
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३१ साउन । आधुनिकताले लोकसंस्कृति, सभ्यता र रहनसहन लोप हुँदै गएको भन्दै बिर्तामोडमा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ । पछिल्लो पुस्तामा आजभन्दा अघिल्ला पुस्ताका सीप, कला तथा संस्कृति हराउँदै गएपछि बिर्तामोडको देवी माविले विद्यालय प्रांगणमा भव्य कार्यक्रम गरेर सीप जोगाउने प्रयत्न गरेको हो । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार यो कार्यक्रम पहिलेका पुस्ताले पछिल्लो पुस्तामा सीप हस्तान्तरण्न गर्ने अवसर हो । ‘पुराना संस्कार र संस्कृति जोगाएर राख्नुपर्ने रहेछ भन्ने कुरा यो कार्यक्रमबाट विद्यार्थीले सिक्नेछन्’, श्रेष्ठले भनिन्, ‘यो पनि पढाइ र सिकाइको एउटा माध्यम हो ।’ प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा मुकुन्दकुमारी…
सुरुङ्गा, ३१ साउन । झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् । डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि अहिले बिरामीलाई अस्पताल भित्र झुल टाँगेर राखिएको छ । लामखुट्टेबाट जोगाउन बिरामीलाई झुल टाँगेर उपचार शुरु गरिएको लाइफलाइन अस्पतालमा कार्यरत डा खुश्वु प्रियाले बताउनुभयो । उहाँले भन्नुभयो, “डेङ्गुका बिरामीलाई टोकेको लामखुट्टेले अरुलाई नटोकोस् र डेङ्गु नसरोस् भनेर झुल टाँगेर अपचार शुरु गरेका हौँ ।” डा प्रियाले…
बिर्तामोड, ३१ साउन । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर छन् । दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो । तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको खुलेको छ । प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका…
काठमाडौँ, ३१ साउन । ‘पाइटल प्रोजेक्ट’का रूपमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको आठ महिनापछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक पारित गरेको छ । सरकारले पाँचथरबाट परिचयपत्र वितरण सुरु गरेको थियो । गत मङ्सिरबाटै परिचयपत्र वितरण सुरु गरे पनि कानुन भने भर्खरै प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो । समितिको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ । प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय सभामा पेस हुनेछ । विधेयक दुवै सदनबाट पारित भएपछि प्रमाणीकरण भई कार्यान्वयनमा आउने छ । समितिको पारित प्रतिवेदनअनुसार हाल परिचयपत्र वितरणका सम्बन्धमा भइरहेका सम्पूर्ण कामकारबाही पारित कानुनले ग्रहण गर्नेछ…
काठमाडौं, ३१ साउन । राष्ट्रिय जनता पार्टीले संघीय संसद्मा ६ महिनादेखि तराई–मधेस र थारुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ । यही विषयलाई गत महिना तीन साता प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । सरकार भने अझै प्रतिवेदन सार्वजनिक गर्न तयार छैन । किन त ? प्रतिवेदनले सरकारप्रति गम्भीर आरोप लगाउनुलाई यसको कारण मानिएको छ । गिरीशचन्द्र लाल अध्यक्ष रहेको जाँचबुझ आयोगले २०७२ साउनदेखि झण्डै ६ महिना चालेको तराई–मधेस र थाहरुहट आन्दोलनमा सत्तापक्षबाट गैरन्यायिक हत्या भएको निष्कर्षसहित प्रतिवेदन तयार गरिएको छ । आन्दोलन चलेका बेला सुशील कोइराला र केपी शर्मा ओली प्रधानमन्त्री थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
