झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ७ भदौ । पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिर्वतन गरी अहिले अभियन्ता बनेकी छन् । विमलाको अहिले पाँच महिनाको छोरो छ । बालबिबाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन् । यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका छन् । केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे । हिजो आज त्रिवेणीको वडा ७ गौरीगाउँमा मात्रै डेढ दर्जन चर्च मण्डली छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ७ भदौ । अस्मिता र शालिकरामबीचको कुराकानीमा प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकारी देखिँदैनन् । शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ । उनले माघ २९ मा रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ । उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैँ जिस्काउने मान्छेले मलाई धोका दिएकी छ ।’ शुक्रबार मात्र पत्रकार टेकनारायण भट्टराई मार्फत् बाहिरिएको रविको अडियो अन्तरवार्तामा पनि उनले अस्मितासँग युवराज र आफ्नो पहिला कुनै चिनजानी नभएको, फोन र कुनै माध्यमबाट संवाद…

Read More

भद्रपुर, ७ भदौ । झापाको भद्रपुरमा महिला उद्यमीहरुले मकैको परिकार उत्पादन उद्योग सुरू गरेका छन् । नेपाली मैलिक उत्पादनका रूपमा ‘पप क्रो’ नाम दिइएको फूल मकैको परिकार उत्पादन सुरू गरिएको हो । अत्याधुनिक प्रविधिबाट उत्पादन हुने सो परिकार उद्योगमा ७० लाख लगानी गरिएको जनाइएको छ । समृद्ध भद्रपुर नगरका लागि सो उद्योग पनि सहयोगी हुने विश्वास लिएर खोलिएको महिला उद्यमी शर्मिला अधिकारीले बताइन् । सञ्चालक अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उद्योगको औपचारिक उद्घाटन गरिएको छ । नेपाल तथा छिमेकी भारत समेतका लागि बजारीकरणको लक्ष्य बोकेको उद्योगमा आधा दर्जन बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने छन् ।…

Read More

सन्तोष शर्माअहिले देश एउटा विषयले तातेको छ । त्यो हो– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्नु । लामिछानेलाई बिनाकारण पक्राउ गरेर फसाउन खोजको भन्दै देशभर विरोध भइरहेको छ । विदेशी भूमिमा समेत उनका समर्थकले विरोध गरिरहेका छन् । रविका समर्थक ‘निर्दोषलाई फसाउन लागियो’ भन्दै सडक, सामाजिक सञ्जालमा विरोध गरिरहेका छन्, यो एउटा शुभचिन्तकले आफ्नो विचाराधिनस्त व्यक्तिप्रति गर्ने कार्य हो । सन्तोष शर्मा झापामा पनि ठाउँ–ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् । अहिले बिर्तामोडको मुक्तिचोकमा दिनहुँजसो प्रदर्शन हुन्छ । जिल्लाका अरु क्षेत्रमा पनि भइरहेकै होलान् । मुक्तिचोकबाट हिँड्दै गर्दा एउटा युवाको समूह रविकै समर्थनमा नाराबाजी गर्दै थियो । र, केहीले…

Read More

बनियानी, ६ भदौ । परिवारको सहारा रुपमा रहेको छोरा क्यान्सर रोगबाट थलापरेपछि सहयोगका लागि आमाले अपिल गरेकी छन् । आमा र भाइबहिनीको भरणपोषण गर्दै आउनुभएका भद्रपुर नगरपालिका–८ फुलबारी टोलका २६ वर्षीय किसन दास क्यान्सरले थलापरेपछि उहाँकी आमा सुनिता दासले सहयोगका लागि अपिल गर्नुभएको हो । किसनलाई मलद्वारमा क्यान्सर रोग लागेको छ । बुबाको निधनपछि किसन अध्ययन छाडेर २०७२ सालमा वैदेशिक रोजगारका लागि दुबई जानुभएको थियो । दुबईबाट दुई वर्षपछि फर्किए पुनः दुबई जानुभएका किसन बिरामी परेपछि स्वदेश फर्किनुभयो । चेकजाँचको क्रममा किसनलाई क्यान्सर भएको पत्ता लागेको थियो । किसनको उपचारमा हालसम्म रू १५ लाखभन्दा बढी खर्च भइसकेको उहाँकी आमा सुनिताले…

Read More

बनियानी, ६ भदौ । झापाको बिर्तामोडमा नालामा डुबेर एक महिलाको मृत्यु भएको छ । निर्माणाधीन बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तरगत बिर्तामोड–३ स्थित मेची आँखा अस्पताल नजिकैको नालामा डुबेर बिर्तामोड–१० की ६७ वर्षीया सुमित्रा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीले आज बिहान सडकको छेउको नालामा राईको शव डुबेको अवस्थामा देखेपछि खबर गरेका थिए । ‘मादक पदार्थ सेवन गरेर हिँड्ने क्रममा नालामा लडेर राईको मृत्यु हुन सक्ने प्रारम्भिक अनुमान छ’, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, ‘यही कारणले मृत्यु भएको हो भन्ने पुष्टि भएको छैन, अनुसन्धान भइरहेको छ ।’ सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण…

Read More

गौरादह, ६ भदौ । झापाको मेचीनगरमा बसले साइकललाई ठक्कर दिँदा तीन जना बालक गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–१३ स्थित तेलीबारीमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को. १ ख ७०४८ नम्बरको बसले साइकललाई ठक्कर दिँदा मेचीनगर–१३ का १३ वर्षीय राजबाबु पासवान, सोही स्थानका ११ वर्षीय सुदिप रसाइली र मेचीनगर–१२ का १६ वर्षीय विरेन तामाङ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेका उनीहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पतालामा उपचार भइरहेको कार्यालयले जनाएको छ । बस प्रहरी चौकी चारआलीको नियन्त्रण राखिएको छ भने बस चालक मोरङ बबियाविर्ता–३ का ३८ वर्षीय…

Read More

झापा, ६ भदौ । झापाको बिर्तामोड नगरपालिका–३ बिर्तामोड–भद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० कि ६५ बर्षीया सुमित्रा राईको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा राई नालीमा डुबेर मृत अवस्थामा फेला परेकी थिईन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।

Read More

मोरङ, ६ भदौ । मोरङ बेलबारी–२ लालभित्ति स्थितमा सोहि स्थान बस्ने ३१ बर्षीय दिपेश लिम्बु अचेत अवस्थामा फेला परेका थिए । आज बिहान साढे १० बजे अचेत अवस्थामा फेला परेको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराउन साथ प्रहरी टोली खटि गई लिम्बुलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको पउने १२ बजे मृत्यु भएको भनि डाक्टरले जानकारी गराएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

सन्तोष शर्माबनियानी, ६ भदौ । झापामा जडीबुटी उत्पादन तथा प्रवद्र्धन गर्ने उद्देश्यले छ वटा स्थानीय तहमा जडीबुटी पकेट क्षेत्र निर्धारण गरिएको छ । सरकारको जडीबुटी विकास कार्यक्रम अन्तरगत जिल्लाका कमल गाउँपालिका, भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकामा जडीबुटी पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यक्रम अन्तरगत कमलमा हर्वो, वर्रो, अमला, बेल, भद्रपुरमा सिट्रोनेला, लेमनग्रास, कनकाईमा अश्वगन्धा, सर्पगन्धा, मेचीनगरमा पचौली, रुद्राक्ष, गुर्जा, अर्जुनधारामा पचौली, बेल र बिर्तामोड नगरपालिकामा निमको पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । कृषक, उद्यमी तथा सामुदायिक वनलाई कार्यक्रम अन्तरगत…

Read More