झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २६ असोज । अन्तर्राष्ट्रिय झापाली समाजले जिल्लाका तीन पालिकालाई एक÷एक वटा एम्बुलेन्स सहयोग गरेको छ । समाजले कचनकवल गाउँपालिका, झापा गाउँपालिका र बिर्तामोड नगरपालिकाको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रलाई एक÷एक वटा एम्बुलेन्स प्रदान गरेको हो । झापाको बिर्तामोडमा शनिबारबाट शुरु समाजको दोस्रो अधिवेशनको समुद्घाटन समारोहको अवसरमा ती एम्बुलेन्स सम्बन्धित पालिका तथा संस्थालाई हस्तान्तरण गरिएका हुन् । समारोहका प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको थियो । ती एम्बुलेन्स झापाली समाज युएसए र अष्ट्रेलियाले उपलब्ध गराएका हुन् । अधिवेशन उद्घाटन समारोहका सहभागीहरुले झापामा स्थायी घर भई रोजगारको सिलसिलामा विश्वका विभिन्न…

Read More

काठमाडौँ, २६ असोज । दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको बिदाइ गर्नुभएको थियो । दिउँसो १ः४५ बजे राष्ट्रपति सी आवासीयस्थल सोल्टी होटेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा उहाँको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर बिदाइका लागि प्रतीक्षारत थिए । उनीहरूले करीब दुई घण्टाको प्रतीक्षापछि राष्ट्रपति सीलाई बिदाइ गर्न पाएका थिए । राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल…

Read More

बिर्तामोड, २६ असोज । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो । नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिनुभयो । आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ, २६ असोज । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गर्नुभयो । हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेजः १. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता २. नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानका लागि सम्बन्धी समझदारीपत्र ३. नेपाल र जनवादी गणतन्त्र चीनबीच आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानुनी सहायता सन्धि ४. नेपाल र जनवादी गणतन्त्र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारीपत्र ५. नेपाल…

Read More

बिर्तामोड, २६ असोज । ‘समृद्ध नेपालको सहयात्रामा सनराइज बैङ्क, हामी सँग-सँगै’ भन्ने नाराका साथ बैंकले आफ्नो १२औँ स्थापना दिवसको अवसरमा शनिबार देशैभरिका शाखा बैङ्कहरुले बृहत र्यालीको आयोजना गरेको छ । बिर्तामोड नपा ४ मा रहेको सनराइज बैङ्कको शाखा कार्यालय तथा झापाका ६ वटा शाखाहरु र इलामका एक शाखाको संयुक्त आयोजनामा प्रभात फेरी कार्यक्रम बिर्तामोडमा निकालिएको थियो । काठ्माडौँको गैरीधारामा केन्द्रीय कार्यालय रहेको सनराइज बैङ्क हाल नेपालभरमा १२२ वटा शाखाहरु सञ्चालनमा आएका छन् ।बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत डेंगु सचेतना कार्यक्रम, बृद्धबृद्धालाई आर्थिक सहयोग, बिर्तामोडको मारवाडी सेवा समाजलाई आर्थिक सहयोग गरेको बिर्तामोड शाखाका डिपोजिट रिलेसनसिप मेनेजर श्यामकुमार गुरुङले जानकारी दिनुभयो । बैङ्कले कृषि…

Read More

भद्रपुर, २६ असोज । बोनम्यारो क्यान्सर रोगबाट पीडित भएका भद्रपुर–९ का ४९ वर्षीय निर्मल दाहालको उपचारका लागि २१ हजार ७ सय ३० रूपैयाँ आर्थिक सहयोग जुटेको छ । आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको खबर सार्वजनिक भएपछि चन्द्रगढी सेवा समाजको पहल तथा कनकश्री टोल विकास संस्था भद्रपुर–८ को संयोजनमा संकलित रकम दाहाललाई हस्तान्तरण गरिएको हो । दाहालको उपचार सहयोगार्थ समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा संकलित ८ हजार २ सय ३० रूपैयाँ तथा कनकश्री टोलबाट संकलित १३ हजार ५ सय गरी २१ हजार ७ सय ३० रूपैयाँ दाहालको घरमै हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण कार्यक्रममा चन्द्रगढी सेवा समाजका अध्यक्ष…

Read More

विराटनगर, २६ असोज । यस वर्षको १ लाख धनराशीको छैटौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” ३ जना प्रहरी जवानलाई संयुक्त रुपमा प्रदान गरिएको छ। प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान द्धय खेमनाथ भट्टराई, सुरेन्द्र माझी र जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यरत मुकुन्द माझीलाई ६४ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो। प्रहरी जवान द्धय भट्टराई र माझिले अपराध कार्यमा संलग्न व्यक्तिहरुलाई पहिचान गरी पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुका साथै ध्वंसात्मक एवं अवाञ्छित गतिविधीमा संलग्न व्यक्तिहरुलाई अत्यन्त बहादुरी र पराक्रमका साथ कानूनी दायरामा ल्याउन बिषेश भुमिका निर्वाह गरेकोले र जवान मुकुन्द माझीले…

Read More

मोरङ, २६ असोज । मोरङको बिराटनगर महानगरपालिका–१० तिन टोलियाबाट ३ लाख बराबरको अबैध समान बरामद भएको छ । हिजो बिहान १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त मुल्य बराबरको तामा तथा पित्तलको भाडा र तयारी पोशाक बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

भद्रपुर, २६ असोज । सरकारी सम्पत्ति दुरूपयोग गर्ने प्रवृत्ति रोक्ने निकायको कमजोरीले सार्वजनिक बिदाका बेलामा पनि सरकारी गाडीको दुरुपयोग रोकिएन । दशैं बिदाका बेला सरकारी गाडी घरायसी प्रयोजनदेखि व्यापारिक कारोबारसम्म प्रयोग भए पनि नियामक रमितेमात्र बनिँदा सरकारी गाडी दुरूपयोग यस पटक पनि फस्टाएको हो । जनताको करबाट किनिएका साना सवारी साधनदेखि ठूला र महँगा सवारीका साधन व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहे पनि झापा प्रशासनको दृष्टि त्यस्ता साधनमा परेन । प्रहरीदेखि स्थानीय सरकारसम्मका सवारी साधन नेपाल तथा सिमावर्ती भारतीय बजारसम्म किनमेल गर्न, व्यक्तिगत प्रयोजनका सामग्री खरिद गर्न, आफन्तलाई घुमाउन तथा व्यापारिक प्रयोजनका सामग्री ओसारपसार गर्न प्रयोग भइरहेका दृष्यले पुष्टि गरेको छ ।…

Read More

झापा, १७ असोज । झापाको कमल गाउँपालिका(३ केरखा बस्ने ६१ बर्षीय बिष्णु प्रसाद चौलागाईको करेन्ट लागेर मृत्यु भएको छ भने निजकै श्रीमती ६१ बर्षीय पम्फादेवी चौलागाई घाईते भएकी छन् । आज बिहान पौने ८ बजेको समयमा आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्णु प्रसादलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने निजकै श्रीमती पम्फादेवीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Read More