झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

न्यूयोर्क, २६ साउन । बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन्। अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरे पनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन्। एक बालिकाले गरेको उजूरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च राजनीतिक व्यक्तिहरुलाई समेत यौन दुराचारका कार्यमा सघाएको गम्भीर आरोप लागेको छ। अमेरिकी महान्यायाधीवक्ता विलियम बारले संघीय थुनामै रहेका बखत एप्स्टाइनको मृत्युले आफू स्तब्ध भएको बताए। उनले एक वक्तव्य जारी गर्दै एप्स्टाइनको जेलभित्रै भएको मृत्युले उत्पन्न गरेका सुरक्षासम्बन्धी गम्भीर प्रश्नको उत्तर खोजी गर्नुपर्ने…

Read More

चन्द्रकला भण्डारी झापा, २६ साउन । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ। यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन्। उद्योगहरू स्थापना भएसँगै स्थानीयले रोजगारी पाउने क्रम र व्यापारिक चहलपहल बढेको छ। मेचीनगर वडा नं। १३ दुहागढीमा मनषा थाईफुड्स प्रालिले तयारी चाउचाउको उत्पादन शुरु गरेको छ। दुई अर्ब रुपैयाँ लगानीमा खुलेको यो उद्योगमा ५० जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारीको अवसर पाएको सञ्चालक बुद्धि घिमिरे बताउछन्। नगरमा दर्जनभन्दा बढी प्लाईउडका कारखाना सञ्चालनमा छन्। कर्मचारी र कामदार…

Read More

बनियानी, २६ साउन । झापामा दुई भिन्न घटनामा बालकसहित दुई जनाको मृत्यु भएको छ । शनिबार राति हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पैदलयात्री ३५ वर्षीय डम्बरबहादुर तामाङको आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीयबासी तामाङलाई ठक्कर दिँदा तामाङसहित मोटरसाइकल चालक बिर्तामोड–३ का ४५ वर्षीय देवबन्धु उप्रेती र मोटरसाइकलमा सवार १३ वर्षीय राकेश ठाकुर घाइते भएका थिए । प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरी टोलीले घाइते तीनै जनालाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी. अस्पताल पठाएकोमा पैदलयात्री तामाङको उपचारको क्रममा आज बिहान…

Read More

ताप्लेजुङ, २६ साउन । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–४ की ४७ बर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको छ । शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पुर्यााउन गएकी भट्टराई बेलुका सम्मपनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारामा बाटोभन्दा करिव २०० मिटर तल मृत अबस्थामा फेला परेकी थिईन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैबीच, पाँचथरको मिक्लाजुङ गाउँपालिका(४ मा स्थानीय थाम्सुङ खोलाबाट थाम्सुङ गाउँमा सिंचाईको लागि ल्याएको कुलोमा डुबेर स्थानीय ५४ बर्षीय पुर्ण बहादुर राईको मृत्यु भएको…

Read More

काठमाडौँ, २६ साउन । सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रुपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउने भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गरेको छ । विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विचाराधी छ । व्यक्ति या परिवारका नाममा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा ३८ हजार ३१९ रोपनी अर्थात् २ हजार ८७८ बिघाभन्दा बढी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययन प्रतिवेदनमा छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, २६ साउन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । संविधानसभाका दुइटै उपनिर्वाचनमा मेसिन प्रयोग सफल भए पनि दलहरुले इच्छा नदेखाएपछि अहिले निर्वाच आयोगले मेसिनको तयारी नै गरेको छैन । प्रतिनिधिसभाको १ प्रदेशसभा ३ र स्थानीय तहका प्रमुखरअध्यक्ष ४, उपाध्यक्ष १ र वडाअध्यक्ष ४१ गरी कुल ५० पदका लागि उपनिर्वाचन हुँदैछ । ‘यसपटक मेसिन प्रयोगको सम्भावना छैन, त्यसको प्रक्रियामै लागिएन,’ आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले भने,‘भक्तपुरदेखि हुम्लासम्म निर्वाचन गराउनुपर्नेछ । अबको तयारीले मेसिन प्रयोगका लागि समय पनि पुग्दैन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २६ साउन । फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ । अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री, पृथ्वी सुब्बा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसहित ९ जनालाई विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेका हुन् । सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री कार्यालयदेखि स्थानीय सरकारसम्मलाई कामको जिम्मेवारी तोके पनि त्यसको कार्यान्वनको लागि ढिलासुस्ती भइरहेको सयममा अवहेलनाको मुद्दा परेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

रूपेन्द्र शेर्माउर्लाबारी, २६ साउन । विश्वकै विषालु सर्प किङ कोब्रा (राज गोमन) सुनसरीको काली खोलामा शनिबार फेला परेको छ । धरानदेखि करिब चार किलोमिटर उत्तरमा पर्ने चुरे पर्वतको फेदीमा रहेको काली खोलामा किङ कोब्रा फेला परेको हो । यसरी फेला परेको किङ कोब्रालाई अहिले मोरङको उर्लाबारी ल्याइएको छ । विश्वमै दुर्भल तर विषालु सर्प मानिने किङ कोब्रालाई स्थानीय वासिन्दाले देखेपछि उर्लाबारी–३ मंगलबारेस्थित डिभिजन वन कार्यालयका वन रक्षक प्रेम विष्टलाई खबर गरेका थिए । विष्ट लामोसमयदेखि सर्प संरक्षणमा जुटेका छन् । विष्टले हालसम्म चार हजार दुई सय ७० वटा सर्प समातेका छन् । किङ कोब्रा समात्नेक्रममा एकपटक उनी झण्डै मारिएका थिए…

Read More

ताप्लेजुङ, २६ साउन । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ । अनुसूची– ८ (दफा ९ सँग सम्बन्धित) बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा शानिबार र मंगलबार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेवापत १५ रुपैयाँ कर तोकिएको छ । भूइँमा समान विच्छ्याएर बेचेवापत पनि २० रुपैँया तोकिएको छ । डोकोमा फलफूल तथा सागसब्जी बेच्नेले प्रतिडोको २० रुपैयाँ बुझाउनुपर्छ । नगरले बनाएको ब्लकमा राखेर बिक्री…

Read More

झापा, २६ साउन । झापाको हल्दिवारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक बनबाट अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । शुक्रबार राति साढे ८ बजेको समयमा सोही स्थान बस्ने बर्ष ६० को ताराहाङ राईलाई प्रहरी चौकी जलथलबाट गस्तीमा खटिएको प्रहरीको टोलीले १ थान भरुवा बस्दुकसहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याईएको उक्त कार्यालयले जनाएको छ ।

Read More