
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान अनिष कार्की र मिलन बिष्ट श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही जवरजस्ती करणी, लागुऔषध तथा हातहतियार मुद्धाहरुमा फरार रहेका अभियुक्तलाई पक्राउ गर्न प्रभावकारी रुपमा परिचालित भई अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी…
झापा, १८ भदौ । काठमाडौँ स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ । २० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो । रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौं १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए । मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, १८ भदौ । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मानव बेचबिखनको घटनामा यो नयाँ शैली देखिएको ब्युरोका निर्देशक एसएसपी ईश्वरबाबु कार्की बताउँछन् । आज नयाँपत्रिका दैनिकमा खबर छ ।
झापा, १८ भदौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा उत्तरी सहयोग नेपाल भित्रिएको छ । अक्टुबर १५ तारिखको भारत भ्रमणपछि घर फर्कन क्रममा नेपाल पस्नुपूर्व १५० मिलियन चिनियाँ मुद्रा (आरएमबी) अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल आइपुगेको हो । चीनका १४ सीमावर्ती राष्ट्रमध्ये सीले ६ वर्षे कार्यकालबीच भ्रमण गर्न बाँकी देश नेपाल र म्यानमार मात्र हुन् । म्यानमार, जहाँ रोहिंग्या समुदायको समस्या छ र उनीहरु शरणार्थीका रुपमा विभिन्न देशमा छन् । त्यसमाथि त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई पश्चिमा मुलुकको समर्थन छ । यस्तो स्थितिमा विवादमा नपर्ने नीतिका कारण सी त्यता गएका छैनन् ।…
बिर्तामोड, १८ भदौ । संघीय संरचना अनुसार झापामा नेपाली कांग्रेसको क्षेत्रीय समिति समायोजन गरिएको छ । स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम व्यवस्था निर्देशिका–२०७६ अनुसार पार्टीको क्षेत्रीय समितिलाई संघीय संरचना अनुसार समायोजन गरिएको कांग्रेस झापा सभापति उद्धव थापाले जानकारी दिनुभयो । सात वटा निर्वाचन क्षेत्रअनुरुप क्रियाशील क्षेत्रीय समितिहरुलाई संघीय संरचना अनुसार ५ वटा बनाइएको उहाँले बताउनुभयो । सभापति थापाले सहमति, भूगोल, क्षेत्रीय तथा क्रियाशील सदस्य संख्या, कार्यगत जेष्ठता तथा गोला प्रथाबाट झापाका पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति चयन भएको जानकारी दिनुभयो । क्षेत्रीय सभापतिहरुमा झापा क्षेत्र नं. १ मा मणि उप्रेती, २ मा खगेन्द्र मैनाली, ३ मा गणेश पोखरेल, ४…
झापा, १८ भदौ । सुनसरीको धरान उपमहानगरपालिका–७ का १८ बर्षीय अमन तामाङलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती सवा १० बजेको समयमा स्थानीय एक युवकलाई नोक देखाई धाकधम्की दिई युवकसंग भएको सामसुङ मोवायल र चाँदीको सिक्री लुटेर भाग्ने क्रममा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले चोरी गरेको मोवायल र सिक्री समेत बरामद गरेको छ भने तामाङसंगै रहेका अर्का एक जना भने फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसैगरी एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा ईटहरीका १६ बर्षीय बालक झापाबाट…
सुनसरी, १८ भदौ । सुनसरीको कोशी गाउँपालिका(७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ । मंगलवार दिउँसो २ बजेको समयमा घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साँढे ५ बजे मृत्यु भएको हो । यसैगरी सुनसरीकै हरिनगर गाउँपालिका–१ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको टोकाईबाट मृत्यु भएको छ । मंगलवार राती सवा ९ बजे घर छेउमै बिषालु सर्पले डस्दा घाईते भएकी खातुनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पर्योनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ताप्लेजुङ, १७ भदौ । ताप्लेजुङको फुङलिङ नगरपालिका(९ बुङकुलुङका मनोज गुरुङको घरमा आगलागी हुँदा करिव ८ लाख बराबरको क्षति भएको छ । हिजो गुरुङको ढुङगा माटोले बनेको टिनको छाना भएको एक तले कच्ची भान्सा घरमा अचानक आगलागी हुँदा भान्सा घरमा भएको सम्पुर्ण समान जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको हो । सो आगलागी विमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको प्रहरी टोली र स्थानियवासीहरुको समेत सहयोगमा नियन्त्रणमा आएको थियो भने आगलागीमा अन्य कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
झापा, १७ भदौ । सरकारले गत फागुन २८ गतेबाट प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले आफ्नो सांगठनिक संरचनालाई परिर्वतन गरेको छ । प्रतिबन्ध अघिसम्म राजनीतिक कार्यक्रम खुल्ला रुपमा गदैर् आएको विप्लव माओवादीले प्रतिबन्ध लगत्तै जनसरकारको अवधारणामा सबै सांगठनिक संरचना परिर्वतन गरेको हो । विप्लव माओवादीले सरकारलाई प्रतिबन्ध हटाएर शान्तिपूर्ण राजनीतिक वातावरण सिर्जना गर्न पटक–पटक आग्रह गरे पनि सरकारले विप्लवप्रतिको दमनलाई तीव्रता दिएपछि सांगठनिक संरचना नै परिर्वतन गरेर राजनीतिक गतिविधि गरिरहेको विप्लव माओवादीका एक नेताले बताए । सांगठनिक संरचना परिर्वतन गरेको विप्लव माओवादीले झापामा आफ्नो कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ । आफूहरु आक्रमण गनेर् योजनामा नहरेको भन्दै राज्यले दमन बढाएमा त्यसको प्रतिरोध गनेर् चेतावनी…
झापा, १७ भदौ । धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् । गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताउनुभयो । “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको छ”, उहाँले भन्नुभयो, “दिनमा भन्दा रातिमा धेरै यो कीराले बाली नष्ट गर्दोरहेछ ।” स्थानीय खड्गबहादुर कार्कीले आफूले धानखेती गरेको ६० वर्ष बिते पनि यस्तो प्रकोप पहिलोपटक देखेको बताउनुभयो । “यो कीराले दुई÷तीन दिनभित्रै धान काटेर सखाप पार्दोरहेछ”, उहाँले भन्नुभयो, “धानको टुप्पो काटेर ठुट्टो बनाएको छ…