
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ कार्तिक । झापाको गौरिगञ्ज गाउँपालिका–३ बाट लागुऔषध गाजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज–३ का ५७ बर्षीय देव नारायण महतो र गौरिगञ्ज–४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाजा तथा नगद ६०० बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले…
बुघबारे, १९ कात्तिक । नमूना आधारभूत विद्यालय बुद्धशान्ति–१ ले विद्यालयको चौतर्फी विकासका लागि खेलेको देउसी भैलो कार्यक्रमबाट ५ लाख ९८ हजार ३ सय ७४ रुपैंया संकलन गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र घतानीले विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन, कम्युटर कक्षालाई व्यवस्थित, अभाव रहेको शिक्षक दरवन्दी, अतिरिक्त क्रियाकलापका कक्षा सञ्चालन, मन्टेश्वरी कक्षालाई थप व्यवस्थित गर्न खेलिएको देउसी भैलोमा अभिभावकको साथ सहयोगले सो रकम संकलन भएको बताएका छन् । उनले संकलन भएको उक्त रकममा अक्षयकोषमा मात्रै १ लाख ४९ हजार ५ सय ८३ रुपैंया संकलन भएको जनाए । अक्षय कोषमा यस अघि ७४ हजार ४ सय रुपैंया दाताले प्रदान गरेको…
मेचीनगर, १८ कात्तिक । मेचीनगर— १ मा स्थानीयवासीले स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानीय युवराज पोखरेलले ५ तथा दानबहादुर पोखरे र धनबहादुर राईले १/१ गरी करीव २८ लाख रुपैयाँ मुल्य बराबरको जम्मा ७ कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । उक्त जग्गा नगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ । उक्त जग्गामा हाल विभिन्न जातका बोट विरुवा लगाइएको छ । ग्रामीण क्षेत्रका मानिस स्वास्थ्य सेवाबाट बञ्चित नहुन भनेर आफ्नै घर आगनमा स्वास्थ्य केन्द्र निर्माण होस भन्ने उद्घेश्यले जग्गा नगरपालिकालाई प्रदान गरेको दाता युवराज पोखरेलले बताए । उनले सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माणका लागि नगरपालिकासँग आग्रह समेत…
झापा, १८ कात्तिक । हात्ती नियन्त्रणका नाममा जथाभावी विद्युतीय तारबार लगाउँदा झापामा मानवीय क्षतिको जोखिम बढ्दै गएको छ । विद्युतीय तारवारमा परेर एकपछि अर्काे दुर्घटना हुँदा मान्छेको ज्यानै गएको हो । हात्ती नियन्त्रणको विकल्प भनिए पनि प्राविधिक जाँच र सरोकारवाला निकायको अनुमति बेगर सामुदायिक वन र समुदायले विद्युतीय तारवार लगाउँदै आएका छन् । सौर्य प्रणालीमा आधारित विद्युतीय तारवारको सट्टा सिधँै विद्युत करेन्ट प्रवाह भएको तारवार लगाउँदा झापामा मानवीय क्षति बढ्दै गएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डिभिजन वन प्रमुख विष्णुलाल घिमिरे भन्छन्, ‘गैरकानुनी ढङ्गले भएको विद्युतीय तारवार हटाउनुको विकल्प छैन । नभए करेन्ट लागेर मान्छे मर्ने क्रम रोकिँदैन…
गौरादह, १८ कात्तिक । गौरादहमा सौर्य ऊर्जाको उपयोगबाट खानेपानी वितरण थालिएको छ । सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसर समेत सञ्चालन गरिएको छ । पानी तान्नेदेखि वितरणसम्मका काम सौर्य ऊर्जाबाट हुने गरेको छ । चालु आर्थिक वर्षदेखि गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले यस प्रणाली अपनाएको हो । २०५२ सालमा स्थापित समितिले करिब अढाई दशकपछि सौर्य ऊर्जाको प्रयोग गरेपछि लागत घट्दा यसको फाइदा उपभोक्ताले समेत पाएका छन् । सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसर समेत सञ्चालन गरिएको सम्भवतः नेपालमै पहिलो पटक भएको विज्ञहरुले बताएको समितिका सचिव डण्डिराज घिमिरेले बताउँछन् । गौरादह–१ मा रहेका दुईवटा ट्याङ्कीबाट समितिले पानी वितरण गर्दै आएको छ ।…
मोरङ, १८ कात्तिक । मोरङको बुढिगंगा गाउँपालिका(१ शान्तिचोकमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज बिहान पौने ८ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख ७२२५ नम्बरको यात्रुबाहक बसले बिपरीत दिशाबाट आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका–४ का ५२ बर्षीय सुवालाल माझी र पछाडी सवार २६ बर्षीय अन्जली माझी घाईते भई उपचारको लागि बिराट मेडिलक कलेज गंगाचोक लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । बस चालक सिराहाको धनगढी माई नगरपालिका–१२ बस्ने बर्ष ३४ का सन्जिव खत्री, बस तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको…
बिर्तामोड, १६ कात्तिक । पाहुना टोली आक्रमण एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ गोलको फराकिलोले पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बराबरी बल पोजिसनमा सिक्किमका लागि दुवै गोल करण राईले गरेका थिए । आक्रामक खेलमा सिक्किमका करण राईले खेलको २९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षी गोल पोस्टको आक्रमण आयोजकले धेरै बुने पनि स्कोर भने सिक्किमले गर्दा आयोजकको लय केही बिग्रिएको थियो । आयोजकका गोलरक्षक अभिषेक रिजालको हातबाट फुत्केको रिबाउन्ड बललाई करणले गोल पोस्टको दिशा दिएका…
झापा, १६ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले हाम्रो समाजमा मनाउने गरिएका विभिन्न चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै हाम्रो धरोहरका…
झापा, १६ कात्तिक । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ । कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको…
झापा, १६ कात्तिक । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् । दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताए ।