
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १ भदौ । झापाको बिर्तामोडस्थित अन्धुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार अन्धुवा खोलामा डुब्दा बिर्तामोड नगरपालिका–३ निवासी रोशन बेस्राको दुई वर्षीय छोरा अजितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकै खेल्ने क्रममा उनी अन्धुवाखोलामा खसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । खोला नजिकै घर रहेको र खेल्ने क्रममा बालक खोलामा झरेको बताइएको छ ।
काठमाडौँ, १ भदौ । सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ । हाल विघटित आयोगले गाडी, टिभी, ल्यापटक लगायत सामग्री खरिद, जिल्ला–जिल्लामा गरिएको कार्यक्रमको भत्ता वितरण लगायत शीर्षकमा मोटो रकम अनियमितता गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ । द्वन्द्वपीडितले सूर्य्किरण गुरुङ नेतृत्वको आयोगले गरेका खर्चको छानबिन गर्न माग गरेका छन् । महालेखाले करोडौं रुकम बेरजु देखाएकाले छानबिनका लागि संसद्को सार्वजनिक लेखा समिति र दुवै आयोगमा नायाँ पदाधिकारी सिफारिस गर्न गठित समितिमा उजुरी दिएका छन् । द्वन्द्वकालमा भएका घटनाहरुको छानबिन गरी सत्य बाहिर ल्याउने र पीडितलाई न्याय दिने जिम्मेवारी…
काठमाडौँ, १ भदौ । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टी्भित्र बलिया बन्नेछन्। दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न…
काठमाडौँ, १ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो । स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्डारी आफैँ सक्रिय भएकी थिइन् । ईश्वर पोखरेलको बलमा मात्रै पार्टीको कार्यदिशा जबज बनाउन अलि अप्ठेरो पर्ने देखेर त्यसमा गौतमलाई सहभागी गराएपछि यो मत बलियो हुने आशाका साथ गौतम–पोखरेल समीकरण बनाइएको हो । आजको नागरिक दैनिकमा खबर छ…
झापा, १ भदौ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो । आर्थिक वर्ष २०७४÷७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा दुई हजार हराहारीमा पुगेको छ । यसभन्दा पनि अघिल्लो वर्षमा १ हजार ३५ को नयाँ आवेदनलाई श्रम स्वीकृति दिइएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।
सान नेपाल झापा, १ भदौ । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु)को शिवसताक्षी नगर अधिवेशन सप्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वार्ड नं. ११ स्थित सैनिक भवनमा सम्पन्न कार्यक्रममा अनिल आचार्यको अध्यक्षतामा ११ सदस्यीय नगर समिति घोषणा गर्दै सप्पन्न गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा पुस्प पौडेल, महिला उपाध्यक्षमा सीता कार्की सचीवमा गणेश न्यौपाने रहेका छन् । त्यसैगरि सदस्यहरुमा बिपिन कार्की, मुना अधिकारी, अर्जुन खरेल, मिना तामाङ, डिल्ली राजवंशी, सुरज थापा, सुजन खनाल र बिचारी लावती रहेका छन् । कार्यक्रममा आफ्ना धारणा राख्दै इस्टु केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि एनपी लामिछानेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बारेमा प्रकाश पारे ।…
झापा, ३२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । उदयन नेपालद्वारा आज आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उहाँले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताउनुभयो । उहाँले विगत सुखद नरहेको प्रसङ्ग उल्लेख गर्दै अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएकाले अब युवा राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवालाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको जानकारी दिँदै युवालाई समाजप्रति जवाफदेही बनाउन र १० वर्षमा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न विनियोजित रकमले मद्दत…
झापा, ३२ साउन । झापाको मेचीनगर नगरपालिका–९ कृर्षी फारम बस्तिका ६३ बर्षिय तेज बहादुर लिम्बुले फलामको हम्बर प्रहारबाट एक ज्येष्ठ नागरिकलाई घाईते बनाएका छन् । शुक्रबार राती साढे ८ बजेको समयमा सोही स्थानका ६५ बर्षिय प्रेम लोकान्द्री लाई बादबिबादका क्रममा फलामको हम्मरले टाउकोमा प्रहार गरी घाईते बनाएका हुन । हम्बर प्रहारबाट गम्भिर घाईते भएका उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ भने हम्बर प्रहार गर्ने तेज बहादुर लिम्बु लाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
लीलाराज झापालीशरणामती, ३२ भदौ । गाईको दाना, चोकर र परालको मूल्य बढे पनि दुधको मूल्य नबढेपछि दक्षिणी झापा शरणामतीका दुग्ध कृषक मारमा परेका छन् । दुग्ध चिस्यान केन्द्रले कहिले दुध होलिडे त कहिले बजार मूल्यभन्दा ज्यादै कम मूल्य दिएपछि आफूहरुले सहकारीबाट ऋण गरेर सुरु गरेको गाईपालन पेशा संकटमा परेको कृषकको गुनासो छ । यस क्षेत्रमा झापा गाउँपालिका ६, ७, ३ र ४ नम्बर वडाका २५० कृषकले व्यावसायिक गाई तथा भैँसीपालन गरी नेपाल बहुउद्देयीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी दुग्ध डेरीलाई दुध बिक्री गर्दै आएका छन् । पहिले दुग्ध डेरीका सञ्चालकहरुले गाई प्रोत्साहन गरे पनि भनेअनुसारको दुधको मूल्य नपाएको कृषकको गुनासो छ…
झापा, ३१ साउन । झापा अर्जुनधारा नगरपालिका(६ भित्री सडक खण्डमा टेम्पोमा आगलागी हुदा टेम्पो पुर्ण रुपमा जलि नष्ट भएको छ । आज अर्जुनधारा नगरपालिका–५ बस्ने गुरु प्रसाद न्यौपानेले चलाई ल्याएको मे १ ह ५८६२ नम्बरको टेम्पो पश्चिम बाट पुर्ब महानन्द चोक तर्फ आउदै गर्दा अचानक तार सट भइ आगलागी हुदा टेम्पो पुर्ण रुपमा जलि नष्ट भएको साथै मानबिय क्षति नभएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।