू १…
बिर्तामोड, २४ कात्तिक । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सिजनकै पहिलो उपाधि रक्षा गर्ने भिडन्तमा छन् । यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा स्पर्धी रहेका यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् । भोलि सोमबार हुने फाइनल खेलमा दुवै टोलीले उपाधि रक्षा गर्ने आज रंगशालामा आयोजित प्रिम्याच कन्फरेन्समा दाबी गरे । आफ्नो पहिलो खेलमा पाहुना टोली भारतको मोलवे एफसी असामलाई २–० गोलले पराजित गरेको आर्मीले सेमिफाइनल खेलमा भारतकै आक्रमण एफसी सिक्किममा पराजित गरेको थियो । आर्मीले सिक्किमसँग निर्धारित समय गोलरहित बराबरी खेलेर टाइब्रेकरमा कठिन जीत निकालेर फाइनल यात्रा तय गरेको…
विनोद सापकोटाझापा, २४ कात्तिक । झापाको शिवसताक्षी–११ स्थित सताक्षीधाम परिसरमा आयोजना हुने धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटिहोम शुरु हुन २ दिन अगावै ५३ लाख ३५ हजार संकलन भएको छ । यो रकम १०८ कुण्डका दाता ले दान गरेका हुन । धार्मिक महोत्वसका संरक्षक एवं गोलोक गोवद्र्धन गौसालका पिठाधिस आचार्य नन्दकिशोर भारद्धाजका अनुसार हाल सम्म ८५ वटा कुण्डमा दिंवगत पितृको उद्धारका लागि दाता परिवारले नाम दर्ता गराई सकेका छन । यसका अलवा शिवसताक्षी नगरपालिका ले १० लाख धार्मिक महोत्सव संचालन सहयोगार्थ प्रदान गरेको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माले शिवसताक्षी नगरपालिकाका स्थानीय सरकार समेत आयोजकको हैसियतमा रहेर धार्मिक महोत्सव आयोजना…