
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २२ साउन । भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हो । २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सांसद भएकी थिइन् । उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले श्रदाञ्जली दिएका छन् । मोदीले एक असाधारण नेताको निधनले देश शोकमा रहेको बताएका छन् । भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी…
उर्लाबारी, २२ साउन । दुई साताअघि रहस्यमय तरिकाले मृत्यु भएका मोरङ, मिक्लाजुङ–६ कालिदहका १९ वर्षिय अनिश कार्कीको बुबा तेजबहादुर कार्कीले आफ्नो छोराको मृत्युको विषयमा सत्यतथ्य पत्ता लगाइदिन माग गरेका छन् । ‘मेरो छोरालाई टाउकोमा हानेर मारे । जसले मारेको हो उसलाई हदैसम्मको कारबाही होस्’, आइतबार उनले पत्रकारहरुसँग रूँदै भने । कार्कीले घटनाको दोषीहरुलाई कानुनी कारबाही गर्न माग गरेका हुन् । उनले आफ्नो छोराको नियोजित हत्या बताएको बताए । घटना भएको केहीदिनअघिमात्र छोरा अनिशसँग सम्पर्क भएको उनले बताए । तेजबहादुरकी दुई श्रीमतीमध्ये जेठीपट्टीका एक्ला छोरा हुन् अनिश । सानैदेखि मधुमल्लास्थित मामाघरमा हुर्किएका अनिश विवाहित हुन् । उनी साइकल मेकनिकको काम गर्दैआएका…
काठमाडौं, २२ साउन । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको दवावमा सेवाग्राहीमाथि मर्मत शुल्क लिनसक्ने बाटो खुला गरेको छ । चालू वर्षको आर्थिक विद्येयकमा ल्याइएको इन्टरनेट सेवामा १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क (टीएससी) को विरोधमा उत्रिएका सेवा प्रदायकको आन्दोलनपछि सरकारले यस्तो बाटो खोलिदिएको हो । व्यवसायीले लामो समयदेखि यस्तो शीर्षकमा शुल्क लिँदै आए पनि सरकारले कारबाही गर्न सकेको थिएन । तर, हालै मन्त्रिपरिषद् बैठकले व्यवसायीको अवैध क्रियाकलापको पक्षपोषण गर्दै मर्मतसम्भार शुल्क लिन पाउने व्यवस्था गरेको हो । सेवा शुल्कबाट उपभोक्तालाई मूल्यवृद्धि हुने भएकाले सरकारले व्यवसायीले यो छुट दिएको हो । मर्मतसम्भार शुल्कलाई बैधता दिँदा उपभोक्ता भने प्रत्यक्ष मारमा परेका छन् ।…
काठमाडौं, २२ साउन । भारतले जम्मु कश्मीरलाई दिएको विशेष राज्यको दर्जा खोस्ने निर्णय गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ । ७० वर्षदेखि कश्मीर विवाद संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मीरलाई केन्द्र सरकारमातहत ल्याउने निर्णय गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै कश्मीरीमाथि दमन भए चुप नलाग्ने चेतावनी दिएका छन् । उनले परमाणु हतियार सम्पन्न मुलुकले सकेसम्म खतरा निम्त्याउन नहुने भन्दै भारतीय पक्षबाट चालिने जुनसुकै कदमका लागि जवाफ दिन पाकिस्तान सक्षम रहेको बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
लक्ष्मीप्रसाद कोइराला साँच्चै नै देशको विकास गर्ने हो भने सबैले व्यैक्तिक स्वार्थलाई त्यागी राष्ट्रियस्वार्थलाई सर्वोपरि ठान्नु पर्दछ।आफ्नो हक र अधिकारप्रति सबैले चनाखो र सजग त रहनुपर्छ तर अरुको हनन् गरि कसैले कसैलाई अन्याय गर्नभने पाइदैन । नेपालका पार्टीहरु सरकारमा हुँदा एउटाकुरा गर्ने अनि सरकारबाट बाहिरिदा अर्कोकुरा गर्ने जस्तो दोधारे प्रवृत्तिले हाम्रो नेपाल राम्रो नेपाल भएन।राजनैतिक लाभका लागि सानोतिनो कुराको च्याखेथापेर पार्टीपार्टीबीच सत्ताखेलको जुवारीमात्र धेरै खेलियो।अझै खेल्नपनि सकिन्छ।तर्कका लागि तर्क गर्नपनि सकिन्छ तर तर्क र बहसबिच अन्तर भएको मुख्य कुरो बुझ्दैनौँ अनि त्यो प्रवृत्तिले हाम्रो देश कहाँ पुग्यो?? यो प्रश्नको जवाफदेहि को हो ? कुन पार्टी हो ?? कुन नेता हो…
