
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ८ भदौ । स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन् । सदरमुकामबाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो । स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझिरहेको पाइएको छ । यहाँका स्थानीय तहका अधिकाश कर्मचारी त्यँहा छैनन् । विभिन्न बहानामा उनीहरु जिल्ला बाहिर बस्ने गरेका छन् । तर उनीहरु कार्यालयमा उपस्थित नै नभई तलब भत्ता भने नियमित बुझिरहेका छन् । राज्यले तोकेको तहमा खटाइएका कर्मचारीले हिजोआज सदरमुकाममै बसेर हाजिरी गर्दै आएका हुन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
झापा, ८ भदौ । गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो पर्यटकीय हब नै हो । सरकारले पर्यटकलाई प्राथमिकता दिएर ५ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष(२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटन भित्राउने उसको लक्ष्य छ । तर आन्तरिक पर्यटन वर्षको ६ महिना बित्दापनि कुनै पर्यटन मन्त्रालयले कुनै ठोस योजना ल्याएको छैन । नेपाल भ्रमणवर्ष संघीय सरकारकै लक्ष्य भएपनि अहिलेसम्म प्रदेश सरकारसँग कुनै सहकार्य नरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रालयले जनाएको छ । सरकार नीतिमै…
झापा, ८ भदौ । करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उनको अवस्था सामान्य रहेको जानकारी दिए । डा। शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ । ‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले राजधानीसँग भने । प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका…
झापा, ८ भदौ । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो। महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत…
काठमाडौँ, ८ भदौ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छिमेकी भारतसँग तत्काल कुराकानी गरेर सीमास्तम्भ पुनःस्थापित गर्न र मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन दिएको छ । भारतले सीमानामा बनाउन लागेको सडक एवं तटबन्धका कारण नदीहरुको प्राकृति बहाव रोकिने र बाढीको खतरा झनै बढ्ने बिवरण पेश गर्दै सांसदहरुले तत्काल वार्ता थाल्न आग्रह गरेपछि समितिले ५ बुँदे निर्देशन दिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
विराटनगर, ८ भदौ । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए । प्रदेश सरकारले समेत यस विमानस्थलाई उच्च प्राथमिकतामा राखेको थियो । तर डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चर्यचकित भएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
बग्दाद, ७ भदौ (एजेन्सी) । इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन्। इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ। इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका मोटासाइकलमा जडान गरिएको बम विस्फोट गराइएको सिन्ह्वाले जनाएको छ। यस विस्फोटबाट कैयौं पसल, भवन र नजिकै रहेका सवारी साधनहरु ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्। तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स…
झापा, ७ भदौ । भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ। शनिबार दिउँसो १२ बजेर ७ मिनेट जाँदा उनको अखिल भरतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारकै क्रममा ६६ वर्षको उमेरमा निधन भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार जेटलीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अगष्ट ९ तारिखदेखि एम्समा भर्ना गरिएको थियो। उनी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको अघिल्लो सरकरमा अर्थमन्त्री थिए।
सुरुङ्गा, ७ भदौ । झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुका ५६ बर्षिय चानक उप्रेती विगत ४ बर्षदेखि क्यान्सर रोगले थलिनुभएको छ । नेपाल बैँकको सुरुङ्गा साखामा राम्रै पोष्टमा काम गर्दै आउनुभएका चानक आफु बिरामी भएपछि भएको जागिर मात्रै गुमाउनु भएन हालसम्म उपचारका लागि ७० लाख रुपैँया खर्च गरिसक्नुभएको छ । हाल आफ्नो स्वास्थ्यमा सुधार भैसकेको भएपनि अव कम्तीमा २० लाख रुपैँया भएमा आफु पुरा जिवन वाच्ने आशा भएको उप्रेतीले बताउनुभयो । अव मलाई खाद्य नलिको क्यान्सरका लागि केमु चडाउनु पर्छ । भारतको डिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएका उप्रेतीले भन्नुभयो आजसम्म आफ्नो भएभरको जाय जेथा वेचेर तथा आफन्तसग ऋण तथा…
चन्द्रकला भण्डारीझापा, ७ भदौ । लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले झापामा ‘कपडा बैंक’ स्थापना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरीब परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ । सामाजिक कल्याणकारी सोच राखेर झापामा यस्ता ‘कपडा बैंक’ यसै साता तीन ठाउँमा सञ्चालनमा आएका छन् । विर्तामोड, दमक र भद्रपुर नगरपालिकामा खुलेका यी बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ । सामाजिक सेवामा क्रियाशील रोटरी क्लब, लायन्स क्लबलगायतका सङ्घ संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । भद्रपुरमा तीन दिनअघि र दमकमा एक सातादेखि खुलेको…