
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मेचीनगर, २९ असोज । झापाको मेचीनगर नगरपालिका–६ बाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार मेचीनगर–६ मेचीपुलबाट लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रसनि लेखराम बस्नेतको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले अर्जुनधारा–६ का १५ वर्षीय दिपेश बिक, सोही स्थानका १६ वर्षीय पदम राई, १७ वर्षीय सुजन भुजेल र भारत बतासीका २१ वर्षीय शुभ शंकर दासको साथबाट सलाइको बट्टामा लुकाई छिपाई ल्याएको लागु औषध ब्राउन सुगर १ ग्राम ५ सय मिलि ग्रामसहित पक्राउ गरेको हो ।
दमक, २८ असोज । झापाको पुरानो व्यवासायिक केन्द्र गौरादह बजारमा बजारका आधुनिक संरचना निर्माण गरी पार्कको रुप दिइएको छ । करिव १ करोड ४० लाख रुपैयाँको लागतमा बजारका संरचना निर्माण गरिएको हो। तर यसलाई पार्कको रुप समेत दिइएको छ। गौरादह १ स्थित बजार क्षेत्रमा गाई, पोखरी, सारस र बकुल्लाको प्रतिमा सहितको पार्क र बजार निर्माण गरिएको हो। बजार क्षेत्रलाई आन्तरीक पर्यटन र मनोरञ्जनको स्थानको रुपमा समेत विकास गर्ने उद्देश्यले निर्मित बजार र पार्ककको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरे। गौरादहबासी समेत रहेका मन्त्री कार्कीले बजारलाई अझ सुन्दर आकर्षक बनाउन र यसको अझ स्तरोन्नति गर्न…
बिर्तामोड, २८ असोज । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका झापाका एकजना अभियुक्त पक्राउ परेका छन् । झापा शिवसताक्षी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाललाई प्रहरीले समातेको हो । कालु, काले तथा किसनजस्ता उपनामले चिनिदै आएका अग्रवाल दुबईमा लुकेर बस्दै आएका थिए । सुन तस्करी गिरोहका नाइके भनिएका अग्रवाललाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानीकर्तामध्ये एक भएको प्रहरी दावी छ । दुई साताअघि पक्राउ परेका अग्रवाललाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको छ । नेपाल प्रहरीले खोजी सुरु गरेलगत्तै उनी गत वर्ष दुबई भागेका थिए । यसअघि सोही मुद्दामा फरार…
झापा, २८ असोज । नेपालमा दक्षिण एसियाको सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ । सो पार्क चिनियाँ सहयोगमा झापामा निर्माण हुन लागेको हो । एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर लगानी गरेर निर्माण कार्य हुनेछ । सो औद्योगिक पार्क काम, आराम, मनोरन्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधि मण्डलका नेता जोउ चेङ जीले बताए । औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डष्ट्रियल पार्कबीच समझदारीमा हस्ताक्षर भएको हो । ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम राखिएको सो पार्कका अध्यक्ष गोविन्द थापा…
सुनसरी, २८ असोज । सुनसरीको कोशी गाउँपालिका–४ कटानमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । सोमवार साँझ साँढे ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको को २२ प ८०४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुईवटै मोटरसाईकलमा सवार रहेका ४ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा को २२ प ८०४९ नम्बरका मोटरसाईकल चालक उदयपुरको तपेश्वर बस्ने ५० बर्षीय निरीराज गिरीको मृत्यु भएको हो । सोही मोटरसाईकलमा पछाडी सवार रहेका फत्तेपुर नगरपालिका-२ का ५०…
