झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमक, ९ असोज । दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याँउन नगरपालिकाले दमक ३ मा अढाई विगाहा जग्गा भाडामा लिएर तरकारी खेतीतर्फ प्रवद्र्धन गरिआएको छ । दश वर्षका लागि भाडामा लिएर त्यहाँ नगरपालिकाको करिव रु २१ लाख रुपैयाँको खर्चमा टनेलमार्फत खेती प्रवद्र्धनमा जोड दिदैआएको वडाध्यक्ष नविन बरालले वताए । आफ्नो नाममा एक धुर पनि जमिन नभएकी पवित्रा देवी चम्लागाईंले नगरले उपलव्ध गराएको जग्गामा खेती गर्दा अहिले मनग्य आम्दानी गर्न थालेको बताईन् । उनी जस्तै १७ घर परिवारलाई नगरपालिकाले गरिबी न्यूनिकरणका लागि कृषि उपार्जन सहयोग गरेको छ…

Read More

झापा, ९ असोज । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिस्टलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित जय श्री धौलागिरि डिस्टलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले दुवै उद्योगका सञ्चालकलाई सो कारबाही गरेको जनाईएको छ । उदयपुर डिष्टलरीले ३६ लाख ६९ हजार ७४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक ओम प्रकाश कलवारलाई रू २६ करोड १६ लाख जरिवानासहित एक वर्ष कैद र धौलागिरि डिस्टलरीले सात लाख ४५ हजार ६१५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक शम्भुशरणप्रसाद कलवारलाई…

Read More

झापा, ९ असोज । नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ । प्रदेश नं २ मा पूर्वएमालेअन्तर्गत केपी शर्मा ओली र माधवकुमार नेपाल तथा पूर्व माओवादी समूहका नेताहरुबीच टकराव देखिएको छ । प्रदेश २ का इन्चार्ज, अध्यक्ष, सचिव लगायतले पार्टी वरिष्ठ नेता माधव नेपाल र उद्योगमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य मातृका यादवका कारण प्रदेशको समस्या चुलिएको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै मंगलबार प्रतिवेदन बुझाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

भद्रपुर, ९ असोज । भद्रपुर–७ स्थित एमरल्ड एकाडमी कलेजमा अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । कलेजको वार्षिक कार्यक्रम अन्र्तगत अतिरिक्त कृयाकलापका लागि अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा बिबिएस टिम प्रथम हुन सफल भयो भने साइन्स टिम उपविजेता बनेको छ । प्रतियोगितामा म्यानेजमेन्ट समूह, होटल म्यानेजमेन्ट, साइन्स र बिबिएस गरी ४ वटा टिमले भाग लिएका थिए । विजेता तथा उपविजेता टिमलाई सहायक क्याम्पस प्रमुख प्रमिला भट्टराइृ अधिकारी तथा सह प्राध्यापक कुसुम अधिकारी पराजुलीले पुरस्कृत गरेका थिए । सह प्राध्यापक वेदप्रकाश घिमिरे तथा दिपक अग्रवालले सहजीकरण गरेको कार्यक्रममा कलेजमा अध्ययनरत छात्र विक्रम राई तथा…

Read More

काठमाडौं, ९ असोज । चाडबाड नजिकिँदै गर्दा भारतीय खसी तस्करी बढ्दो छ । व्यावसायीका अनुसार खुला सिमानाका कारण भारतीय व्यवसायीहरुले चराउने बहानामा खसी नेपाल भित्र्याउँदै तस्करी गरेको जानकारहरु बताउँछन् । चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार हाल दैनिक ३०० देखि साढे तीन सय भातरीय खसी अवैधरुपमा भित्रिन्छ । ‘बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, रुपन्देहीलगायत जिल्लाबाट बढी भित्रिएका छन्,’ पराजुलीले भने,‘ती जिल्लामा मेसिनले पाठापाठी जन्माए जसरी खसीबोका बढेका छन् ।’ चोरी तस्करीबाट आयात भएका खसीबाट उपभोक्ताहरु गुणस्तरसँगै मूल्यमा पनि मारमा पर्ने उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

धनकुटा, ९ असोज । धनकुटाको सागुरीगढी गाउँपालिका–९ बेदुवाडाडा स्थितमा रहेको बिजुलिको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर बिधुत कार्यालयका १ जना कर्मचारीको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेको समयमा धनकुटा नगरपालिका–८ घर भई बिधुत कार्यालय धनकुटामा कार्यरत रहेका ५६ बर्षिय बल बहादुर भण्डारीलाई बिजुलिको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा ल्याईएकोमा उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Read More

झापा, ९ असोज । गाडी नचढी मान्छेका दैनिकी चल्छ चल्दैन ? यो जमानामा पनि जुत्ता–चप्पल नलगाउने पनि कोही होलान् ? प्रश्न अलि अनौठो जस्तो लाग्न सक्छ । तर, अझै पनि गाउँतिर औंलामा गन्न सकिने संख्याका जुत्ता–चप्पल नलगाउनेहरु छन् । पहिले पाएनन्, खोजेर लाएनन्, अहिले पाएर पनि लगाउँदैनन् । पाँच दशकभन्दा बढी उनीहरु खाली खुट्टै हिँडे, त्यसमै बानी परे । अहिले जुत्ता लगाएर हिड्न गाह्रो मान्दछन् । ती वृद्ध भन्छन्, ‘पहिले जुत्ता–चप्पल किन्न सकेनौं, अहिले लगाएर हिँड्न जान्दैनौं ।’ कालीकोट, रोल्पा, दाङ र धनकुटामा भेटिएका जुत्ताजप्पल नलगाउनेहरुका दैनिकी अहिलेका पुस्ताले हेर्दा–सुन्दा अपत्यारिला छन् । कालीकोटको सन्नीत्रिवेणी–३ लुयाटाकी बुदी देवकोटा भैंसी दुहुन्छिन्,…

Read More

धनुषा, ९ असोज । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन् । ‘रेल सेवा सुचारु गर्न कम्तीमा २ सय कर्मचारी चाहिन्छ तर कर्मचारी छैन’, महानिर्देशक मिश्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल इन्जिन नेपाल ल्याउन केही महिना लाग्छ, तर अब ढिलो हुँदैन । मंसिरमध्यसम्म रेल चल्छ ।’ आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

Read More

काठमाडौं, ९ असोज । आर्थिक वर्ष २०७४/०७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ । यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरु आफैंले स्वीकारेका पनि छन् । तर, विद्यालयबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेडिकल कलेजसञ्चालकहरुले विद्यार्थी भर्ना नै रोक्ने चेतावनी दिएका छन् । सरकारले रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरेसँगै उनीहरुले आगामी शैक्षिक सत्रमा कलेज बन्द गर्ने धम्की दिएका हुन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वाथ्य समितिअन्तर्गत गठित उपसमितिले प्रतिवेदनमा मेडिकल कलेजहरुले २ देखि ६६ प्रतिशतसम्म नाफा कमाएको उल्लेख छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, ९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् । रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ । प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन् । रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो, मैले अलिकति अवस्था बताए, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पररहेको सुनाउनुभयो ।’ आजको अन्नपूर्ण पोष्ट्मा खबर छ ।

Read More