झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १५ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिं सा रोक्न एकल प्रयासले सम्भव नहुने बताउनुभएको छ । मुलुकको पुनःसंरचनासँगै सङ्घ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक रहेकाले तीनै तहको सरकारसँगै स्थानीय समुदायको समेत सहभागितामा हिं सा न्यूनीकरण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरीय प्रहरी परिसर, लैङ्गिक हिं सा नियन्त्रण सञ्जाल र संरक्षक समूह नेपालद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिं सा नियन्त्रणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री थापाले मुलुकमा हिं साका रुप कस्तो छ र कुन ठाउँमा कस्ता खालका घटना भइरहेका छन् भन्ने विषयमा सरकारले अध्ययन गर्न आवश्यक तयारी गरेकोसमेत…

Read More

बाँके, १५ कात्तिक । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट गए राति करीब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली काङ्ग्रेस निकट युवा सङ्गठन तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पे स्तोल एक थान…

Read More

झापा, १५ कात्तिक । मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा–चकेवा पर्व शुरु गर्ने मैथिल परम्परा छ । यसै परम्पराअनुसार मिथिलाका ललना (छोरीचेली, दिदीबहिनी) ले आज सामा खेल शुरु गर्ने तयारी गरेका हुन् । कात्तिक शुक्ल पञ्चमीका दिन शुरु गरिने यो पर्व एघारौँ दिन कात्तिक पूर्णिमाका सामा–चकेवाको विसर्जन गरी समापन गरिनेछ । आजदेखि दश दिनसम्म मिथिला क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै दीर्घायुको कामनाका साथ सामा–चकेवा खेल्नेछन् । कात्तिक शुक्ल पञ्चमीका दिन आज मिथिलाञ्चलका दिदीबहिनीले…

Read More

काठमाडौं, १५ कात्तिक । ग्राण्डी अस्पतालमा मृगौलाको डाइलासिसपछि बिहीबार साँझ डिस्चार्ज हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु फिट भएको प्रतिक्रिया दिनुभएको छ । बुधबार विहान उपचारका लागि भर्ना हुनुभएका प्रधानमन्त्री ओली बिहिबार साँझ डिस्चार्ज भएर सरकारी निवास बालुवाटार जानुभएको हो । स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीलाई बुधबार र विहीबार गरी दुई पटक डायलाइसिस गरिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेर पिसाबमा समस्या देखिन थालेपछि डायलासिस गरिएको अस्पतालले जनाएको छ ।

Read More

बजारमा विभन्न स्वाद र रंगमा चकलेट पाइन्छ । चकलेटको गुणस्तर र परिमाण अनुसार त्यसको मूल्य निर्धारण गरिएको हुन्छ । साधारणतया एक चकलेटको मुल्य एक रुपैयाँदेखि २–४ सयसम्म पर्ने गरेको प्राय हामी सबैलाई थाहा छ । तर, एउटै चकलेटको मूल्य डेढ लाखभन्दा बढी पर्छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । भारतको चर्चित आइटीसी कम्पनीले बनाएको एउटै चकलेटको मुल्य यत्ति धेरै पर्न आएको हो । भारतको चकलेट उत्पादक कम्पनी आइटीसीले तयार पारेको चकलेट विश्वकै सबैभन्दा महंगो चकलेटका रुपमा रहेको कम्पनीले जनाएको छ । यो चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैयाँ पर्दछ । जस अनुसार एक डब्बा चकलेटलाई मात्र भारु १ लाख…

Read More

एजेन्सी, १५ कात्तिक । दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय तथा लिजेण्ड नायिका गीताञ्जली रमाकृष्णको नि धन भएको छ । ७२ वर्षीय गीताञ्जलीको हृदयघातका कारण नि धन भएको हो । उनको मुटुमा समस्या देखिएपछि हैदरावाद अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको बिहीबार अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् । उनले ५ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । हिन्दी तेलुगु, तमिल लगायतका फिल्ममा अभिनय गरेकी गीताञ्जलीले सन् १९६१ देखि फिल्मी करिअर शुरु गरेकी थिइन् ।

Read More

झापा, १५ कात्तिक । झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भएको बताएको छ । यही कात्तिक १६ गतेदेखि शुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको आयोजक जायोन स्पोर्टस क्लबले यसअघि आठ वटा टोलीले सहभागिता जनाउने बताएको थियो । पछिल्लोपटक आयोजकले आफ्नो टोली पनि गोल्डकपमा समावेश गरेको छ । यसअघि तय गरिएको मिति र खेल तालिकामा आयोजक सहभागी थिएन । गोल्डकपको उद्घाटन खेलमा आयोजक र…

Read More

काठमाडौँ, १५ कात्तिक । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लि ङ्ग का टेर ह त्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदूर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ । जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने बिहीबार आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप म्याद मागेकाले म्याद थपिएको बताइएको छ । न्यायालयले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक ८ गते पिथौरागढको मडधुरामा पुुर्चौंडी–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बीरा बोहरा र पुर्चौंडी–४…

Read More

झापा, १५ कात्तिक । संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन् । राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन् । अमेरिकासहित ५९ राष्ट्रले शुल्क बुझाएका छैनन् । ती राष्ट्रलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताए । विभिन्न मुलुकले गरी राष्ट्रसंघलाई १।३ अर्ब ३० करोड अमेरिकी डलर तिर्न बाँकी छ । त्यसमध्ये अमेरिकाले…

Read More