झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, ३० असार । झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मेचीनगर–१३ का गंगाराम प्रसाईको अढाई बर्षीय छोरा अजित प्रसाईंको खोलाले बगाएर मृत्यु भएको हो । आज बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउँदै जाने क्रममा फुलवासा खोलाले बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालकलाई बगाउँदै गरेको उनका बाबुले नै देखेपछि स्थानीयबासीको सहयोगमा तत्काल उद्धार गरी उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । योसँगै झापामा बाढीले बगाएर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

Read More

बिर्तामोड, ३० असार । झापाका युवा उद्यमी दीपक चापागाईं पुरस्कृत भएका छन् । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका चापागाई ५० हजार रुपैयाँ राशीको राष्ट्रिय उद्यमी पुरस्कारबाट पुरस्कृत भएका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँमा आइतबार चापागाईसहित उत्कृष्ट छ जना उद्यमीलाई पुरस्कृत गरेको हो । मन्त्री गोकर्ण विष्टले उनीहरुलाई नगदसहित पुरस्कृत गरेका हुन् । चापागाईंले दक्षिण कोरियाबाट फर्किएर झापामा डाइमन्ड स्टिल उद्योग सञ्चालन गरिरहेका छन् । कनकाई नगरपालिका–२ का ३८ वर्षीय चापागाईं जामुनबारीमा ‘डायमण्ड स्टिल उद्योग’ स्थापना गरेका हुन् । ७० लाखको लागतमा स्थापना गरिएको उद्योगबाट काँटी, किला, नटबल्टु, रड, स्टिल दराज लगायतका सामग्री उत्पादन हुन्छ । काँटी उत्पादन…

Read More

बिर्तामोड, ३० असार । बाढीका कारण झापाका ३२ घरपरिवार विस्थापित भएका छन् । एउटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । झापा गाउँपालिकाका ६ र गौरीगञ्ज गाउँपालिकाका २६ घर परिवार बाढीका कारण विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बाढीले एक सय ३२ घरपरिवार प्रभावित भएको रेडक्रसको तथ्याङ्क छ । शनिबार झापा गाउँपालिका–२ र ६ मा सानो माई खोलामा आएको बाढी पस्दा ६ घर विस्थापित भएर आफन्तकोमा बसिरहेका छन् । गौरीगञ्ज गाउँपालिका–१ होकलबाडीमा जनताको तटबन्धन भत्किएर कन्काई नदी पस्दा २६ घर विस्थापित भएका छन् । उनीहरु स्थानीय इन्द्रेणी प्राविमा बसेका छन् । गौरीगञ्जकै कुञ्जिबारीस्थित सन्थालबस्तीको १२ घर र…

Read More

काठमाडौँ, ३० असार । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन् । त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन् । चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्। त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन् । सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं आएको हो । भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रवेश गरेका थिए । नेपालका…

Read More

काठमाडौँ, ३० असार । बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्को भार बढ्ने भएको छ । यसअघि इन्टरनेट टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विद्येयकले १३ प्रतिशतको अतिरिक्त भएर थपिदिएको छ । चालू वर्षको आर्थिक विद्येयकमै टीएससीको व्यवस्था गरिएको थियो । तर, चौतर्फी विरोध भएपछि सरकार र इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) बीच सहमति भएपछि कम्पनीहरु उपभोक्तामाथि शुल्कको भार परेको थिएन । तर, सरकारले सहमति पालना नगरेर जेठ १५ को बजेटमा पनि यसलाई…

Read More

महोत्तरी, ३० असार । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो । तराईका विभिन्न जिल्लामा उद्धारपछि संरक्षित क्षेत्रमा राखिएकालाई अत्यावश्यक राहत उपलब्ध गराइएको प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूले जानकारी गराएका छन् । झन्डै दुई लाख पीडित महोत्तरी जिल्लाका सबै क्षेत्र डुबानमै रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । रातु, विगी, अकासी, जङ्घाहा, मराहा…

Read More

काठमाडौँ, ३० असार । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली , नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लव समूहलाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन् । स्रोतका अनुुसार यसको जिम्मा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णुप्र्रसाद पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् भने पार्टीका अध्यक्ष दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता एवं आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई दिएका छन् । तर विप्लव समूहले तीनवटै टोलीसँग…

Read More

काठमाडौँ, ३० असार । भारतीय पक्षले शनिबार राति सप्तकोसी ब्यारेजका ‘५६ वटै ढोका खोलेको’ थियो । त्यस बेला पानीको बहाव ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो । आइतबार बिहानदेखि भने उनीहरुले ब्यारेजका ढोका क्रमशः लगाउन थालेका छन् । आइतबार साँझसम्म पानीको बहाव २ लाख १९ हजार ३ सय ९५ क्युसेकमा झरेको त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताए । ब्यारेजको आयु पनि समाप्त भएको मानिन्छ । सिमेन्टका संरचनाको आयु ५० वर्ष मानिन्छ । ब्यारेज बनाएको ६० वर्ष पुगिसेकेको छ । त्यसमाथि बालुवा थुप्रिएका कारण ब्यारेजको पानी भण्डार क्षमता पनि घटेको छ । यो समाचार आजको…

Read More

मेचीनगर, ३० असार । झापा मेचीनगर–१३ चारआली चोकस्थित उद्धव शिवाकोटीको बन्दै गरेको नवनिर्मित पाँच तले भवनको पानी जमिरहेको भुइँतलामा सोही भवनमा मिस्त्री काम गर्ने भारत पश्चिम बंगाल खोरीबारीका ३४ वर्षीय हरिसदन मण्डलको शव फेला परेको छ । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटना स्थल सुरक्षित गरी थप अनुसन्धान अघि बढाइएको प्रनाउ श्रेष्ठले बताउनुभयो । त्यस्तै, मेचीनगर–६ स्थित भन्सार गेट नजिकै एक जनाको शव फेला परेको छ । सोही क्षेत्र वरपर माग्दै हिँड्ने नाम, थर नखुलेको करिब ३६ वर्षीय मंगोलियन अनुहार व्यक्ति रहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।…

Read More

बनियानी, ३० असार । झापामा आइतबार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका–३ पश्चिम स्टेनमा मोटरसाइकलको ठक्करबाट पैदय यात्री कनकाई–४ कोटिहोमका करिब ९० वर्षीय ज्येष्ठ नागरिक इन्द्रप्रसाद न्यौपानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १४ प ९२७४ नम्बरको मोटरसाइकलले न्यौपानेलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । मोटरसाइकल चालक कनकाई–६ का १९ वर्षीय पवन सेन्चुरीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गामा नियन्त्रणमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…

Read More