
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भोजपुर, २२ कात्तिक । भोजपुरको ट्याम्केमैयुम गाउँपालिका(२ का २४ बर्षीय बिकाश राईको बसले किचेर मृत्यु भएको छ । भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस चखेवामा पुगी पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा बस ब्याक भई किच्दा सहचालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, २१ कात्तिक । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश नं. १ शहीद र राजनीतिक हिसाबले ऐतिहासको प्रदेश भएको बताउनुभएको छ । प्रदेश प्रमुखमा नियुक्त भएपछि पहिलो पटक झापा आउनुभएका उहाँले प्रदेश नं. १ हरेक दृष्टिकोणबाट समृद्ध भएको बताउनुभयो । ‘शहीद र राजनीतिक इतिहासका हिसाबले प्रदेश नं. १ अब्बल छ’, उहाँले भन्नुभयो, ‘यसको सौन्दर्यतालाई अझ बढाउने काम हामीले सबैले मिलेर गर्नुपर्छ ।’ उहाँले झापाको साहदतस्थल सुखानी पार्कमा रहेका शहीदहरुको शालीकमा पुष्पगुच्छा र माल्यार्पण गर्नुभयो । कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियात, सांसद पवित्रा खरेल, संविधानसभा सदस्य प्रेम गिरी, प्रदेशसभा सदस्य बीर्ख प्रधान, एकराज कार्की, जिल्ला…
बनियानी, २१ कात्तिक । झापाको कनकाई नगरपालिकास्थित कनकाई नदीबाट काठको तस्करी हुने गरेको छ । अवैध रुपमा काटिएका काठ नदीलाई ढुवानीको माध्यम बनाएर तस्करी हुने गरेका हो । तस्करहरुले काठको गोलिया पानीको बहावसँगै बगाइदिने र नेपालको सीमा कटाएर भारतमा बिक्री गर्ने गरेको छन् । विभिन्न समयमा कनकाई खोलाबाट प्रहरीले काठ बरामद गर्दै आएको छ । यसैबीच, प्रहरीले बुधबार शिवसताक्षी–१० दोमुखास्थित कनकाई नदीको किनारबाट प्रहरीले रू ६ लाख बराबरको सखुवाजातको १५ थान गोलिया (करिब २०२ क्युविक फिट) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार लुकाई छिपाइ सखुवाको गोलिया पानीमा डुबाएर राखिएको गोप्य सूचनाको…
कनकाई, २१ कात्तिक । क्याम्पसका प्राध्यापक हरि तिम्सिना निष्कासनको बिषयमा भएको आन्दोलनले उग्ररुप लिएको छ । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई आज बिहान बिद्यार्थीले कालोमोसो दलिदिएका छन् । १ महिना देखि क्याम्पसमा जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले मोसो दलेका छन् । आज बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथी बिद्यार्थीले मोसो दलेका हुन । प्राध्यापकले तलब लगायातका माग राख्दा प्राध्यापक संघका अध्यक्ष समेत रहेका हरि तिम्सिनालाई जागिरबाट हटाइएपछी क्याम्पसमा बिबाद सुरु भएको थियो । बिद्यार्थीले तिम्सिनाको पुनरबाहलीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए । कनकाई क्याम्पसमा अखिलका बिद्यार्थीहरुले लगाएको ताला भने प्रहरीले फोरेपनि एकसाता…
काठमाडौँ, २१ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ (क), बागलुङको निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार, आजै दिउँसो १ः३० देखि ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन…
बनियानी, २१ कात्तिक । नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट रु चार करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनीयर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई काठमाडाँै–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौँ–३ महराजगञ्ज…
काठमाडौँ, २१ कात्तिक । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ…
काठमाडौं, २१ कात्तिक । दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो । नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ । राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले…
झापा, २१ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो ।नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।
झापा, २१ कात्तिक । गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा । गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो समस्याबारे व्यावहारिक रुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए –पानीले भरिएका गाग्री डोकामा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने । त्यसपछि नेताहरुको चेत खुल्लाकी भन्ने सोचेका थिए, गाउँलेले । उक्त समस्या सुल्झाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भयो । मकवानपुरको अतिविकट राक्सिराङ गाउँपालिका–८ स्थित महांकाल बस्तीमा पुगेका…