
झापा, २८ जेठ । संयुक्त पहिचानवादी मोर्चाले हल्दिबारीमा सन्त थाम्सुहाङको संयोजकत्वमा पालिकास्तरीय मोर्चा गठन गरेको छ ।
मोर्चाको हल्दिबारीमा सम्पन्न भेलाले थाम्सुहाङको नेतृत्वमा मोर्चाको समिति गठन गरेको हो । भेलाले मोर्चाको सह–संयोजकमा चन्द्र मगर, सदस्य सचिवमा मनकुमार लिम्खिमलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यमा डम्बर सदेम्बा, कमलबहादुर याक्सो, सन्तोष आङभाङ, धनबहादुर राई पर्शुराम मगर, धनकुमार सम्बाहाम्फे, लाखबहादुर नेम्बाङ, अशोक राई, पूर्णबहादुर मेचे, गणेश केरुङ र खड्क लोक्तामलाई चयन गरेको मोर्चाका झापा संयोजक एलवी पालुङ्वाले जानकारी दिए ।

यसैगरी सल्लाहकारमा डिकराम फागो चयन चएका छन् । मोर्चाका झापा जिल्ला संयोजक एलबी लुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय नेताहरु विराज आङ्देम्बे, दिलकुमार लावती, भारत श्रेष्ठलगायतको उपस्थिति रहेको बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



