
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १६ कात्तिक । प्रदेश नम्बर १ को ठूलो छठ पूजा स्थलका रूपमा परिचित भद्रपुर स्थित मेची नदीमा भव्यताका साथ छठ पूजा सम्पन्न गर्ने तयारी पुरा गरिएको छ । तराइबासी तथा हिमाली, पहाडी सवैको प्रतिनिधित्व हुने गरी समावेशी रूपमा मनाइएको पूजामा उदाउँदो सूर्यलाइ अर्घ दिइ सुरू हुने छठ अस्ताउँदो सूर्यलाई अर्घ दिएर भव्य रूपमा सम्पन्न गरिने तयारी पूरा भएको हो । मेची पुलको उत्तर दक्षिण झण्डै तीन किलोमिटर क्षेत्रमा वारिपारी गरी हजारौं हाराहारी पूजा मण्डव बनाएर भव्य पूजा स्थल निर्माण गरिएको छ । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुर स्थित मेची नदीमा विगतदेखि नै मनाउदै आएको छठ पर्वमा भण्डै ५…
झापा, १६ कात्तिक । मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् । चिकित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरे । उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन । दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको उनीहरु निकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले…
झापा, १६ कात्तिक । बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएका हुन् । पाँच घण्टा लामो बयानमा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै काठमाडौं जिल्ला अदालतमा ‘इन्कारी बयान’ दिएको स्रोतले बतायो । ‘अदालत र प्रहरीसँग दिएको बयानमा संगति मिलेको छ। केही थप सन्दर्भका कुरा पनि आएका छन्,’ स्रोतले भन्यो, ‘एउटा सबालमा उहाँले मैले ओहदाको मर्यादा राखेको छु। पदको दुरुपयोग गरेको छैन भन्नुभएको छ…
झापा, १६ कात्तिक । नगरको मुख्य ठूलो पर्वको रूपमा मनाइने छठ पूजालाई लक्षित गरी भद्रपुर नगरपालिकाले आइतबार स्थानीय बिदा दिएको छ । नगरपालिकाले शुक्रबार सूचना प्रकाशन गर्दै भद्रपुरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कार्तिक १६ गते शनिवार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र कार्तिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ मनाइँदैछ । शनिबार सार्वजनिक बिदा भएकोले नगरपालिकाले यसवर्ष आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल आचार्यले हस्ताक्षर गरेको सूचनामा उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्न व्रतालु भक्तजनको सुविधालाई ध्यानमा राखी हर्सोउल्लासका साथ छठ मनाउन नगर कार्यपालिकाको कार्यालय तथा…
झापा, १६ कात्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वअन्तर्गत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गर्ने छन् । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वको अवसरमा चमार जातिले…
झापा, १६ कात्तिक । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ । प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ । रौतहट प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आलमकै निर्देशनमा बम बनाउन प्रत्यक्षरुपमा मानिस परिचालन गरेको, विस्फोटपछि घाइते भएकालाई जिउँदै इँटाभट्टामा लगेर जलाएको तथा उजुरी गर्नेलाई समेत हत्या गरेको निष्कर्ष निकाली अभियोजन पत्रमा आलमलाई आजीवन कारावासको सजाय माग दाबी गरिएको हो। आलम २० दिनदेखि प्रहरी हिरासतमा छन् । ‘हामीले अनुसन्धान पूरा गरेर सरकारी वकिलको…
भद्रपुर, १५ कात्तिक । नेपाली कांग्रेस भद्रपुर ४ नम्बर वडा समितिले वडा दशै, तिहार तथा छठ पर्वको अवसर पारेर चियापान कार्यक्रम सम्पन्न गरेको छ । वडा संयोजन समितिका संयोजक इन्द्रकुमार लिम्बूको अध्यक्षता तथा प्रदेश संसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा चियापान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, महासमिति सदस्य मदन बस्नेत, आदिवासी जनजाति संघ भद्रपुर अध्यक्ष हर्क निम्वाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बनियानी, १६ कात्तिक । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कम्युनिष्ट सिद्धान्त, आचरण, व्यवहार र नैतिकतासँग मेल नखाने काम नगर्न नेकपाका सांसद, जनप्रतिनिधि र कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा, स्थानीय तह परिचालन विभागले शुक्रबार यहाँ आयोजना गरेको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । ‘कार्यकर्ताले पार्टीको सिद्धान्त र कम्युनिष्ट आन्दोलनको इतिहास जान्न अत्यन्त आवश्यक छ’, नेकपाको स्कूल विभाग प्रमुखसमेत रहनुभएका उहाँले भन्नुभयो, ‘त्यसका लागि स्कूल विभागले तहगत रुपमा प्रशिक्षणका अरु कार्यक्रम पनि सञ्चालन गर्दै जानेछ ।’ मन्त्री पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार पार्न कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा लाग्नुपर्नेमा समेत…
पाँचथर, १६ कात्तिक । पाँचथरको फालेलुङ गाउँपालिका–४ मेमेङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाईते भएकी छिन् । शुक्रबार राति ११ बजेको समयमा बर्ष अंदाजी ७० को मोहन बहादुर थाम्सुहाङले आफ्नै श्रीमती ६७ वर्षीया फुलमाया थाम्सुहाङलाई घरायसी बिबाद हुँदा धारीलो हतीयार खुकुरी प्रहार गरेका थिए । घटनाबारे १६ गते राति साढे १ बजे इलाका प्रहरी कार्यालय मेमेङ पाँचथरमा जानकारी गराउनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले घाइतेलाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल फिदीम पाँचथरतर्फ लगेको छ भने खुकुरी प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथरतर्फ ल्याउदै गरेको उक्त कार्यालयले जनाएको छ ।
कनकाई, १५ कात्तिक । लामो समयदेखिको रस्साकस्सीपछि यहाँस्थित दुर्गा पाञ्चायान दुर्गा प्रतिष्ठान मन्दिर समितिको सिङ्गो कार्यसमितिले राजीनामा दिएको छ । कनकाई नगरपालिका–३ सुरुङ्गा चौकमा रहेको यस दुर्गा मन्दिर जीर्ण बनेकोले विर्तामोडस्थित सतासी बहुमुखी सहकारी संस्थाले आफु लगानी गरि मन्दिरमै जोडिएको सामुदायिक व्यावसायिक भवन र मन्दिर एकैसाथ बनाइदिने सहमति गरिसकेपछि सतासी बहुमुखी सहकारीलाई भवन बनाउन र मन्दिर सहित व्यावसायिक प्रयोजनमा ल्याउन दिने कि नदिने भन्ने वारेमा बजार क्षेत्रमा मत बाझिएपछि समितिको सिङ्गो कार्यसमितिले पदबाट राजीनामा दिएको हो । प्रतिष्ठानको सिङ्गो टिम मन्दिर भएको जग्गालाई मन्दिर सहित वहुउपयोगी भवन निर्माणको पक्षमा रहेको थियो । तर समयसगै यसको विरोधमा समेत आवाज उठ्ने तथा…