हल्दिबारी, २८ असोज । ‘फेरि पनि घुम्न जाउ, हल्दिबारी गाउँ’ भन्ने मुल नाराका साथ हल्दिबारी गाउँपालिकाको आयोजनामा काग तिहारको दिनदेखि छठ पर्वको भोलिपल्टसम्म हल्दिबारी महोत्सव हुने भएको छ । हल्दिवारी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउन महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए । हल्दिबारी महोत्सवले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय ठाउँहरु एसियाकै जैविक विविधता भएको जलथल जङ्गल, भेलागुढी शहीद स्मृति पार्क, धनुष पोखरी, पाथीभरा पर्यटकीय क्षेत्र, दुधकन्या तथा साकेला धार्मिक क्षेत्र लगायतका अन्य धार्मिक तथा सिमसार क्षेत्रको प्रचारप्रसार हुने उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए । महोत्सवमा यहाँका विभिन्न जातजातिका स्टलहरु हुनेछन् । सन्थाल, राजवंशी, मेचे, राई, लिम्बू, तामाङ, नेवार…
काँकरभिट्टा, २७ असोज । नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरु संगठित भएका छन् । सोमबार एक कार्यक्रमका बीच प्रदेश नम्बर १ विराटनगर अन्तर्गत रहने गरी धुलावारी इकाई कमिटि गठन भएको छ । सो संघर्ष कमिटिको अध्यक्षमा बरुण राजवंशी चयन भएका छन् त्यस्तै उपाध्यक्षमा संगीता कटवाल, सचिवमा गौरव कटवाल, कोषाध्यक्षमा टुकेन्द्रप्रसाद ढुंगेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निर्मला चौहान ( बुढाथोकी), विकास जोगी र हर्क मगर रहेका छन् । त्यस्तै बरिष्ठ सल्लाहकारमा धनबहादुर गिरी, सल्लाहकारमा कृष्णप्रसाद कट्टेल र तारानाथ चौहान चयन भए । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति प्रदेश नम्बर १ का संयोजक…
सुनसरी, २७ असोज । सुनसरीको धरान उपमहानगरपालिका–९ आचार्य लाईनबाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–३ घर भई आचार्य लाइन धरानमा डेरा गरी बस्ने २३ बर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ गरेको हो । राउतको डेराबाट प्रहरीले ठुलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ । यसैगरी डीलेक्स–डीसी १०० एमएलका २२५ बोतल, खैरो होरोइन ७ ग्राम, नाइट्रोजन ६४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, नगद ११,३३०, तौल गर्ने…
झापा, २७ असोज । झापाको कचनकवल गाउँपालिका-२ केचना बस्ने १८ बर्षीय सौरव ढुङ्गाना खोलाले बगाएर बेपत्ता भएका छन् । आईतवार दिउँसो भारतको किशानगञ्जबाट मेला हेरेर फर्किएका सौरव लगाएतका ३र४ जना साथीहरु अपरान्ह ४ बजेको समयमा मेची खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउदा ढुङगाना बेपत्ता भएका हुन् । बेपत्ता भएका ढुङगानाको नेपाल प्रहरी, शशस्त्र प्रहरी र भारतिय प्रहरी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अनिल वाग्लेबुधबारे, २७ असोज । हाम्रो सुन्दर बुद्धशान्ति शान्तिकै बास छ नदीनाला फाँट मैदान स्वर्ग झैं आभास छ उत्तर प¥यो जोर कलश इलाम सिमाना अलि तल वर्नेको चिया बगान… गीतकार राजा माबोको यस्तै यस्तै शव्दले सिँगारिएको ‘हाम्रो सुन्दर बुद्धशान्ति’ गीत सार्वजनिक भएको छ । बुद्धशान्ति गाउँपालिकाको महत्व, परिचय र चिनारी झल्कने सो गीत गीत युट्युव मार्फत हालै सार्वजनिक भएको हो । बुद्धशान्ति गाउँपालिका क्षेत्रका महत्वपूर्ण स्थलहरुका नाम समेटेर निकै गहन शव्दले गीत लेखिएको छ । गीतले बुद्धशान्ति गाउँपालिकालाई सृंगारेको छ । यस क्षेत्रका महत्वपूर्ण स्थानहरुका साथ यसको भूगोललाई पनि गीतले समेट्ने प्रयास गरेको छ । गायक प्रेम ल्वागुन (अधुरो) र…