
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, ३० साउन । झापाको मेचीनगरमा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–९ मागुरवाडीका ६० वर्षीय गंगा थपलियाको करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थपलियाको आफ्नै घर पछाडि बारीमा हात्तीबाट जोगिन जोडेको बिजुलीको नाङ्गो तारबाट करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोलीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका झापाले जनाएको छ ।
बिर्तामोड, ३० साउन । असार र साउन महिना किसानको चटारो धानबालीमा हुन्छ । यो मानो खाएर मुरी फलाउने बेला हो । तर, बितामोड–३ की पवित्रादेवी खनालको चिन्ता धानबालीमा छैन । उनका हात चाउरका झार उखेल्न व्यस्त छन् । उनीजस्तै अन्य सातजना महिलाले खुला चउरको झार गोडेको देख्नहरु अचम्ममा पर्छन् । खेतीपातीको यो मौसममा उनीहरुलाई धानबालीको भन्दा बढी पीर चउरको पर्नुको कारण हो, नेपालकै आकर्षक फुटबल मैदान डोमालाल राजवंशी रङ्गशालाको संरक्षण । प्रतियोगिता सकेर अर्को संस्करण सुरु नहुन्जेलसम्म अरुतिरका खेल मैदानलाई संरक्षणमा खासै चासो दिइँदैन । तर, बिर्तामोड–३ बिर्ताबजारमा रहेको सो रङ्गशालाको स्वरुप नबिग्रियोस् भनेर संरक्षण समितिले मध्य बर्खामा समेत बेपर्वाह…
साहित्यकार तथा गीतकार टिका भट्टराई नेपालको शब्दमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ युट्युबमा लोकप्रिय बन्दै गएको छ । गीतमा वरिष्ठ गायक शिशिर योगीको स्वर र संगीत रहेको छ । देव नेपालको निर्देशनमा बनेको म्युजिक भिडियोमा विछोडिनुको पीडालाई समेटिएको छ । गीतकार भट्टराईको निर्माणमा बनेको म्युजिक भिडियोमा ८७ वर्षीय गंगाराम भट्टराईसहित नायक कविर खड्का र एलिशा अधिकारीको अभिनय रहेको छ । ‘साहित्य दर्शन नेपाल’ युट्युब च्यानलमार्फत् म्युजिक भिडियो सार्वजनिक गरिएको छ । झापा सुरुङ्गा निवासी भट्टराई लामो समयदेखि साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएकी छन् । उनी ‘आमाको माया’ शोक काव्य प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेकी हुन् । २०४६ सालमा आमा…
सुनसरी, ३० साउन । सुनसरीको दुहवी नगरपालिका–१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी–५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा रहेको भन्ने स्थानियवासीहरुले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, ३० साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र ९डोरो० बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । पौराणिक कथन सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा…
काठमाडौं, ३० साउन । नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको बैठक असफल हुँदै आएको छ। दुई पार्टी एकीकरण गर्न सहमति जुटाउनुभएका अध्यक्षद्वयबीच स्कुल विभागको जिम्मेवारी बाँडफाँडलाई लिएर अविश्वास र आशंका समेत उत्पन्न भएको छ। नेकपाभित्र स्कुल विभागको प्रमुखको विषयलाई लिएर प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ। अध्यक्ष ओली सचिवालय सदस्य ईश्वर पोखरेलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने अडानमा हुनुहुन्छ भने प्रचण्ड सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने पक्षमा अडानमा रहनुभएको छ। आजको नेपाल…
सानै बाट संगीतमा रुची राख्ने झापा कि नवगायिका बिनिशा लुइटेलको तिजैको रमझम बोलको गित सार्बजनिक भएको छ। उक्त गितमा स्वर बिनिशा लुईटेल र बसन्त सङगम कालाथोकी को रहेको छ। बिनिशा लुइटेलको शब्द रहेको गितमा संगीत शिव हमालको रहेको छ भने अभिनय बिक्रम चौहान र करिश्मा ढकालले गरेका छन।लुइटेलले यस अघिको तिजमा पनि तिज गित सार्बजनिक गरि सकेकी छिन । उनि भन्छिन, ‘आफुलाई दर्शक श्रोता ले अझै धेरै माया र साथ दिए निकट भविष्यमा आफ्नै शब्दमा रहेका दशै तिहारका गित समेत लिएर आउनेछु ।’ शास्त्रीय संगीतको तेस्रो वर्षमा संगीत अध्ययनरत बिनिशा लुइँटेल गायनमा मात्र नभएर शब्द लेखन मा बनि अब्बल छिन…
सान नेपालझापा, ३० साउन । निजी विद्यालयमा पढाउने शिक्षकहरुलार्इ समेत दशै चाड बापत प्राप्त हुने दशैं खर्चको अनिवार्य व्यवस्था गरिनु पर्ने कुरामा सरोकारवाला जोड दिएकाछन् । श्रम ऐनमा व्यवस्था भए बमोजिम दशैं बोनस दिइनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । शिक्षकहरुले खाइपाइ आएको १ महिना तलब बराबरको तलब दशैं खर्चको रूपमा दिनुपर्नेमा उनिहरुले जोड दिएका छन् । निजी क्षेत्रका बिधालयमा अध्यापनरत शिक्षकहरुको छाता संगठन इस्टुका झापा जिल्ला अध्यक्ष होमराज खतिवडा प्याब्सन र एनप्याब्सन संग यसबारेमा सहमति भइसकेको बताउँछन् । हामीले गम्भीरता साथ प्याब्सन र एनप्याब्सन संग कुरा राख्यौं, वहाँहरु सहमत देखिनु भएको छ तर पनि संस्थागत बिधालय सञ्चालकहरु उदासीन देखिनु चिन्ताको…
झापा, ३० साउन । प्रदेश नम्बर १ सरकारको बिहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा सार्वजनिक बिदा हुने भएको हो । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
झापा, ३० साउन । कतारको दोहामा मंगलबार राति नेपालीमाथि सांघातिक आक्रमण भएको छ । दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको दूतावासले जनाएको छ । घाइतेहरुको हमाद अस्पतालमा नै उपचार भइरहेको छ । पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ । घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ । घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त…