कालिकोट, ३१ साउन । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फोट गराउँदै उनीहरुले आफ्नो प्रमुख निशानामा राखेका हुन् । बुधबार पचालझरना गाउँपालिकाको विषेश गाउँसभालाई सम्बोधन गदै गर्दा विप्लव समुहले दुई वटा बम विस्फोट गरे । कार्यक्रम स्थल भन्दा दुई सय मिटर नजिकै विप्लव समुहले बम विस्फोट गरेका हुन् । गाउँसभा सम्पन्न गरी आफनो गृहगाउँमा वास बसेर रास्कोटको एउटा कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका मुख्यमन्त्री शाहीसंगै कर्णाली प्रदेश…
काठमाडौँ, ३१ साउन । जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ? सिरहामा यस्तै भएको छ, नागरिकता लिन वडा कार्यालय पुगेका एक सेवाग्राही सहज सेवाको साटो वडाअध्यक्षबाटै कुटिएका छन् । सिरहा नगरपालिका १८ तारापट्टी कुर्मी टोलका २५ वर्षीय मनोजकुमार रायलाई उनकै वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूले कुटपिट गरेको हो । वडाभित्र तारापट्टीमा सिँचाइ बोरिङको उपभोक्ता समिति निर्माण गर्न असार २५ गते बुबा रामसेवा रायको सक्कल नागरिकता प्राणपत्र वडाध्यक्षलाई जिम्मा दिइएको थियो । त्यही नागरिकता फिर्ता लिन साउन २८ गते दिउँसो वडा कार्यालय पुगेका मनोजमाथि वडाध्यक्षबाट कुटपिट भएको…
उर्लाबारी, ३१ साउन । मोरङको उर्लाबारीमा एकजना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई यही साउन २४ गते साँझ उर्लाबारी–६ स्थित निर्माणाधिन बस पार्क पूर्व मावा नदीको डिलमा बलात्कार गरिएको हो । किशोरीमाथि बलात्कार गरेको अभियोगमा उर्लाबारी–६ का १९ वर्षिय ज्ञानु राईलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त राईविरुद्ध पहरीले जर्बजस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाएको छ । बलात्कृत किशोरीको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईले जानकारी दिए । त्यसैगरी उर्लाबारी–२ का ३६ बर्षिय कुमार राईले सोही ठाउँका ४५ बर्षिय दशैं दनुवारलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । खुकुरी…
उर्लाबारी, ३१ साउन । मोरङ मधुमल्लाका १९ वर्षीय अनिश कार्कीको रहस्यमय मृत्यु भएको तीन साता बितेपनि घटनाको सत्य तथ्य बाहिर आउन सकेको छैन । त्यस घटनासँग जोडिएका तीनजना किशोरलाई प्रहरीले पक्राउ गरेको थियो । तर, प्रमाण नपुगेपछि प्रहरीले उनीहरुलाई छाडेको छ । अनिशका आफन्तले बिहीबार उर्लाबारीस्थित सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी प्रहरीले त्यस घटनाका बिषयमा गहिरो अनुसन्धान नगरेको आरोप लगाएका छन् । अनिशकी ठूलीआमा समिक्षा भण्डारीले प्रहरीले घटनाको फितलो अनुन्धान गरेको र गतिलो प्रमाण पेश गर्न नसकेको आरोप लगाइन् । उनले घटनाको निश्पक्ष अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन प्रशासनसँग अनुरोध गरेकी छन् । अनिशका बुबा तेजबहादुर कार्कीले घटनाको बास्तविकता बाहिर…
बिर्तामोड, ३१ साउन । भारतीय गोखाृ भूपू सैनिक संघ झापाले ७३औँ स्वतन्त्रता दिवस तथा चौथो वार्षिक साधारण सभा समपन्न गरेको छ । बिहीबार बीएण्डबी होटल बिर्तामोडको सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान गरेको हो । संघका अध्यक्ष डिकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिर्तामोड नपाका ५ नम्बरका वडाध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिर्तामोड नपा वडा नं. १० का वडाध्यक्ष दूर्योधन गुरुङ, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, संघका सल्लाहकार मेजर श्याम गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा भूपू सैनिकका परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ३ जनालाई पुरस्कृत गरिएको…