
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, ५ असोज । इलामको सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरीका ४२ बर्षीय बुद्धविर राईले आफ्नै दाजु ६४ बर्षीय बिष्णु राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाई आफु झुण्डिएर आत्महत्या गरेका छन् । आज बिहान साँढे १० बजेको समयमा आफ्नै बारीमा घाँस काटिरहेका दाजु बिष्णुलाई एक्कासी कन्चटमा खुकुरी प्रहार गरी उनी फरार भएका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी बन्दुके बाट प्रहरीको टोली खटि घाईते लाई उद्दार गरी उपचारको लागी झापा तर्फ पठएको थियो भने खुकुरी प्रहार गरेर फरार रहेका बुद्धविर राईलाई खोजतलाश गर्दै जाने क्रममा घटनास्थल नजिकै रहेको गोगुनको रुखमा झुण्डि मृत्यु भएको अवस्थामा फेला पारेको थियो । घटनास्थलमा…
ताप्लेजुङ, ५ असोज । ताप्लेजुङको मिक्वाखोला गाँउपालिका–१ बेसीगाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजेको समयमा मृत अवस्थामा फेला परेकी छिन । शनिबार बिहान पउने १२ बजे सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका–३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएकी थिइन । उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा फुङलिङ नगरपालिका-३ र तेह्रथुमको आठराई त्रिवेणी गाउँपालिका(३ तमर नदिको बिचमा ढुङ्गामा अड्कीएर मृत्यु भएको अबस्थामा सन्जमाया तामाङलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ओखलढुङ्गा, ५ असोज । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका (१ मोली फस्कु बस्ने बर्ष ५५ को हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गर्दा २ जना घाईते भएका छन् । उनले शनिबार राती ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ७२ को बिश्र बहादुर राई र निजकै श्रीमती बर्ष ६५ की रत्नमाया राईलाई बन्चरोले शरिरको बिभिन्न भागमा प्रहार गरी गम्भिर घाईते बनाएका हुन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी निसंखेबाट प्रहरीको टोली खटि घाईतेलाई उपचारको लागी मिसन अस्पताल ओखलढुङ्गा पठाएको थियो भने घटनामा संलग्न हर्कजित राईलाई बन्चरो सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएको उक्त कार्यालयले जनाएको छ…
सुनसरी, ५ असोज । सुनसरीको धरान उपमहानगरपालिका(१३ बस्ने स्कुटी चालक २७ बर्षीय सबिन राईको दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ सवा ४ बजे धरान जिरोप्वाईन्ट कोशी राजमार्गबाट भेडेटार तर्फ जादै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको को ३१ प ३०३४ नम्बरको स्कुटीलाई ठक्कर दिई दुर्घटना हुदा स्कुटी चालक राई घाईते भई उपचारको लागी लादै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । स्कुटी ,ट्रक र ट्रक चालक ईटहरी(६ बस्ने ५४ बर्षीय भिम थापालाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
झापा, ५ असोज । प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ । प्रतिपक्षि कांग्रेसलगायत ‘पुरुत्थानवादी शक्ति’ ले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दी गर्ने प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरु सशक्त रुपमा नउभिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । बर्खे अधिवेशन असोज २ मा सकिएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
झापा, ५ असोज । प्रदेश नं. १ सरकारले १४ वटै जिल्लाका गाउँघरमा परम्परागत विधिबाट उपचार गर्ने धामीझाँक्रीको अवस्था र उनीहरुले प्रयोग गरिरहेका जडीबुटीको तथ्यांक संकलन गरेको छ । गत वर्षको बजेटबाट झण्डै २० लाख खर्चेर अध्ययन गरिएको हो । प्रदेशभित्रका जिल्लामा जडीबुटीको उपलब्धता, आयुर्वेद चिकित्साको अवस्था र जनजातीले प्रयोग गर्ने वनस्पतिका अवस्थाको तथ्यांक पनि सरकारले संकलन गरेको छ । ‘धामीझाँक्रीको अवस्था बुझ्न र उनीहरुले औषधिका रुपमा प्रयोग गर्ने जडीबुटीको पहिचान, संरक्षण र व्यावसायिक खेतीका लागि यो अध्ययन हो ।’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता रहने छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग, स्कुल विभाग, सङ्गठन विभागका केही नेता नेपाल आइपुगेका छन् भने विदेश विभाग प्रमुख सोङ ताओ शनिबार आइपुग्ने उपप्रमुख देवेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको तर्फबाट कार्यपत्र प्रस्तुत…
एजेन्सी, ४ असोज । इटालियन सिरी ए फुटबलमा साबिक विजेता युभेन्टसले यस पटक भने संर्घषपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई २(१ गोल अन्तरले पराजित गर्दै संघर्षपुर्ण जित निकालेको हो । युभेन्टसलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो र आरोन रामेसीले समान एकरएक गोल गरे । खेल शुरु भएको २० औं मिनेटमा गोल गर्दै भेरोनाले अग्रता लिएका थिए । मिगुएल भेलोसोले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । तर अग्रता धेरैबेर टिक्न सकेन । ३१औं मिनेटमा रामेसीको गोल गर्दै खेल बराबरीमा ल्याए । उनले रोनाल्डोको पासलाई सदुपयोग गर्दै गोल गरेको थिए । सिरी ए मा रामेसीको यो…
दमक, ५ असोज । दशै, दिपावली लगायतका चाडपर्वका अवसर पारेर दमकमा यसवर्ष पनि दोश्रो मिडीयाकप फूटसल प्रतियोगिता–२०७६ हुने भएको छ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले अघिल्ला वर्षझै यसपटक पनि मिडीया हाउसका पत्रकारहरुवीच फूटसल प्रतियोगिताको आयोजना गर्ने भएको यूनियनका अध्यक्ष विष्णु सुब्बाले वताएका छन् । प्रतियोगिता यहि असोज १६ गते विहिबार दमक ९ स्थित रणभूमि फूटसल मैदानमा एकदिवसीय प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सम्पन्न गर्न यूनियनका जिल्ला सदस्य विष्णु पौडेलको संयोजकत्वमा पाँच सदस्यीय एक तयारी उपसमिति गठन गरिएको छ । गठित उपसमितिको सदस्यहरुमा कुसुम तामाङ्ग, आत्माराम राजवंशी,झगेन्द्र खड्का र वेनु प्रसाई रहेका छन् । संयोजक पौडेलका अनुसार प्रतियोगितामा…
काठमाडौँ, ५ असोज । नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा १० पुरुष र चार महिला जुवाडे रहेका छन् । यसैगरी, शनिबारै गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा…