
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ जेठ । नेपाल प्रहरीले दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२२ प्यूखा कृष्णचोकस्थितमा भारत कोलकाताका ४३ वर्षीय हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी बिल भरपाई नभएका सुन, चाँदी तथा हीराका गरगहना बिक्री वितरण गरिरहेको सूचनाका आधारमा खोजतलासमा निस्किएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आज घटना विवरण सार्वजनिक गरेको हो…
हुम्ला, २८ जेठ । हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन् । यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताउनुभयो । विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले बताउनुभयो । परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उहाँले बताउनुभयो । बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरी चौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…
झापा, २८ जेठ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
झापा, २८ जेठ । झापाको कचनकवल गाउँपालिका–७ मा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । हात्तीबाट अन्नबाली जोगाउन आफ्नै बारीमा आफैँले लगाएको विद्युतीय तारबारले करेन्ट लागेर कचनकवल–७ बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आफ्नै बारीमा बाख्रा चराउन गएका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डा प्रहरी टोली खटिएको प्रवक्ता खड्काले बताउनुभयो ।
झापा, २८ जेठ । झापाका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । झापाको अर्जुनधारा–४, अर्जुनधारा–११ र बिर्तामोड–२ मा एक÷एक जना पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर भित्री कच्ची सडकमा नामथर, वतन नखुलेको हेर्दा तराईबासी मूलको जस्तो देखिने, निलो कमिज खैरो हाफ पाइन्ट लगाएको करिब ४५–५० वर्षीय पुरुष मानिस घोप्टे परी मृत अवस्थामा फेला परेका छन् । शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको उहाँले बताउनुभयो । त्यस्तै, मंगलबार बिर्तामोड–२ फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा सोही वडाका आदर्श टोलका ३६…
सन्तोष शर्माझापा, २८ जेठ । झापाको अर्जुनधारा नगरपालिकामा कृषि क्षेत्रमा लगानी गर्न चिनिया राजदूत चेन सोङ्गले अवलोकन भ्रमण गर्नुभएको छ । कृषि क्षेत्रमा लगानी गर्नका लागि राजदूत सोङ्गले यहाँका विभिन्न स्थानको अवलोकन भ्रमण गर्नुभएको हो । राजदूत सोङ्गले मंगलबार अर्जुनधारा–१० कालिझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी उद्योग बनाउने उद्योगको अवलोकन भ्रमण गर्नुभएको छ । आज बुधबार अर्जुनधारा–६ स्थित गाई फर्म र अर्जुनधारा–१० स्थित माछा फर्मको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशव ढुंगेलले जानकारी दिनुभयो । “उहाँहरुले लगानीको सम्भावित क्षेत्रको अवलोकन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “उपयुक्त ठाउँमा लगानी गर्ने प्राप्त विश्वास छ ।” १९ सय…
झापा, २८ जेठ । संयुक्त पहिचानवादी मोर्चाले हल्दिबारीमा सन्त थाम्सुहाङको संयोजकत्वमा पालिकास्तरीय मोर्चा गठन गरेको छ । मोर्चाको हल्दिबारीमा सम्पन्न भेलाले थाम्सुहाङको नेतृत्वमा मोर्चाको समिति गठन गरेको हो । भेलाले मोर्चाको सह–संयोजकमा चन्द्र मगर, सदस्य सचिवमा मनकुमार लिम्खिमलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा डम्बर सदेम्बा, कमलबहादुर याक्सो, सन्तोष आङभाङ, धनबहादुर राई पर्शुराम मगर, धनकुमार सम्बाहाम्फे, लाखबहादुर नेम्बाङ, अशोक राई, पूर्णबहादुर मेचे, गणेश केरुङ र खड्क लोक्तामलाई चयन गरेको मोर्चाका झापा संयोजक एलवी पालुङ्वाले जानकारी दिए । यसैगरी सल्लाहकारमा डिकराम फागो चयन चएका छन् । मोर्चाका झापा जिल्ला संयोजक एलबी लुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय नेताहरु विराज आङ्देम्बे, दिलकुमार…
झापा, २८ जेठ । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल) लाई पितृ शोक परेको छ । कनकाई नगरपालिका–६ चम्पापुरस्थित विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज विहान निधन भएको हो । विस १९९३ साल जेठ ८ गते जन्मिएका ढकाल सामाजिक एवम् धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए । उनी केही समय अघिदेखि अस्वस्थ्य रहेका थिए । स्व ढकालका श्रीमती हरिमाया ढकाल सहित ५ छोरा र ४ जना छोरी रहेका छन् । जसमा सीके अंकल काईला छोरा हुन् । ढकालका पाँच छोरा वुहारीहरुमा वेदप्रकाश–चन्द्रमाया, नरेन्द्र–गोमा, खेमराज–उर्मिला, चन्द्रकान्त–अम्विका, कमल–देवका रहेका छन् । चार छोरीहरु डम्बर कुमारी, रुकमिणा, चन्द्रकला र तीलरुपा रहेका छन् ।…
बिर्तामोड, २८ जेठ । “पढ्न मन लाग्छ, स्कूल जान मन लाग्छ”, बिर्तामोड–३ की ७ वर्षीया बालिका अनिषाले भन्नुभयो, “बेला–बेलामा आमाले अह्राउनुभएको काम गर्छु ।” विद्यालय उमेरकी सात वर्षीया बालिका अनिषाकी आमा अनुता राई (मगर) पक्षघातका कारण कम्मरमुनिको भाग नचल्ने भएर ओछ्यानमै थलिनुएको छ । आर्थिक अवस्था कमजोर भएका अनुताको परिवार हाल कष्टकर दैनिकी बिताइरहेको छ । अर्जुनधारा नगरपालिका–३ घर भई हाल बिर्तामोड–३ स्थित यातायात कार्यालय छेउमा बस्दै आउनुएकी ३५ वर्षीया अनुताको करिब एक वर्षदेखि ओछ्यानमै दिन बितिरहेको छ । ह्वील चियरको सहायताले छोरा १५ वर्षीय समीर मगरले अनुताको हेरचाह गर्दै आएका छन् । शुरुमा सामान्य खुट्टा दुख्ने समस्या भएपछि बिर्तामोड…
झापा, २८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि रु ६० अर्ब उपलब्ध गराएको थियो । सशर्त अनुदान रु २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान रु ६ अर्ब २० करोड उपलब्ध गराएको थियो । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा सङ्घीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य…