काठमाडौं, २२ साउन । एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर परेको थियो– केही ठूला पदधारी सरकारी कर्मचारीलाई । उनीहरु सेवा छाड्न विवश भए । यसबारे विधेयक तयार गरेर १३ जेठ २०७१ को मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । ‘ग्लोबलाइजेसनको युगमा यस्ता कुरालाई रोकेर हुन्छ ?’ –प्रतिपक्षले सरकारसमक्ष आक्रोश पोखेको थियो । ‘हामी राष्ट्रप्रति समर्पित हुन्छौं कि हुँदैनौं ? परिवर्तन चाहन्छौं कि चाहँदैनौं ? हाम्रो प्रशासन सुधार हुन्छ कि हुँदैन ? राष्ट्रप्रति गौरवान्वित र जनताप्रति इमानदार र कर्तव्यनिष्ठ हुन्छौं कि हुँदैनौं’…
काठमाडौं, २२ साउन । कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीक आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ । कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिम संस्थापन र इतर पक्षीय गुटले विधानविपरीत प्रादेशिक अन्तरिम संरचना गठनको समझदारी गरी कार्यायोजना तयार गरको हुन् । कांग्रेसले पुरानै संरचनालाई नयाँमा रुपान्तरण गर्ने गरी कार्ययोजना ल्याएको हो । प्रस्तावित कार्ययोजना केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरिनेछ । बैठकले कार्यायोजना पारित गरेपछि नेतृत्वको विवाद नरहेका स्थानमा पुरानै संरचनाले मान्यता पाउने भएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं, २२ साउन । प्रतिनिधिसभामा करिब दुई तिहाइ सांसद रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ । औपचारिक रूपमा सार्वजनिक भइनसकेको पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुरा स्पष्ट गरेको छ । मधेस केन्द्रित दलहरूले सविधान संशोधनको मुद्दा उठाउँदै आएका छन् । उनीहरूले संविधान संशोधनको मुद्दामा बेलाबेला संसद् अवरोध गर्नुका साथै आन्दोलन गर्ने बताउँदै आएका छन् । सङ्घीय समाजवादी फोरम संविधान संशोधनको सर्तमा वर्तमान सरकारमा सहभागी छ । उसले बेलाबेला संविधान संशोधनको मुद्दा उठाउने गरेको छ । नेकपाले प्रकाशनमा ल्याएको तर वितरण नगरेको राजनीतिक दस्तावेजमा संविधान गतिशील दस्तावेज हो भनेको…
झापा, २२ साउन । तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु दूतावासको शरणमा आएका हुन् । उनीहरुलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो । कम से कम सुरक्षित त छौं । बिहान बेलुका खान पाएका छौं,’ पीडित टेकबहादुर ओलीले भने, ‘यहाँ घा छेकने छत छ ।’ दूतावासका गाडी पार्किङ गर्ने ठाउँमा उनीहरुलाई राखिएको छ । सुत्न मिल्ने ओछ्यान छैन । खाना बाहिरबाट ल्याएर दूतावासले खुवाईरहेको छ…
झापा, २२ साउन । झापा बुद्धशान्ति गाउँपालिका(६ शान्तिनगर बस्ने खड्क बहादुर लिम्बुको छोरी १४ महिनाकी साखिम लिम्बुको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो सवा १२ बजेको समयमा नाबालिका घर नजिकै रहेको माछा पोखरीको छेउमा खेल्ने क्रममा सोही माछा पोखरीमा परी डुबेर बेहोस भएकोमा उपचारको क्रममा बिर्तामोड तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।