झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २८ साउन । भारतका विभिन्न सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) नपाएर हैरान भएका छन् । प्रधानमन्त्री तहमा भारतले एक वर्षअघि नै सहमति जनाए पनि अहिलेसम्म नेपाली विद्यार्थी स्टाइपेन्ड पाएका छैनन् । चिकित्साशास्त्रअन्तर्गत एमडी/एमएस, डीएम/एमसीएच अध्ययन गर्ने विद्यार्थीलाई मासिक निर्वाहभत्ता (स्टाइपेन्ड) दिने विश्वव्यापी प्रचलन छ र नेपालमा पढ्ने भारतीय विद्यार्थीले पनि मासिक रुपमा त्यस्तो पत्ता पाइरहेका छन् । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (उम्स), चन्डीगढको पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पीजीआईएमईआर) र पेन्डीचरीको जवाहरलाल इन्स्टिच्युट अफ पोस्ट ग्य्राजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च (जेआईपीएमइआर) मा गरी १५० भन्दा बढी विद्यार्थी अध्ययनरत…

Read More

काठमाडौँ, २८ साउन । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको समान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउन थाल्यो । २०७६ सालसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आएको रेल केरुङ हुँदै काठमाडौँ ल्याउने बताइरहेका छन् । प्रधानमन्त्रीको कुरा सुन्दा महिना होइन केही दिनभित्र चिनियाँ रेल नेपाल आइहाल्छ जस्तो लाग्छ । तर, केरुङ–काठमाडौँ रेलमार्गको अहिलेसम्म सम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन । सम्भाव्यता अध्ययनअघि प्राविधिक अध्ययन प्रतिवेदन चाहिन्छ । चीनको नेसनल रेलवे अथोरिटी अफ चाइनाले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई २०७५ मंसिरमा बुझाइसकेको छ । उक्त प्रतिवेदनले काठमाडौँ–केरुङ रेलमार्गको दुरी करिब ८० किलोमिटर हुने र निर्माण गर्न…

Read More

काठमाडौं, २८ साउन । देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् । राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् । विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व छली हुँदै आएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार मुलुकको सबैभन्दा ठूलो भन्सार नाका वीरगन्जबाट ८९ अर्ब ८० करोड ५७ लाख १३ हजार राजस्व उठेको छ । जब कि सो भन्सार नाकाबाट राजस्व उठाउने लक्ष्य भने ९६ अर्ब ७६ करोड २५ लाख ४६…

Read More

काठमाडौं, २८ साउन । सरकारले मलेसियालगातका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्नसक्ने अवस्थामा देखिएका छन् । सरकारले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि भन्दै सुरु गरेको विभिन्न प्रावधानका कारण वैदेशिक रोजगारीको क्षेत्र सुस्त बन्दै गएको छ । यसैको प्रभावस्वरुप मुलुकबाट वैदेशिक रोजगारीमा जाने कामदारमात्रै घटेका छैनन्, स्थानीय म्यानपावर एजेन्सीहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् । सरकारले भने म्यानपावर कम्पनीको संख्या बढी भएको भन्दै विभिन्न प्रावधान ल्याएर कडाइ गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा मुलुकका १…

Read More

काठमाडौँ, २८ साउन । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए। प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे। केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। केही समयदेखि बिग्रिएको भनिएको ओली–गौतम सम्बन्ध सुमधुर बन्न थालेको अड्कल गर्न थालिएको छ। नेता गौतमका अलावा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र…

Read More

उदयपुर, २८ साउन । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकलमा सवार रहेका सिराहाको भगवानपुर गाउँपालिका–२ का २० बर्षीय मुकेश कुमार यादव र २३ बर्षीय रमेश कुमार महतोलाई फेनारगन १०० एम्पुल, नोर्फिन १०० एम्पुल, डाईजोल्याप १०० एम्पुल र नगद ७२३० सहित सोमवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ, २७ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिन्छ, पदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रुकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरुले विगतमा झै ‘जनसरकार’ खडा गरेका छन् । प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन् । जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् । ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन,’ रोल्पाका एक जनप्रतिनिधिले भने,‘यही गाउँमा बस्नु छ । हुँदैन, गर्न सकिने सकिँदैन भन्ने अवस्था छैन ।’ आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

Read More

झापा, २७ साउन । नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ । गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो । गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ । अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ । आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

Read More

झापा, २७ साउन । गत आर्थिक वर्ष २०७५÷०७६ मा झापाबाट करिब ११ हजार युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् । दुबई, साउदी, मलेसिया, बहराइन लगायतका मुलुकमा १० हजार ९ सय २८ युवा रोजगारीका लागि त्यहाँ पुगेका हुन् । रोजगारको खोजीमा विदेशिने जिल्लाहरुमध्ये झापामा तेस्रो स्थानमा परेको छ । अघिल्लो‌ वर्ष चौ‌ंथो‌ स्थानमा र‌हे‌को‌ झापाबाट १५ हजार‌ ५११ जना वै‌दे‌शिक र‌ो‌जगार‌ीमा गएका थिए । गत आर्थिक वर्षमा ने‌पालको‌ धनुषा जिल्लाबाट सबै‌भन्दा धे‌र‌ै‌ व्यक्ति कामका लागि विदे‌श गएका छन् । एक वर्षमा यस जिल्लाका १३ हजार‌ ७ सय २३ जना नयाँ श्रम स्वीकृति लिएर‌ वै‌दे‌शिक र‌ो‌जगार‌ीमा गएका हुन् । अघिल्लो‌ वर्षमा पनि धनुषा…

Read More