झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २७ साउन । स्वास्थ्य परीक्षण पछि सिंगापुरबाट आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको बताएका छन् । स्वदेश फर्किएको करिब दुई घण्टापछि ट्विटरमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । उनले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्‍य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली सोमबार दिउँसो स्वदेश आइपुगेका हुन् ।

Read More

विश्वभर सोमबार मुसलमान धर्मावलम्बीको महान वर्प इद अल अजहाको रौनक छ। इद अल अजहाको अरबी भाषामा अर्थ हुन्छ ‘बलिदानको पर्व’। मुसलमानको यस पवित्र पर्वलाई त्याग र बलिदानको रुपमा मनाइन्छ। मुसलमान धर्म मान्नेहरुले आजको दिनमा केही न केही बलि चढाउँछन्। मुसलमान धर्मग्रन्थअनुसार पगेम्बर इब्राहिमले हल्लाहको आदेशमा आफ्ना छोरालाई बलिदान दिएका थिए। वर्तमान विश्वमा आफ्ना सन्तानलाई कसैले बलि दिँदैनन्। तयसैले मानिसहरु बाख्रा, खसीलाई अल्लाहको नाममा बलि चढाउने गर्दछन् । अल्लाहको नाममा बलि चढाउनु पर्ने भएपछि धेरै बाख्रा तथा खसीहरु बेचबिखनका लागि बजारमा राख्ने गरिन्छ। भारतमा यसै सिलसिलामा एक बाख्रा बेच्न राखिएको थियो। रोचक विषय के भने त्यस बाख्राको नाम सलमान खान राखिएको…

Read More

दमक, २७ साउन । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। विप्लव समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायतका विभिन्न स्थानमा एनसेलका टावरमा आगजानी तथा विष्फोट गराएको भन्दै विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो। सोमबार बिहान विर्तामोड नगरपालिकाको सयुंक्त वडा कार्यालय ९७, ८ र ९०मा समेत बम विष्फोट भएको छ। विष्फोटको जिम्मा कसैले नलिए पनि विप्लव समूहले नै विष्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय…

Read More

सान नेपाल तत्कालीन राजा बिरेन्द्रले २०४६ सालमा बहुदलीय व्यवस्था घोषणा गरिदिए । सबले भने हाम्रा महान राजा । दुरदर्शिता भएका राजा । जनताको भावना बुझेका राजा । कती दानी राजा । कती प्यारा राजा । समय लम्बिदै गयो । राजाको संबैधानिक उपस्थिति कांग्रेसलाई आत्मीय लाग्यो र एमालेलाई निकै पबित्र लाग्यो । नेताहरूले भाषण ठोके हाइ हाइ राजा भने । प्रष्ट रूपमा राजावादी देखिएका दलहरूले जनता बाट राम्रै हाइ हाइ पाए । संसदमा बलियो उपस्थिति समेत देखाए । श्रीपेचले जनतालाई शक्तिशाली बनाइदियो । दुरदर्शिताका अनुपम उदाहरण मानिएका राजा महेन्द्रले बनाइदिएको १४ अञ्चल ७५ जिल्ला र ५ बिकास क्षेत्रलाई सबैले आत्मसात गरेरै…

Read More

काठमाडौँ, २७ साउन । सरकारले कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्किन कडाई गरेको छ । कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राहीहरु मर्कामा परेको र चा“डै हुने काम गर्न दुई तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाई गरेको हो । कार्यालय समयमा कर्मचारी बाहिर निस्किदा प्रत्येक महाशाखा र विभागमा अनिवार्य रुपमा लगबुक भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । कार्य सम्पादन सम्झौतालाई कार्यान्वयनमा ल्याउन निर्देशनसंगै सोको पालना गर्न र गराउने बाध्यात्मक अवस्था उत्पन्न भएको प्रवक्ता भुपाल बरालको भनाइ छ । उनका अनुसार सेवाप्रवाह चुस्त बनाउन र जवाफदेहीता बढाउन हरेक महिना…

Read More

झापा, २७ साउन । नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ । गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो । गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ । अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ । आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २७ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिन्छ, पदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रुकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरुले विगतमा झै ‘जनसरकार’ खडा गरेका छन् । प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन् । जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् । ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन,’ रोल्पाका एक जनप्रतिनिधिले भने,‘यही गाउँमा बस्नु छ । हुँदैन, गर्न सकिने सकिँदैन भन्ने अवस्था छैन ।’ आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २७ साउन । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको दबाबमा सहकारी संस्थाको ऋणमा ब्याजदरको सीमा उच्च बनाइएको पाइएको छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ ले गरेको व्यवस्थाअनुसार सहकारीको ऋणको सन्दर्भ ब्याजदर १४।७२ प्रतिशत कायम भएको थियो । तर, महासंघले उक्त ब्याजदर व्यावहारिक नहुने भन्दै बढाउन दबाब दिएपछि सहकारी विभागले १६ प्रतिशत निर्धारण गरी आईतबार लागू गरिसकेको छ । ब्याजदरको सीमा बढाउनकै लागि महासंघले बजारमा चलेको औषत दरभन्दा उच्चदर कायम गर्न सुझाव गरेको थियो । महासंघले विभागमा पठाएको सुझावमा सहकारीको ऋणमा १७.५ प्रतिशत सन्दर्भ ब्याजदर कायम गर्न सुझाव दिएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २७ साउन । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो । दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ । ‘उपभोग्य वस्तु लगायत पशु आहारा ढुटो, दाना चोकर र कृषि श्रमिकको मूल्य वर्षेनि निरन्तर रुपमा बढ्ने तर दूधको मूल्य लामोसमयदेखि नबढ्दा किसानको उत्पादन लागत उठ्नै छाडेको छ,’ संघका…

Read More

झापा, २७ साउन । बिर्तामोड नगरपालिका अन्तरगत रहेको तीन वटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ । बिर्तामोड–९ स्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालय भवनबाहिर सोमबार बिहान साढे चार बजे प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ । कार्यालय भवनको भित्ता, ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको हो । ‘भवन आसपासमा विस्फोट भएजस्तै ठूलो आवाज आएपछि तत्काल घटनास्थलतर्फ अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएका प्रहरी…

Read More