झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, १४ भदौ । मोरङको लेटाङ नगरपालिका–४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् । शुक्रबार साँझ ५ बजेको समयमा बर्ष ५१ की मगमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान बर्ष ५१ को सुन बहादुर राईलाई खुकुरीले हात र खुट्टामा काटी घाइते बनाएकी हुन् । घाईते सुन बहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने मनमाया लाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ ।

Read More

झापा, १४ भदौ । सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन एवम् नियन्त्रणमा रहने गरी ‘बाह्य गुप्तचर संयन्त्र’ निर्माण गर्ने भएको छ । राष्ट्रविरुद्ध हुने सुराकी नियन्त्रण, निगरानी र निस्तेज पार्ने रणनीतिसहित बाह्य गुप्तचर निकायका रुपमा सरकारले प्रतिजासुसी संयन्त्र गठन गर्न लागेको हो । यसको नाम भने तय गरिसकिएको छैन । २०४६ अघिसम्म राष्ट्रिय अनुसन्धान विभाग ९राअवि० भित्रै बाह्य मामिला हेर्ने गरी राष्ट्रिय जनसम्पर्क प्रधान कार्यालय ‘ख’लाई प्रतिजासुसीका रुपमा खडा गरिएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले विसं २०४७ वैशाख ६ गते उक्त एकाइ खारेज गरेको थियो । २९ वर्षपछि फेरि त्यस्तै प्रकृतिको प्रतिजासुसी निकाय बनाउन लागिएको हो…

Read More

झापा, १४ भदौ । ‘बिबिरानी’ भनिने रिना तामाङलाई देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर, पतिको मृत्यु भयो । त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् । यीनै बिबिरानीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यरोले गत बुधबार पक्राउ गर्‍यो । आरोप छ–उनले म्यारिज ब्युरोको नाममा नेपाली गाउँले चेलीलाई चिनीयाँ नागरिकसँग बिहे गराउने धन्दा चलाएको । पक्राउ पर्नेमा रोज तामाङ र अन्य चार नेपाली एजेन्ट पनि छन् । दुर्गगका चेलीलाई आर्थिक प्रलोभनमा पारी चिनीयाँसँग बिहे गराएर पठाउन एजेन्टहरु सक्रिय देखिएका छन् । यसलाई मानव तस्करीकै नयाँ स्वरुप मानेको प्रहरीले…

Read More

झापा, १४ भदौ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि प्रश्न गरेका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले विहीबार प्रस्तुत गरेको दुई पृष्ठको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको वाइडबडी काण्डलाई लक्ष्य गर्दै ‘हवाइजहाज’ नरम शब्दावली प्रयोग गरेका थिए । त्यसैलाई लिएर शुक्रबारको बैठकमा अधिकांश सदस्यले वाइडबडी लेख्न किन डराएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, १४ भदौ । शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (नो–अब्जेक्सन लेटर) नदिने निर्णय गरेको थियो । नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा एसइई पढेर बाहिर जान नपाइने भन्दै त्यस्ता विद्यार्थीलाई अनुमित नदिने भनिएको वैदेशिक अध्ययन अनुमति शाखाका प्रवक्ता महेश्वर शर्माले बताए । भाषा मात्र पढ्न जानलाई अनुमति पत्र नदिने भनिएपछि जापानका लागि नो अब्जेक्सन लेटर लिन आउने विद्यार्थीको संख्या घटेको छ । शिक्षा मन्त्रालयअन्तरगत वैदेशिक अनुमितपत्र शाखाका अनुसार २०७६ साउनमा जापान जान एनओसी लिन आउनेको संख्या २४८ मात्र छ । आव २०७५÷७६ जेठ…

Read More

झापा, १४ भदौ । अब ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन । अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउनेछ । मुद्दाको अभियोग पनि अन्य नागरिक सरह सामान्य अदालतमा सरकारी वकिलले गर्नेछन् । सर्वोच्च अदालतको पूर्ण इजलासले स्पष्ट नजिर कायम गर्ने गरी बिहीबार यस्तो फैसला गरेको छ । फैसलापछि नागरिक प्रकृतिका सैन्य कसुर सैनिक अदालतको क्षेत्राधिकारबाहिर हुनेछन् । फैसलासँगै सैनिक ऐनले स्पष्ट किटानी गरेबाहेकका सबै खाले अपराधजन्य कार्यमा आयन्द सामान्य अदालतमा सुनुवाई र फैसला हुने मार्गप्रसस्त भएको छ । आजको अन्नपूर्ण पोष्ट्मा खबर छ ।

Read More

झापा, १४ भदौ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुर्व्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका रुपक चौलागाईंको हत्याको अनुसन्धानमा ढिलाइ भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारवाहीको चेतावनी दिएको जनाइएको छ । बिहीबार साँझ चरिकोटमा पत्रकार सम्मेलन गरी चौलागाईंले डिएसपीले आफूलाई तथानाम गाली गर्दै घोक्र्याएको बताए । ‘जनताको समस्या लिएर उनको कार्यकक्षमा पुग्दा अनुसन्धान गर्न तेरो सरकारले स्रोत र साधन दिएको छ र । तँजस्ता गद्दारहरुले नै सबै काम बिगारेका हुन् भन्दै तथानाम गाली गर्दै दुर्व्यवहार गरे,’ उनले भने । यता डिएसपी…

Read More

बिर्तामोड, १३ भदौ । झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो । अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको पाइएपछि तत्काल अनुज्ञापत्र लिन निर्देशन दिइएको छ । पाउरोटी उद्योग मदन राजवंशी र पानी उद्योग रमेशराज उपाध्याय तथा आनन्द आचार्यले सञ्चालन गरेको बताइएको छ । बजारमा अखाद्य बस्तु बिक्री हुने गरेको गुनासो बढेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बिहीबार अनुगमन शुरु गरेको हो । अनुगमनका लागि कार्यालयका खाद्य…

Read More

झापा, १३ भदौ । कांग्रेसले सरकारका कारण लोकतान्त्रिक व्यवस्थामाथि वितृष्णा फैलने क्रम बढेको टिप्पणी गरेको छ । उसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतालाई अवमूल्यन गरेको आरोप सरकारमाथि लगाएको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावको सुरुमै सरकार संविधानको मर्म र मान्यतालाई उलंघन गर्ने क्रियाकलापमा लागेको उल्लेख गरिएको छ । ‘सरकारको असफलता र कमजोरीलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीका रुपमा चित्रण गर्ने सुनियोचित क्रियाकलाप्रति समयमै सचेत हुनुपर्छ,’ प्रस्तावमा भनिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई…

Read More