झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, १ कात्तिक । सुनसरीको गढी गाउँपालिका–२ का ५२ बर्षीय थुवा भनिने भुमीसुधार माझीको आगलागीमा परी मृत्यु भएको छ । टाटीको बेरा, फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा आज बिहान राती १ बजेको समयमा अचानक आगलागी हुँदा जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धानको लागि ईलाका प्रहरी दुहवीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

तेह्रथुम, १ कात्तिक । तेह्रथुमको फेदाप गाउँपालिका–१ माझीगाउँ बस्ने ६४ बर्षीय बिरबहादुर माझी तमोर नदीले बगाएर बेपत्ता भएका छन् । बिहीवार दिउँसो २ बजे तमोर नदीको बीचमा रहेको बास निकाल्न जाने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका माझीको प्रहरी चौकी पोक्लाबुङबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Read More

झापा, ३० असोज । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा०ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४।८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१।८ प्रतिशतको वृद्धिदर छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९।९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७।५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५।५ प्रतिशत वृद्धिदर छ । पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले…

Read More

झापा, ३० असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ। मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न देशभरका नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो। यस किसिमको ‘निर्देशन’ले संविधानले स्थानीय तहलाई दिएको अधिकार कटौती गरेको जनप्रतिनिधिले बताएका छन्। आयोगले पर्साको जगरनाथ गाउँपालिकाको कार्यालयले राहत शिक्षक र बालविकास केन्द्रमा सहयोगी नियुक्ति विरुद्धमा परेको उजुरीका सम्बन्धमा गरेको निर्णयलाई आधार मान्दै मन्त्रालयले सो निर्देशन दिएको थियो। आयोगले दिएको सुझावका आधारमा सो पत्राचार गरिएको मन्त्रालयका…

Read More

काठमाडौं, ३० असोज । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणदेखि सभामुख कृष्णबहादुर महरा पक्राउसम्मको चर्चा भएको पाइएको छ। उक्त अवसरमा सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी भ्रमणमा भएका उपलब्धिको चर्चा गरेका थिए । पिउने पानीको हाहाकारचियापानमा एक लाख जनालाई निमन्त्रणा गरिएको पठाइएको थियो। सोहीअनुसार खानेकुराको तयारी गरिएको थियो।भृकुटीमण्डपमा चियापानका लागि पार्टीका नेता तथा कार्यकर्तासँगै निमन्त्रणा स्वीकार गर्दै पाहुनाहरू सहभागी भएका थिए। तर चिया र खाजा खान पाए पनि सहभागीहरूले पानी पिउन पाएका थिएनन्। महरादेखि सांसद पक्राउको चर्चाचियापानमा निवर्तनमान सभामुख कृष्णबहादुर…

Read More

काठमाडौं, ३० असोज । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ । सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी फागुनमा निधन भएको थियो । यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ३० असोज । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ । दक्षिणकाली, चान्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकाप र झुक्यानमा पारी एवं शरीर बन्दक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको…

Read More

बिर्तामोड, ३० असोज । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले छिमेकीको जग्गा मिचेको आरोप लागेको छ । नगरप्रमुख शिवाकोटीले संधियार सञ्जना ढुंगाना (दुलाल) को १३ कठ्ठा जग्गा मिचेको पीडितले आरोप लगाएका छन् । सञ्जनाको बिर्तामोड–२ (साविक अनारमनी–९) को कित्ता नम्बर ५७४ को जग्गा संधियार शिवाकोटीले बलजफ्ती गरेर मिचेको सञ्जनाका बुबा जयनारायण ढुंगानाले बताए । ‘यसै वर्ष चार÷पा“च पटक नापिसकेको जग्गामा आफूखुसी पर्खाल लगाइएको छ’, उनले भने, ‘पर्खाल लगाउने कुरा थाहा पाएर धेरै पटक अनुरोध गर्दा पनि उहा“ले (नगरप्रमुख शिवाकोटी) मान्नुभएन ।’ आफू दशैं मान्न इलाम गएको बेलामा नगरप्रमुख शिवाकोटीले पञ्चमीदेखि त्रयोदशीका दिनसम्म पर्खाल लगाएको पीडित ढुंगानाले बताइन् । पर्खाल लगाउने क्रममा…

Read More

राजेन्द्र गौतमझापा, ३० असोज । विकास हुँदैछ, गाउँको मुहार फरिँदैछ । तर, मानिस धमाधम बसाईं सरिरहेका छन् । गाउँको खुल्लापन र प्राकृतिक वातावरणले मानिसलाई रोक्न सकेको छैन । शहरको कुचुक्क्रो ठाउँको महङ्गोमा केही धुर जग्गा किनेर घर बनाउने र बस्ती बसाल्ने क्रम बढेको छ । यो निक्कै पहिलादेखि चलेको शिलशिला हो । हिजो द्वन्द्वकालमा सुरक्षाका कारण मानिस शहर पसे । अहिले गाउँगाउँमा बिजुली पुगेको छ । बाटो बनेको छ,बन्दै छ । तर,मानिस शहर केन्द्रित हुने क्रम चाहिँ रोकिएको छैन । यसको खास कारण छिमेकी पातलिनु हो । तस्वीरमा देखिएका यी दृष्य अरुण गाउँपालिका–६ भोजपुर पाउलीका हुन् । हिजो त्यहाँ पानी…

Read More

मोरङ, २९ असोज । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसँगै इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर धनी सहित सुन्दरहरैचा–७ बस्ने टेक बहादुर बि.क., भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला, हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर, सुन्दरहरैचा–९ का सजाद मिया, सुन्दरहरैचा–११ का जय प्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत र मधु कुमार घिमिरेलाई पक्राउ गरेको हो । तासको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ ।

Read More