
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ साउन । झापाको मेचीनगर नगरपालिका–६ का ५५ बर्षीय धन कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ५ बजेको समयमा आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रममा अचानक करेन्ट लागि घाईते राईलाई उपचारको लागि झापाको मनमोहन अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
उदयपुर, ५ साउन । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् । त्रियुगा नगरपालिका(९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका(४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिवार दिउँसो १ बजेको समयमा जंगली बिषादि च्याउ खाएर राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, निजको श्रीमति ३८ बर्षीया फुलमाँया दनुवार ,निजको छोरा बर्ष २० को अनिश दनुवार , ११ बर्षीय मनिस दनुवार र १७ बर्षीया रबिना दनुवार बिरामी परेका हुन । यसैगरी कटारी सिसाघारीकी ३५ बर्षीया टंक कुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंक कुमारी सहित निजको छोराहरु १४ बर्षीय…
काठमाडौँ, ५ साउन । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र १ सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो । लेखपढ नगरेका खत्री दम्पतीले उक्त प्रमाणपत्र के को हो भन्ने पत्ता पाएनन् । तर जब आफ्नै मृत्युदर्ताको प्रमाणपत्र भएको थाहा पाए, तब उनीहरू छाँगाबाट खसेजस्तै भए । खत्री परिवार केही महिनाअघि बर्दिया बसाइँ सरेको थियो। बसाइ सराइँको…
काठमाडौँ, ५ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो । ओलीले पूर्वएमालेका नेताहरुलाई छुट्टाछट्टै भेट गरेपछि शनिबार साँझ पार्टी सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरुको छुट्टै बैठक बसेको हो । ‘पूर्व एमालेको भागमा परेका विभागको जिम्मेवारी र जिल्ला इन्चार्जहरु कसकसलाई बनाउने भन्ने विषयमा अध्यक्ष ओलीले सामूहिक छलफल गर्न चाहेकाले सचिवालयसम्बद्ध नेताहरुको छुट्टै बैठक बसेको…
काठमाडौँ, ५ साउन । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ । विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्य्विभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘कतिपय विषयमा सहमति जुटिसकेको छ, केही विषयमा सहमति जुट्न बाँकी छ, सम्भवत् सचिवालय बैठकले बाँकी कामको टुंगो लगाउनेछ ।’ महत्वपूर्ण मानिएको विभाग र आयोग प्रमुखको नामावली मोटामोटी टुंगो लागिसकेको छ । विदेश विभाग प्रमुखमा…
काठमाडौं, ५ साउन । सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा बढी छ । सरकारी नीतिमा त्यस्ता आयोजनाको काममा कुनै खालको अवरोध नगर्ने व्यवस्था छ । तर यहाँ भने ठूला आयोजनाले पटकौं पटकको अवरोध खैप्दै आएका छन् । असार मसान्तसम्म पर्वत खण्डको ७० प्रतिशत काम सक्ने योजना बनाएको मध्यपहाडी लोकमार्गको प्रगति ५० प्रतिशत पनि पुगेन । ०७१ संसिरमा सुरु भई २०७५ असार मसान्तभित्र उत्पादन दिने योजनासहित अघि बढेको मध्यमोदी जलविद्युत् आयोजनाको प्रगती पनि ७० प्रतिशत पनि पुगेको छैन । ०७३ असोजमा सुरु भएर २८ महिनामा सक्ने लक्ष्य राखिएको कालीगण्डकी प्रसाण करिडोर आयोजनाको काम अझै ७० प्रतिशत…
झापा, ५ साउन । पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताए । मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उनको भनाइ थियो । अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ । काठमाडौँ…
द्रोण अधिकारीभद्रपुर, ५ साउन । नेपालमै रहेको नेपाली भूमि राज्यको प्राथमिकतामा नपर्दा बिरानो बन्नु पर्ने बाध्यता आउँदो रहेछ । वर्षादमा समुन्द्रको टापु जस्तै पानीले घरिएर रहने मेचीपारिको गाउँका बासिन्दा नेपालको प्रशासनिक क्षेत्र भन्दा भारतको प्रशासनसित नजिक ठानेर वर्षाभर जीवन गुजारा गर्नु पर्ने बाध्यताले स्वदेश प्रति बिरानो हुनु परेको हो । भद्रपुर–३ मा रहेको भाङबारी स्थित नेपाली भूमि मेचीपारिको गाउँका बासिन्दालाई वर्षादको ३ महिना नेपाली भूगोल भन्दा परदेशी भूमि भारत नै आफ्नो जस्तो महसुस हुन्छ । यो गाउँ बर्षादको मौसम असार, साउन र भदौ महिनामा टापुमा परिणत हुने हुँदा बाच्नका लागि स्थानीयले नेपालीमनलाई भारतीय परनिर्भरतामा सुम्पनु पर्ने बाध्यताले परदेशी भूमि आफ्नो…
सान नेपालगौरादह, ५ साउन । स्थापनाकालको छोटो अवधिमा नै त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस गौरादह कृषि क्याम्पसले फड्को मार्दै गएको छ । ५० जना विद्यार्थीहरुबाट गत वर्षदेखि पठन–पाठन सुरु भएको गौरादह कृषि क्याम्पसमा हाल ५० जना विद्यार्थीका लागि कोटा थप गरिएको छ । निकट भविष्यमा नै थप १०० जनाका लागि कोटा छुट्याइने लक्ष्य क्याम्पसको छ । क्याम्पसले विद्यार्थी, शिक्षक तथा कर्मचारी आवास गृह निर्माणका लागि पहल सुरु गरेको जनाइएको छ । यसै वर्ष प्रदेश सरकारको ८० लाख सहयोगबाट १ थान बस, १ थान जीप र १ थान पावर ट्रेलर खरीद गरिएको छ । अनेरास्ववियूले ग¥यो वृक्षारोपणयसैबीच, गौरादह कृषि क्याम्पसस्थित विद्यार्थी संगठन…
झापा, ४ साउन । जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन रही कार्य सम्पादन गर्ने क्रममा यस १ नं. प्रदेश अन्तर्गत संखुवासभा जिल्लामा घटेका संगठित अपराध, हातहतियार तथा खरखजाना, बिष्फोटक पदार्थ जस्ता जघन्य प्रकृतिका अपराधहरुको गहन विश्लेषण, सफल अनुसन्धान तथा उच्च मनोबल…