
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ भदौ । भदौभित्र सबै जिल्लामा प्रशिक्षण सक्ने अभियान सुरु गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार झापा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । राप्रपा झापाका अध्यक्ष अम्बर बिष्टको अध्यक्षता, केन्द्रीय महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य तथा पार्टीका एक नम्बर प्रदेश अध्यक्ष राम थापाको विशिष्ट आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको राप्रपा झापाका सचिब केशव ओझाले जानकारी दिए । सचिब ओझाका अनुसार पार्टीका सबै जनवर्गीय संगठनबाट पाँच÷पाँच जना, सबै गाउँ नगर र क्षेत्रका अध्यक्ष तथा सचिब, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य गरी सयजनालाई प्रशिक्षण दिइएको…
भद्रपुर, १५ भदौ । सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को छैटौं वार्षिक साधारण सभाले नयाँनाथ पाण्डेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा दीपबहादुर राउत, सचिव युवराज न्यौपाने, सहसचिव मोहनकुमार श्रेष्ठ र कोषाध्यक्षमा बाबुराम पाण्डे निर्बिरोध चयन भएका हुन् । समितिका सदस्यहरूमा क्रमशः सुमित भट्टराई, पुस्कर अधिकारी, हरिमाया निरौला लगायत रहेका छन् । नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन शत्रमा भद्रपुर नगर उपप्रमुख चन्द्रमया श्रेष्ठ, संस्थाका सल्लाहकार देवीचरण भण्डारी, सहकारी संघ झापा जिल्ला सञ्चालक सदस्य तुलसा कुँवर, हनुमान टोल विकास…
झापा, १५ भदौ । भारतीय गोर्खा भू पू सैनिक संघको पहलमा झापाको विर्तामोड स्थित एक बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरीएको छ । संघका धनकुमार गुरुङ डि के को अगुवाईमा विर्तामोड १ निवासी धनीमाया मगरको डिस्चार्ज गरिएको हो । मगर १ महिना भन्दा बढी समयदेखि कंचनजङघा अस्पतालमा उपचाररत थिइन । आर्थिक अभावका कारण अस्पतालबाट डिस्चार्ज हुन नसकेकी उनको आर्थिक सहयोग संकलन गरी उद्दार गरिएको हो । त्यसक्रममा अस्पतालका निर्देशक राम कुमारसिंह राजवंशी र सेवक मेडिकलका संचालक यदुनाथ गिरीले पनि सहयोग गरेको डि के गुरुङले जानकारी दिनुभयो । अस्पताल र फार्मेसीले बीलमा ८० प्रतिशत रकम छुट गरीदिएको बताइएको छ । डायरिया र एपेण्डिक्सको…
सान नेपाल गौरादह, १५ भदौ । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) को गौरिगन्ज गाउ अधिवेशन सप्पन्न भएको छ । गौरीगन्ज–६ मा सम्पन्न कार्यक्रममा दिपेन्द्र यादवको अध्यक्षतामा सर्वसम्मत रूपमा १५ सदस्यीय नगर समिति घोषणा गर्दै सप्पन्न गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा केशव कार्की रहेका छन् भने सचिवमा रामसिंह गनगाइ, सह(सचिव मनोज निरौला, कोषाध्यक्ष सबिना राजवंशी त्यसैगरि सदस्यहरुमा सालु दर्नाल, प्रतीक अर्जेल, सूवास घिमिरे, वालकृष्ण तिम्सिना, भानुभक्त सुवेदी, सौगात थापा, युवराज चम्लगाइ, मनराज ताजपुरिया, दिनेश यादव, र विरेन यादव रहेका छन् । कार्यक्रममा आफ्ना धारणा राख्दै झापा जिल्ला अध्यक्ष होमनाथ खतिवडाले १५ वर्ष अगाडि स्थापना भएको इस्टुको उद्देश्य माथी चर्चा गर्दै…
बिर्तामोड, १४ भदौ । झापाको कनकाई नगरपालिका–१ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ की सुजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ११ प ८९७७ नं को स्कुटरलाई सोही दिशातर्फ गइरहेको को १ ख ७२०४ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक पोखरेल घाइते भएकी थिइन् । उनको उपचारकै क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसमा सवार यात्रु पनि घाइते भएका थिए । उनीहरुको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
