झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २९ भदौ । आर्थिक अभावका कारण बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) रोगबाट एक वर्षदेखि घरमै थला परेका झापा जिल्ला भद्रपुर नगरपालिका ९ बस्ने ४९ वर्षीय निर्मल दाहाललाई बचाइ दिन उनका परिवारजनले आग्रह गरेका छन् । चन्द्रगढीको प्रज्ञा एकाडेमी पूर्व पट्टीको गेट आगडि पाँच धुर जमिनमा घर बनाएर बस्दै आइरहेका क्यान्सर पीडित दाहाल ठेलाभेनमा पानी पुरी राखेर गाउँ÷ गाउँ डुलेर बेच्दै परिवार पाल्दै आइरहेका थिए । पानी पुरी बेच्दै आइरहेका दाहाल एकबर्ष अघि बिरामी परेर मेची अस्पताल भद्रपुर स्वास्थ्य परीक्षण गराउन गएका थिए । मेचीमा उपचार सफल नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको र त्यहाँका चिकित्सकले…

Read More

रुपेन्द्र शेर्माउर्लाबारी, २९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशको व्यापार घाटा १३ खर्ब ३१ अर्ब रहेको बताएका छन् । सरकारले स्वेदशी उत्पादनलाई प्रोत्साहित गर्न नसक्दा व्यापारघाटा चुलिएको उनले बताए । ‘सरकारले निरुत्साहित गरेकाले व्यापार व्यवसाय क्षेत्रमा ठूलो दुर्घटना हुने सम्भावना छ’, उर्लाबारी उद्योग वाणिज्य संघको शनिबार आयोजित ३१ औं साधारण सभामा बोल्दै गोल्छाले भने । बैंक ब्याजदर घट्नुको सट्टा उल्टै बढ्दैगएकोले निजी क्षेत्र लगानीमा हतोत्साही भइरहेको उनले बताए । सरकारले उद्योग व्यापारमा प्रोत्साहन गर्ने नीति नल्याएसम्म र निजी क्षेत्र एकजुट नभएसम्म देशको व्यापार घाटा यथावत रहने उनले बताए । ‘तर, निजी क्षेत्र एकजुट हुने सम्भावना…

Read More

संखुवासभा, २९ भदौ । संखुवासभाको खाँदवारी नगरपालिका–८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको छ । शनिबार दिउँसो सवा १ बजेको समयमा उक्त सडक खण्डमा बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका–७ का ९१ बर्षीय सवर बहादुर राईलाई ठक्कर दिंदा घाईते भएका राईलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जेसीबी तथा चालक प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

बुधबारे, २९ भदौ । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति–३ झापाले शनिवार आप्mनो १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले आर्थिक बर्षको प्रगति प्रतिवेदन तथा संस्थाको भावि कार्ययोजना तथा रणनीति प्रस्तुत गरेमा थिए । त्यस्तै संस्थाका लेखासमितिका सदस्य ज्ञानबहादुर धिमालले संस्थाको गत आर्थिक बर्षमा करिव २८ लाख शेयर पुँजी रहेकोमा यस आर्थिक बर्षमा ४४ लाख ९ हजार शेयर पुँजी बुद्धि गरेको, ७६ लाख १९ हजार ७९० निक्षेप संकलन, १ करोड १ लाख, ३ हजार ३ सय २८ रुपैंया कर्जा लगानी तथा असुली गरि ५ करोड ८८ लाख ८३ हजारको कारोवार गरेको संस्थाले ६ लाख ८२…

Read More

लीलाराज झापालीकनकाई, २८ भदौ । झापाको कनकाई नगरपालिका ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको भवन हस्तानतरण भएको दुई महिना नपुग्दै चुहिन थालेपछि सेवाग्राही र स्वास्थ्यकर्मी मर्कामा परेका छन । शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको ५ करोड ५२ लाख ५८ हजार २ सय ८७ पैँसा रुपियाँ लागतमा निर्माण भई गत असार २८ गतेमात्रै भवन कनकाई नगरपालिकालाई हस्तान्तरण गरिएको हो । भवन निर्माण पछि सरसफाई गरेर दुई सातादेखि भवनबाट सेवा सुरु गरिए पनि पानी परेका बेला भवनभित्र स्वास्थ्यकर्मी र विरामीको विचल्ली हुने गरेको स्वास्थ्य केन्द्रका कर्मचारीको भनाई छ । पानी पर्नासाथ भवनका प्रायः…

Read More

बिर्तामोड, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको छ । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।” जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट…

Read More

काठमाडौँ, २८ भदौ । नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसद्मा चाँडै लाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसद्मा दर्ता गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिनुभयो । आयुर्वेदिक औषधिको अनुसन्धान र विकास तथा आयुर्वेद शिक्षा प्रदानको लक्ष्यका साथ सो विश्वविद्यालय स्थापना हुन लागेको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा विश्वविद्यालयका लाािग रु १० करोड बजेट विनियोजन गरिएको छ । ध्यान र योगका माध्यमबाट स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न नागरिक आरोग्य कार्यक्रम सञ्चालन र विश्वविद्यालय स्थापनाको कार्यलाई सरकारले बढाएको हो । आयुर्वेदिक, होमियोप्याथिक,…

Read More

राजन ठटाल । सुष्मा तिखत्री अर्जुनधारा, २८ भदौ । झापाको अर्जुनधारा नगरपालिका वाड नं. १ स्थित बगर टोलमा गत शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भयो । श्रेष्ठको निधनपछि छरछिमेकी दाजुभाई बीच ठूलै खैलाबैैला भयो । श्रेष्ठकी कान्छी बुहारी दलित भएकाले उनलाई छेउमा गएर छुन पनि दिइएन । श्रेष्ठका कान्छा छोरा दिलिपले इलामकी अमृता परियारसँग सात वर्ष अघि विवाह गरेका हुन् । विवाह पश्चात उनीहरुको परिवार एकै भएर बसेको थियो । श्रेष्ठको निधनपछि दलितकी छोरी बुहारी भएकाले बोलाएको पण्डित पनि आएन । आफू दलितकी छोरी भएको कारणले पण्डित नआएको अमृताले बताइन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले एकै ठाँउमा…

Read More

पाँचथर, २८ भदौ । गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य रु एक हजारदेखि पन्ध्र सयको हाराहारीमा भएकोमा यस वर्ष बढेर रु ६ हजार पुगेको छ । उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित बनेका हुन् । अघिल्लो वर्ष निकासीमा भारतले अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या भएको थियो । लगानी नउठेको भन्दै व्यावसायिक खेती गरिरहेका अधिकांश कृषकले यो वर्ष अदुवाखेती गरेका थिएनन् । अदुवाको उत्पादनमा ५० प्रतिशतले कमी आएपछि मूल्य भने चार गुणाले बढेको…

Read More

इलाम, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उहाँले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताउनुभयो । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिनुभयो । उहाँले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताउनुभयो । “म…

Read More