
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ भदौ । पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ । गत सोमबार काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन गर्नुभएको थियो । सेवा उद्घाटनसँगै दैनिक वातानुकूलित ४४ सिटका बा ५ ख ७९४२ र बा ५ ख ७९४३ नम्बरका नेपाल भारतमैत्री बसले सेवा दिइरहेका नेपाल भारतमैत्री सङ्घ संयुक्त यातायात प्रालिका अध्यक्ष भरत तिम्सिनाले बताउनुभयो । उहाँले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सरकारले काठमाडौँदेखि सीधा सिलगुडीसम्मको बस सेवा शुरु गरेको बताउनुभयो । पर्यटकीय आकर्षणको केन्द्रबिन्दु रहेको काठमाडौँमा भूटान, बङ्गलादेश, भारतको सिक्किम,…
झापा, १३ भदौ । नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ । यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् । महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्य निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन् । सैनिक प्रवक्ताका सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगन्जमा गरी यो तालिम २ सातासम्म सञ्चालन हुनेछ । तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवादसम्बन्धी अभ्यास हुने जनाइएको छ । यो समाचार नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।
झापा, १३ भदौ । भारतको कोलकतास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहिबार उद्घाटन गरे । सो अवसरमा उनले भने, ‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेछ ।’ कोलकतामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैँया ४५ देखि ६५ सम्म तिर्छन् । नेपालको सिएफएसमा आधा मोलमै सो सुविधा उपलब्ध हुनेछ । आजको नागरिक दैनिकमा खबर छ ।
बिर्तामोड, १३ भदौ । झापाको मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले अवैध रुपमा भन्सार छलि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको डेढ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले विभिन्न आइटमको किराना सामान १२ हजार, कपडा ७० हजार, मोटर पार्टस् ५० हजार र नेपालबाट भारततर्फ लैजादै गरेको मटर १० बोरा गरी १ लाख ४७ हजार रुपैयाँ बराबरको मालसमानहरु बरामद गरी मेची भन्सार कार्यालयमा दाखिला गरिएको जनाएको छ ।
कनकाई, १३ भदौ । गैडे सामुदायिक वन उपभोक्ता समूह शिवसताक्षीले आफ्ना विपन्न २० परिवारलाई निःशुल्क खाट वितरण गरेको छ । वन समूहका अध्यक्ष अमृत कार्कीका अनुसार कमजोर आर्थिक अवस्थाका उपभोक्ताको छनोट गरी प्रतिपरिवार एउटा खाट वितरण गरिएको हो । शिवसताक्षी नगरपालिका वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापाले उपभोक्तालाई खाट प्रदान गर्नुभएको थियो ।
सुरुङ्गा, १३ भदौ । ग्रामीण विकास सेवा समाज कनकाई सुरुङ्गास्थित नयाँबस्तीले पिता तीर्थ औँसीको अवसर पारेर बिहीबार ७० वर्षमाथिका १९ जना पितालाई सम्मान गरेको छ । समाजले आफ्ना अग्रजहरुको आर्शीवाद लिनका लागि हरेक वर्ष पिता तथा माताहरुको सम्मान गर्दै आएको अध्यक्ष डिल्लीनारायण प्रधानले बताउनुभयो । सम्मान कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेल, राजनीतिकर्मी देउमान थेवे, सम्मानित व्याक्तित्व टीकाप्रसाद तिम्सिना लगायतले समाजले अग्रजको सम्मान गरेर युवा पिढीमा उत्कृष्ट नमुना प्रस्तुत गरेको बताउनुभयो । समाजले समाजका अग्रजहरु कृतिमान थेवे, गुणसागर खतिवडा, खेमप्रसाद खतिवडा, ससीधर नेपाल, दलबहादुर राई, बीर्खबहादुर लिम्बू, मनोरथ सेढाई, अग्निप्रसाद खरेल, केशर न्यौपाने, बुद्धिराज तिवारी, तोयानाथ दाहाल, यामप्रसाद लिम्बू, खड्गप्रसाद लिम्बू, दाताराम…
भद्रपुर, १३ भदौ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समीक्षा गरेको छ । समितिका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका पदाधिकारी तथा टोल संयोजकहरूले आफू मातहत भएका गतिविधि पेश गरेका थिए । समीक्षा कार्यक्रममा यस आर्थिक वर्षमा पर्यटकीय स्थल चन्द्रगढमा पिकनिकस्थलका लागि टहरा निर्माण, ८०० आँपको विरूवा रोपेको, तारजाली घेरावारा सम्पन्न गरेको, सिमसार क्षेत्र विकासका कामहरू अगाडि बढाइएको लगायत प्रगति विवरणमाथि छलफल गरिएको थियो ।
मर्कान्देय कात्जुधर्म र विज्ञान एक अर्काको परस्पर विरोधी हुन् । यी फरक ध्रुवका हुन् र यिनीहरु एक अर्काका पूरक हुन भन्नु वेवकुफी हो । र्धले भन्छ यहाँ अलौकिक शक्ति छ जसलाई ‘भगवान’ भनिन्छ, जो अमर, स्थायी, शक्तिशाली, दयालु र सर्वगुण युक्त हुन्छन् । विज्ञान अलौकिक शक्तिमा विश्वास गर्दैन । यसले यो ब्रम्हाण्डमा कुनै कुरा स्थायी छ भन्ने विश्वास गर्दैन । सबै कुरा परिवर्तनशील छ, परिवर्तन मात्र स्थायी छ र यो परिवर्तनको नियमलाई वैज्ञानिक सोधद्वारा अध्ययन गर्न सकिन्छ । विज्ञान ले कुनै अलौकिक शक्ति जस्तै भगवान, परि, दैव, दानव, बोक्सी र आत्मा हुन्छ भन्ने मान्यता ग्रहण गर्दैन (त्यसरी नै यसले आत्माको…
बिर्तामोड, १२ भदौ । झापाको मेचीनगर नगरपालिका–६ बाट अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको करिब २ लाख बराबरको औषधि बरामद भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार राति ९ः१५ बजे विभिन्न किसिमका दुई कार्टुन औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गस्तिमा रहेको प्रहरी टोलीलाई देख्नासाथ औषधि ल्याउँदै गरेको मानिस औषधि छाडेर फरार भएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जानएको छ ।
बनियानी, १२ भदौ । झापाका ३ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागु औषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार मोरङको बेलवारी नगरपालिका–३ का २४ वर्षीय सन्तोष खड्का र १९ वर्षीय सोनाम लिम्बुलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित मेचीनगर–६ भन्सार गेटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी, सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार नै मेचीनगर नगरपालिका–७ गैह्रीगाउँबाट बेलवारी नगरपालिका–३ का १९ बर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउ सुगरसहित पक्राउ गरेको छ भने सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले राति ८ः३० बजे बिर्तामोड नगरपालिका–५ बाट हल्दिवारी गाउँपालिका–१ घर भई…