
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, १० असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका(३ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दिउँसो सवा १२ बजे पथरी शनिश्चरे नगरपालिका(३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रतुवामाई नगरपालिका(१० का ४६ बर्षीय बिमल न्यौपाने घाईते भई उपचारको लागि पथरी अस्पताल लगएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, १० असोज । मोरङको लेटाङ नगरपालिका(२ हाटखोलाका ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको भनी स्थानीयवासीले जानकारी गराए पछी ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौं, १० असोज । मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले राजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसिया रोजगारी खुलाउने तयारी सुरु गरेसँगै मानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको छ । मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या त्रमशः बढ्दै गएर १ लाखभन्दा बढी भएको हो । अझ पहिलो पटक जाने नयाँ युवाको संख्या हेर्ने हो भने २ लाखको हाराहारीमा पुग्ने सरोकारवालाहरुले बताएका छन् । विगत लामो समयदेखि मलेसिया खुल्ने आशामा जीएसजी नेपालमा प्रक्रियाका लागि आवेदन दिएका युवा संख्या १ लाख पुगेको छ । आजको…
सुनसरी, १० असोज । सुनसरीको दुहवी नगरपालिका–७ भलुवाबाट १ केजी गाँजा सहित स्थानीय ६५ बर्षीय हकिम पासवानलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बिहिवार राती ८ बजे ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले पासवानको घर खान तलासी गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको अवस्थामा १ केजी गाँजा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
एउटा २४/२५ वर्षको नवयुवक । देशमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले शुरु गरेको सशस्त्र जनयुद्ध । अझ त्यसमाथि पनि समूह बनाएर वित्तीय क्षेत्रमा लाग्ने काम, त्यसबेला चानचुने कुरा थिएन । समाजले सहकारीको उद्देश्य, मर्म र भावना समेत नबुझेको अवस्थामा गाउँघरका साहु–महाजनले लिने चकोर् ब्याजको विकल्पमा सहकारीको परिकल्पना गर्ने त्यसबेलाका ती नवयुवकको इमान्दारी, धैर्य र जिम्मेवारीका कारण उनी आज मुलुकमा अब्बल सहकारी अभियन्ताका रूपमा स्थापित भएका छन् । २०५२ सालमा उनकै पहलमा स्थापना भएको सहकारी यतिबेला देशकै ठूलो र उत्कृष्ट सहकारी संस्था बनेको छ । २५ वर्षको उमेरमा सहकारीको परिकल्पना गरेर निरन्तर २६ वर्ष एउटै रफ्तारमा काम गर्ने ती नवयुवक हुन्— सहारा नेपाल (साकोस)का कार्यकारी प्रमुख…
झापा, १० असोज । चाडपर्व नजिकिएसँगै झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ । तर, नेपाली बजार सुनसान छन् । अन्य समयको तुलनामा बढी कारोबार हुनुपनेर् यो समयमा व्यापार सामान्य मात्रै भएको स्थानीय व्यापारी बताउँछन् । झापाका प्रमुख बजारहरु सुनसान हुँदा नजिक रहेका गलगलिया र पानीट्यांकीमा भने खुट्टा टेक्ने ठाउँ छैन । सबै पसल भरिभराउ छन् । पसल सञ्चालक टुसुक्क बस्न पाउँदैनन् । किन्ने ग्राहक भने सबै नेपाली नै छन् । नेपाली बजार भन्दा खाद्यान्न, लत्ताकपडा केही सस्तो हुने भएपछि ती बजारमा नेपाली उपभोक्ताको भीड लागेको हो । दैनिक उपभोग्य वस्तु चिनी, दाल, चामल, तेल, लत्ताकपडा लगायत खरीदका लागि भारतको पानीट्याङ्की, नक्सलबाडी, सिलिगुडी,…
बिर्तामोड, १० असोज । बिर्तामोडको ठूलो व्यापारिक प्रतिष्ठान हनुमान सेन्ट्रलका सञ्चालकले आफूले गरेको सम्झौता कार्यान्वयन नगर्दा यहाँ सञ्चालित लोटस गेमजोन तीन महिनादेखि बन्द भएको छ । बालबालिकाको मनोरञ्जनका लागि हनुमान सेन्ट्रल सञ्चालनको जिम्मेवारी लिएको नवदिप जग्गा विकास कम्पनी प्रालिसँग कानूनी सम्झौता गरेर व्यवसाय सुरु गरे पनि कम्पनीले अहिले सम्झौता विपरीत काम गर्दा आफ्नो लगानी डुब्ने अवस्थामा पुगेको गेमजोनका सञ्चालक बताउँछन् । हनुमान सेन्ट्रलका सञ्चालक रमेशकुमार सरियाको योजना अनुसार त्यहाँ व्यवसाय गनेर् १३ जना व्यवसायीले मिलेर २०७५ असोजबाट करिब ७० लाख रुपैयाँको लागतमा गेमजोन सञ्चालन गरेका थिए । गत वर्षको दशैँको फुलपातिका दिन सरिया र बिर्तामोडमा बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले भव्य रुपमा गेम…
बिर्तामोड, ९ असोज । खराब मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप तत्कालका लागि स्थगित गरिएको छ । यही असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो । निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएका कारण निर्धारित समयमा गोल्डकपका खेलहरु सञ्चालन गर्न असमर्थ रहेको भन्दै आयोजक जायोन स्पोर्टस् क्लबले बिहीबार रंगशालामै पत्रकार सम्मेलन गरेर स्थगित भएको जनाएको हो । आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी गकिए पनि खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नु परेको बताए । मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र…
भद्रपुर, ९ असोज । असोज ३ गतेबाट सुरू भएको प्रथम घेरावारी नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भीमनगर फुटवल क्लब तथा बनियानी युथ क्लब भिड्ने भएका छन् । वडा स्तरीय खेलकुद विकास समिति घेरावारी कचनकवल १ को आयोजनामा अशोज ११ गते समापन हुने गरी सुरू भएको नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भद्रपुर ३ को भिमनगर फुटवल क्लब तथा कचनकवल ४ को बनियानी युथ क्लब भिड्ने भएका हुन् । यस अघि सम्पन्न सेमी फाइनल खेलमा आयोजक घेरावारी क्लवलाई बनियानी युथ क्लबले २ का बिरूद्ध ४ गोल अन्तरले जित्न सफल भएको थियो भने कचनकवल फुटबल क्लवलाई ० का बिरूद्ध ९ गोल गरी भिमनगर फुटवल क्लब…
झापा, ९ असोज । झापाको मेचीनगर नगरपालिका-६ तुर्केनीबाट अन्दाजी १ लाख बराबरको पटकाजन्य बिष्फोटक पदार्थ बरामद भएको छ । आज बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याएको ४ कार्टुन बिभिन्न किसिमका पटकाहरु बरामद गरेको हो । यसैगरी कन्काई नगरपालिका(५ सुरुङगाबाट अन्दाजी ७० हजार बराबरको २९ बण्डल पटका बरामद भएको छ । बिहान १० बजे बिर्तामोडबाट सुरुङगा तर्फ आउँदै गरेको मे १ ख १७१२ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा लुकाई छिपाई ल्याउँदै गरेको पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।