
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धनकुटा, १५ असोज । धनकुटा नगरपालिका(९ गुठिटारमा आज दिउँसो बस र ट्रक ठोक्किदा १४ जना घाईते भएका छन् । दिउँसो सवा १२ बजे धनकुटाबाट धरान तर्फ आउँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रक र बिपरीत दिशाबाट जाँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किदा बसमा सवार १४ जना घाईते भएका हुन् । घाईते सबैजनाको तत्कालको अवस्था सामन्य रहेको र निजहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बिर्तामोड, १५ असोज । झापाको बिर्तामोड नगरपालिका–१ स्थित पूर्ण टुंगमार्गमा रू १३ करोडको लागतमा होटल सञ्चालनमा आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल ‘टाइमलेस मोमेन्ट्स’ सञ्चालनमा ल्याइएको होटल सञ्चालक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । ‘घुमफिर अन्य प्रयोजनका लागि आउने पर्यटक तथा व्यवसायीहरु व्यवस्थित होटल नहुँदा बास बस्न भारतको सिलिगुढी जाने गरेका छन्’, आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी होटल सञ्चालनको उद्देश्य बताउँदै उहाँले भन्नुभयो, ‘पर्यटकलाई लामो समयसम्म बस्न सक्ने वातावरण बनाउन पनि होटल सञ्चालनमा ल्याइएको हो ।’ १२ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा १२ वटा एसी डिलक्स रुम सहित ३२ वटा कोठा, स्वीमिङ पुल, एक सय जना…
सान नेपालगौरादह, १५ असोज । गौरादह नगरपालिका सोमबार दिनभर तनावग्रस्त देखियो । गौरादह–८ बैरातीका धनवीर राजवंशीको मृत्युुको विषयलाई लिएर स्थानीयले नगरपालिकामा दिनभर धर्ना दिएका हुन् । मृतक राजवंशी वैराती बजार टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका थिए । टहरा निर्माण सम्पन्न गरी बारम्बार धाउँदा समेत फरफारक गर्न अस्वीकार गरेकाले राजवंशीले मृत्युवरण गर्नुपरेको मृतकका आफन्तले आरोप लगाएका छन् । विभिन्न बहानाबाजी गदैर् नगद भुक्तानी गर्न अस्वीकार गरेकाले आफ्नो बाबुको मृत्यु भएको भन्दै मृतकका छोरा सूर्य राजवंशीले प्रहरीमा किटानी जाहेरी दिएका छन् । नगरपालिका इन्जिनियर सचिन क्षेत्रीले बैराती बजारमा समितिका अध्यक्ष मृतक राजवंशीलाई उपभोक्ता समितिकोेेे कागजात नपुगेको, काम सम्पन्न नभएको र अन्य बिल भौचर अपुग रहेेको भन्दैै…
भद्रपुर, १५ असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बलियो जनमत पाएर पनि अलोकप्रिय बनेको वर्तमान सरकारले परिवर्तित राजनीतिक संरचनामा निराशा ल्याएको बताएका छन् । नेता सिटौलाले नेपाली कांग्रेस भद्रपुर–८ ले आयोजना गरेको शुभकामना आदान प्रदान तथा अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको पहिलो जन निर्वाचित सरकारले प्राप्त गरेको बलियो जनमतको सम्मान हुने उल्लेखनीय काम गर्न नसरकेर जनतामा निराशा छाएको आरोप लगाए । नेता सिटौलाले भने निर्वाचनका बेला केही गर्ने आशा पालेर विश्वास र भरोसाका साथ मतदानले भारी बहुमत दिएका केपी ओली राज्य सत्ता हात पारेपछि आफू त रोग मुक्त हुन सफल भए पनि देश सत्ताधारीको वेथितिले…
मोरङ, १५ असोज । मोरङको बिराटनगर महानगरपालिका(१७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार अपरान्ह पौने ५ बजेको समयमा खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
भद्रपुर, १४ असोज । निरन्तरको वर्षाले विमानस्थलको धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिको काम प्रभावित बनेको छ । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले गत भदौ २० गतेदेखि विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सुरु गरेको थियो । दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द गरी निर्माण कार्य सुरु भए लगतै निरन्तर पानी पर्न थालेपछि हाललाई निर्माण कार्य स्थगन गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए । ‘२१ दिनसम्म विमानस्थल २ बजेपछि बन्द गरी निर्माण गर्दा निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गर्न सक्यो’, प्रमुख चुडालले भने, ‘अब निर्माण कार्य पुनः दसैँपछि मात्र सुचारु हुन्छ।’ १० करोड २३ लाखमा…
द्रोण अधिकारीभद्रपुर, १४ असोज । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजनाका निर्माणाधिन कामहरू गुणस्तरहीन भइरहेका छन् । नगर क्षेत्रमा पूर्वाधार विकास अन्र्तगत संघीय सरकार, प्रदेश सरकार र नगर सरकारको लगानीमा दर्जनौँ आयोजनाका कामहरू निर्माणाधीन अवस्थामा रहेका भए पनि यी कामको गुणस्तर कायम राख्न प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिले इमान्दारिता देखाउन नसकेपछि ठेकेदारमैत्री काम भइरहेका हुन् । अधिकांश निर्माण स्थलमा इन्जिनियरसहित टोली खटाएर आयोजनाका काम गर्ने गरी सरकारले लगानी गरेको हुन्छ तर, प्राविधिक कर्मचारी ठेकेदारको इसारामा कमिशनको आडमा अलमलिँदा कमसल सामग्री प्रयोग गरी ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्ने गरेका छन् ।…
गौरादह, १४ असोज । श्रम ऐन अनुसार निजी विद्यालयमा कार्यरत शिक्षकलाई दशैं खर्च नदिने विद्यालयप्रति इस्टु गम्भीर देखिएको छ । बारम्बार ध्यानाकर्षण गराउँदा पनि ऐनमा नै उल्लेख गरिएको दशैं खर्च दिन अस्विकार गर्ने विद्यालयलाई इस्टु पदाधिकारीहरुले मुद्दा हाल्ने बताएका छन् । इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडा ऐन नियम उल्लंघन गर्ने विद्यालयप्रति इस्टुले कडा खबरदारी बताउँछन् । ‘हामीले सहज ढंगले निकास निस्किन्छ भन्ने सोचेका थियौं तर धेरै विद्यालयहरुले चाडबाड मनाउनको लागि दिनुपर्ने दशैं खर्च आफैंले राख्ने गरेको प्रती गम्भीर हुनुपरेको छ’, खतिवडाले भने ।
बिर्तामोड, १३ असोज । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । शारिरीक सुगठनका उमेश राईले बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारिरीक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन हुन् । स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी करा“ते खेलाडी एस्तर राईले जितिन । एकेएफ केडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिवलकी बिनिता बुढाथोकीलाई पछि पारिन । बर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरिन…
मोरङ, १२ असोज । मोरङको बिराटनगर–१३ झमेली चोकबाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सीआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले शनिवार राती ११ बजे उक्त चोकमा पैदल हिडिरहेका धरान उप–महानगरपालिका–८ का ४६ बर्षीय पुर्ण बहादुर तामाङ र धरान ११ का ४१ बर्षीय सुवास राईलाई चेकजाँच गर्दा उनीहरुको साथबाट डाइजोल्याप ११० एम्पुल, लुपिजेसिक ११० एम्पुल र एभिल ११० एम्पुल बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।