झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, १२ असोज । सुनसरीको रामधुनी नगरपालिका–५ भमरी चोकका ४७ बर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयले जानकारी गराउना साथ घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

Read More

इलाम, १२ असोज । इलामको सुनमाई नगरपालिका–१२ मलिम बस्ने ५६ बर्षीय दिलमाया राईको पानीको दहमा डुबेर मृत्यु भएको छ । आज बिहान ८ बजे आफ्नै घर नजिकै रहेको पानीको दहमा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयबासीले जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट प्रहरी टोली खटि गई कानूनी प्रक्रिया तथा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, १२ असोज । नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा ९एलओई०मा पनि सहमति जनाएको स्रोतले जनाएको छ । नेपाल–भारतबीचको पारवाहन सन्धिमा जलमार्गसम्बन्धी व्यवस्था समावेश नगरिएसम्म नेपाल नेपालले भारतले यसअघि नै सञ्चालनमा ल्याइसकेको उक्त जलमार्ग तेस्रो मुलुक व्यापारका लागि प्रयोग पाइँदैन । उक्त एलओईको मस्यौदा नेपालले यसअघि नै भारतलाई बुझाएको थियो । एलओईमा भारतले सहमति जनाएपछि जनाएपछि नेपालले जलमार्ग प्रयोगको बाटो खुलेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, १२ असोज । संघीय संसद्का दुवै सदन र सातै प्रदेशसभाका उपाध्यक्ष÷उपसभामुखहरु अघिल्लो भदौमा राजधानीको चन्द्रागिरिमा भेला भए । सभामुखसहितको भेलामा उनीहरुले छुट्टै बैठकसमेत गरे । गत संसिर २९ ३० गते चितवनको सौराहामा सभामुख र उपसभामुखहरुको दोस्रो बैठक भयो । त्यहाँ पनि उपसभामुखहरुले छुट्टै बैठक गरे । गत भदौ ३ गते संघीय संसद्का उपाध्यक्षरउपसभामुख तथा प्रदेशसभाका उपसभामुखले पनि ‘भिडियोे कन्फेरेन्स’ गरे । पछिल्लो पटक गत मंगलबार उनीहरुले राजधानीमा बैठक गरे र आफ्ना भूमिका र गुनासा थप उजागर गरे । राष्ट्रियसभा उपाध्यक्ष र प्रतिनिधिसभा तथा सातै प्रदेशसभाका उपसभामुख महिला हुन् । उनीहरुले एक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी चार पटक बैठक…

Read More

झापा, १२ असोज । दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । ३ हजार ३०० पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ । एक हजार ५७५ देखि एक हजार ६०० मा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म बढेको छ । बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य बृद्धि भएको बताए । खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ ।…

Read More

झापा, १२ असोज । प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर पाइएको प्रधानमन्त्री कार्यालयको अनलाइन मोनिटरिङले देखाएको छ । प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएपछि प्रधानमन्त्री कार्यालयले नियमित रूपमै मन्त्री र मन्त्रालयको कार्यबारे अनलाइन मोनिटरिङ गर्दै आइरहेको छ । प्रधानमन्त्री र मन्त्रीहरूबीच गत १५ साउनमा पहिलोपटक कार्यसम्पादन सम्झौता भएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार विकासे मन्त्रालयका रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय र कृषि विकास मन्त्रालयमध्ये कुनै पनि…

Read More

झापा, १२ असोज । सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब १८ अर्ब रुपैयाँ भएको थियो । यसपालि झण्डै २४ खर्ब पुग्ने अनुमान छ । दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एक तिहाइ सकिन्छ । त्यस आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ । तर, त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ । जस्तो–आफ्नै उत्पादन, सरसामान आदि । ६० प्रतिशत भने पैसै चाहिन्छ । यसरी हेर्दा यो दसैंमा खर्ब रुपैयाँ प्रबाह हुनेछ । ‘वर्षभरिको हुने खर्चको एकतिहाइ दसैंमा सकिन्छ,’ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन । घरायसी उत्पादनका खाद्यवस्तु,…

Read More

झापा, १२ असोज । सत्तारुढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालबीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबरे कुरा मिल्न सकेको छैन । ओली र दाहालले शुक्रबार बिहानसमेत छलफल गरेका थिए । प्रधानमन्त्री ओली स्वाथ्योपचार गराउन दोस्रो पटक सिंगापुर जानुअघि पार्टी एकीकरणका धेरै काम सकिएका थिए । ‘त्यसरी एकीकरणका काम धमाधम टुंगिनुको कारण अध्यक्षहरुबीच भएको मौखिक समझदारी हो । त्यसलाई पालना गर्न पछिल्लो समय प्रधानमन्त्रीले आनाकानी गरिरहनुभएको छ ,’ दाहाल निकट स्रोतले कान्तिपुरसँग भन्यो । आजको कान्तिपुर…

Read More

भद्रपुर, १२ असोज । झापाको सदरमुकामको केन्द्रका रूपमा रहेको चन्द्रगढी बजारमा अवस्थित ऐतिहासिक काली मन्दिर पुनःनिर्माण हुने भएको छ । स्थानीय दाताबाट रकम संकलन गरी एक करोड २८ लाख लगानीमा अत्याधुनिक प्रविधियुक्त मन्दिर निर्माण हुने भएको हो । निर्माण समितिका संयोजक भीम पौडेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा मन्दिर परिसरमा घटस्थापनाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन तथा अग्रज व्यक्तित्व भेला कार्यक्रममा दिइएको जानकारी अनुसार २०२७ सालमा निर्मित मन्दिरको भौतिक संरचना कमजोर बन्दै गएपछि पुनःनिर्माणका लागि स्थानीय दाता तथा समाजसेवीहरूसित समन्वय गरेर मन्दिर निर्माणको काम थालिएको हो । दशैं तिहार सकिए लगत्तै निर्माण थालनी गरिने आर्थिक संयोजक मोहन…

Read More

सुनसरी, १० असोज । सुनसरीको रामधुनी नगरपालिका–६ नुनिगाऊका मदन कुमार खड्काको घरमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान सवा ११ बजेको समयमा अचानक बिद्युतको तार सर्ट भएर खड्काको घरमा आगलागी भई निजको टिनको छाना भएको १ तले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागीमा परी खड्काको २ वटा बाख्राको पाठा समेत जलेर मरेको तथा प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान पौने १२ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More