
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ३ भदौ । निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ । चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फण्डीङ’को प्रस्ताव ल्याइएको आयोगले जनाएको छ । राज्यले चुनावका बेला दललाई अनुदान दिनुपर्ने विषय पहिलेदेखिनै उठ्दै आएको भएपनि आयोगले यसलाई आफ्नो तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा पहिलोपटक समेटेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं, ३ भदौ । ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रुपमै आर्थिक चलखेलको जोखिम बढ्नेगरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको छ । यसबाट विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरुले आफ्नो स्वर्थअनुरुप काम गर्ने ठेकेदारलाई बिनाप्रतिस्पर्धा ठेक्का दिएर कमिसन खाने वैधानिक बाटो खुल्ने आशंका बढेको छ । पञ्चायतकालदेखि २०५८ सालसम्म विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरुले नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल (एनसिसिएन) मार्फत ठूला भौतिक संरचना निर्माणको काम बिना प्रतिस्पर्धा आफू नजिकका ठेकेदारलाई दिएरु गैरकानुनी कमाई गर्ने गरेका थिए । प्रधावशाली मन्त्रीहरुको प्रस्तावमा सरकारी ठेक्कामा काननुी रुपमै कमाउधन्दा चलाउन झन्डै २० वर्षदेखि त्यस्तै प्रकृतिको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ ब्युँताएको स्रोतले जनाएको छ । आजको…
काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं, ३ भदौ । परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने भएको छ । बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । दुई दिने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको प्रतिनिधिमण्डल आज काठमाडौँ आउँदैछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं, १४ भदौ । बेलायती नागरिक डोना स्मिथले फर्जी कागजात बनाएर बेलायत लैजान खोजेको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको रहस्य खुलेको छ । तराई मुलकी सञ्जीवनी बर्थिङ सेन्टर हुँदै थापाथलीस्थित प्रसूतिगृहमा शिशुलाई जन्म दिएकी थिइन् । सेन्टरकी सञ्चालक एवं स्टाफ नर्स निर्मला मगरले गर्भपतन गराउन प्रसुतिगृह पठाएकी थिइन् । प्रहरीले मगरलाई पक्राउ गरिसकेको छ । त्यसअघि स्मिथलाई आठ हजार पाउन्डमा शिशु बिक्री गर्ने नेपाल बाल कल्याण समितिका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काठमाडौं, ३ भदौ । सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ । नेताहरुले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् । साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समिकरण निर्माण भएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
झापा, २ भदौ । झापाको दमक नगरपालिका–३ बेलडाँगी २ सेक्टर न. ई १ हर्ट नं. २ शिविरमा बस्ने नरबहादुर मगरको छोरा वर्ष १४ को ओषिष मगर पोखरीमा मृत अवस्थामा फेला परेका छन । आइतबार साँझ ५ बजेको समयमा घरबाट हिँडेका ओषिषलाई आज बिहाँन साढे ७ बजेको समयमा दमक नगरपालिका–३ हुम्से दुम्से सामुदायिक बनका कर्मचारीले जंगलमा खनेर बनाइएको पोखरीमा ओषिष मगरको शव डुबी रहेको अवस्थामा फेला परेका थिए । घटनाबारेमा अस्थायी प्रहरी चौकी बेलडागीमा जानकारी गराउनासाथ प्रहरीको टोली खटिगएको थियो भने आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाको लागी इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।
सुनसरी, २ भदौ । सुनसरीको धरान उप(महानगरपालिका–८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषधसहित २ पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आइतबार राति १२ बजेको समयमा इटहरीबाट धरानतर्फ आउदै गरेको को.२च. १०२१ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा धरान–१५ बस्ने बर्ष ३९ को रुभिन श्रेष्ठ र उक्त कारमा सवार धरान–२ बस्ने वर्ष ५६ को बनबरिलाल शर्माले लुकाइ–छिपाई ल्याउदै गरेको अवैध लागुऔषध लाईलेक्स(२८ बोतल फेला पारेको थियो । लागुऔषधसहित पक्राउ परेका दुबैजना र कारलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, २ भदौ । क्रसर उद्योगलाई व्यवस्थित र मानवीय जोखिम कम गर्न सरकारले बनाएको निदेर्शिका लागू नहुँदा झापाका क्रसर उद्योग वषौर्ंदेखि मापदण्डविपरीत सञ्चालन भइरहेका छन् । निदेर्शिका पालना गर्न व्यवसायीले त तदारुकता देखाएनन् नै यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले समेत ध्यान दिएको छैन । क्रसर उद्योग २०७२ सालदेखि नवीकरणसमेत भएका छैनन् । मापदण्ड नपुगेको भन्दै घरेलु तथा साना उद्योग विभागको २०७०÷६÷१५ मा औद्योगिक व्यवसाय ऐन २०४९ को दफा २५ बमोजिम क्रसर उद्योगको नवीकरण रोकिएको छ । नवीकरण नभए पनि क्रसर उद्योग निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । झापामा रहेका १२ वटा क्रसर उद्योगमध्ये कुनैको पनि मापदण्ड नपुगेको घरेलु तथा साना उद्योगले जनाएको छ । धेरै क्रसर…
एउटी महिला । अझ त्यसमाथि राजनीतिमा सक्रिय हुनु त्यसबेला चानचुने कुरा थिएन । समाजले राजनीतिमा महिलाको उपस्थितिलाई हेनेर् दृष्टिकोण बदलिने कुनै संकेतसम्म देखेकी थिइनन् उनले । परम्परागत सोचाइको साँघुरो घेरामा समेटिएको समाजलाई उनले चुनौति दिने आँट गरिन् र होमिइन्– राजनीतिमा । मुलुकमा राजतन्त्र विरुद्धको आन्दोलन चरम उत्कर्षमा पुगेको बेला पार्टीले बोकेको संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्रको मूल एजेण्डालाई संस्थागत गदैर् परिवर्तनकारी दबाबमा आफूलाई जोगाउन हम्मे–हम्मे हुन्थ्यो त्यो बेला । राजतन्त्रविरोधीलाई छक्याएर संगठन निर्माण गदैर् हिंड्नु खुकुरीको धारमा ज्यान राख्नुजस्तै थियो, उनका लागि कुनै बेला । तर, रातदिन उनले त्यसको कुनै परवाह गरिनन् । कहिल्यै उनका पाइला रोकिएनन् । एउटा अनन्त यात्रामा उनका अगाडि समय मात्रै त्यस्तो साक्षी थियो, जसले…