
एजेन्सी, ४ असोज । इटालियन सिरी ए फुटबलमा साबिक विजेता युभेन्टसले यस पटक भने संर्घषपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई २(१ गोल अन्तरले पराजित गर्दै संघर्षपुर्ण जित निकालेको हो ।
युभेन्टसलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो र आरोन रामेसीले समान एकरएक गोल गरे ।
खेल शुरु भएको २० औं मिनेटमा गोल गर्दै भेरोनाले अग्रता लिएका थिए । मिगुएल भेलोसोले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए ।
तर अग्रता धेरैबेर टिक्न सकेन । ३१औं मिनेटमा रामेसीको गोल गर्दै खेल बराबरीमा ल्याए । उनले रोनाल्डोको पासलाई सदुपयोग गर्दै गोल गरेको थिए । सिरी ए मा रामेसीको यो डेब्यु खेल हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