सान नेपाल गौरादह, १४ भदौ । अमेरिकाबाट भारत हुँदै नेपाल प्रवेश गरेको फौजी किरा गौरादहमा समेत देखा परेको छ । गौरादह वार्ड नं. ६ कोहबराको धान खेतीमा उक्त किरा देखा परेको हो । उक्त क्षेत्रमा तिब्रता साथ संख्या विस्तार गरिरहेको फौजी किराले धान बालीमा आक्रमण गर्न शुरु गरेको पाइएको छ । हाल सम्म करिब दुई बिघा क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुर्याइसकेकोले फौजी किराको उच्च जोखिम रहेकोे भन्दै समयमै ध्यान पुर्याइदिन कृषकहरूले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । यश प्रकारको किरालाइ समयमा निर्मुल नगरे ठूलो क्षति निम्तिन सक्ने भन्दै किसानहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । के हो फौजी किरा ?…
हल्दीबारी, १४ भदौ । हल्दीबारी गाउँपालिका–२ स्थित भेलागढी सामुदायिक वनभित्र निर्माणाधीन लोकतान्त्रिक शहीद स्मृति पार्कमा शुक्रवार आयोजित गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेको छ । हल्दीबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि भन्ने अभियानमा लागि परेका जनप्रतिनिधिले आगामी पाँच वर्षभित्र ‘हल्दीबारीको बाचा, झापाभरि माछा’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने योजनालाई निरन्तरता दिने भएका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले ‘किसानको खुसी, पशुपालन र कृषि रहेकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । जिल्लालाई नै माछा उत्पादनमा आत्मनिर्भर गराउने सोचका साथ गाउँपालिका अघि बढेको बताउँदै उपाध्यक्ष गिरीले भने, ‘झापाभरि माछा कार्यक्रम कार्यान्वयनका लागि न्यूनतम एक कट्ठा जग्गा समेत…
राजन ठटालधुलाबारी, १४ भदौ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ की किशोरी बलात्कार प्रकरणका आरोपी बिष्णु खड्कालाई तत्काल पक्राउ गरी कार्वाही गर्न दलित अधिकारकर्मीले माग गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गरी दलित अधिकारकर्मीले पीडित किशोरीलाई न्याय दिलाउन प्रहरी सक्रिय हुनुपर्ने माग राखेका हुन् । आफ्नै घरमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरीलाई डरत्रासमा पारेर निरन्तर बलात्कार गरेको आरोप खड्का माथि छ । घटना सार्वजनिक भएपछि खड्का फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले चासो नदिएको दलित अधिकारकर्मीको दावी छ । उत्पीडित बिद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले दोषीलाई पक्राउ गरी कार्वाही गर्नु पर्ने बताए । घटनापछि अहिले खड्का परिवारले…
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा बढिनै मेहनेत गर्दा मात्र भनेजस्तो नतिजा निकाल्न सकिनेछ । भौतक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा एक अर्काको भावना बुझ्न नसक्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ । आफन्त तथा ईष्टमित्रहरुको सहयोग राम्रै रहनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । समयमा काम नसकिने हुँनाले मान सम्मानमा कमिको महशुस हुनेछ । माया प्रेममामा एक अर्काबिच केहि समयको लागि टाडिनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुनेछ । व्यापार व्यावसायमा लगानि गर्नु अघि समयको गहन अध्ययन गरेर मात्र…
ताप्लेजुङ, १४ भदौ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सानथाक्रामा जंगली च्याउ खादा ४ जना बिरामी भएका छन । शुक्रबार बिहान साढे ८ बजेको समयमा घर नजिक रहेको उतिसको रुखमा रहेको जंगली च्याउ खाई बर्ष ५५ को पुर्ण बहादुर कामी, निजको श्रीमती बर्ष ५३ की दिलमाया कामी, निजको छोरा बर्ष १८ को तेज ब कामी र सोही गाऊँपालिका–४ बस्ने बर्ष १७ को पुर्ण बहादुर लिम्बु बिरामी परेका हुन् । उनीहरु सबैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।