झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, ५ भदौ । झापाको बिर्तामोड नगरपालिकाबाट आज लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । बिर्तामोड–५ पुरानो इलाम स्टेसनबाट ५२ ग्राम लागुऔषध खैरो हेरोइनसहित सोही स्थानका ३६ वर्षीय रामकृष्ण कडरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बा १६ च १६९३ नम्बरको कारमा सवार करियालाई खैरो हिरोइनसहित आज बिहान ९ः३० बजे गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका कडरियालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Read More

सन्तोष शर्माबनियानी, ५ भदौ । झापा पछिल्लो समय सामुहिक खेतीतर्फ कृषक अग्रसर बन्दै गएका छन् । कम खर्च, कम मेहनतमा राम्रो उत्पादन लिन सकिने भएपछि यहाँका कृषक सामुहिक खेतीतर्फ आकर्षित बन्दै गएका हुन् । सरकारले सामुहिक खेती गर्ने कृषिकलाई कृषि औजार र मल–बिउ खरीदमा विशेष प्राथमिकता दिँदै आएको छ । समूहमा खेती गर्नेलाई स्थानीय, प्रदेश र संघीय सरकारले बजेटमै विशेष अनुदान कार्यक्रम ल्याएका छन् । पछिल्लो समय झापाको कनकाई नगरपालिका र झापा गाउँपालिकाका कृषक सामुहिक खेतीमा जुटेका छन् । दुई स्थानीय तहको सिमाना पर्ने कनकाई–५ र झापा–६ का ४० भन्दा बढी कृषक सामुहिक खेतीमा जुटेका हुन् । यी दुई स्थानीय…

Read More

झापा, ५ भदौ । झापाको शिवसताक्षी नगरपालिका–८ दाहाल चोकका ६१ बर्षीय हर्क बहादुर दर्जीको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह साँढै ५ बजेको समयमा आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका दर्जीको झापाको बिर्तासिटी अस्पतालमा बेलुका पौने ७ बजे उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Read More

भद्रपुर, ५ भदौ । रोटरी क्लब अफ भद्रपुरले विपन्न व्यक्तिलाई आङ ढाक्न सहज होस् भन्ने उद्देश्यले कपडा बैकको स्थापना गरेको छ । भद्रपुर–५ स्थित जनता चौकका एक कार्यक्रमका बीच कपडा बैकको स्थापना गरिएको हो । रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकालको अध्यक्षता तथा भद्रपुर नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष बन्धु काकीको प्रमुख आतिथ्यमा बैकको उद्घाटन गरिएको थियो ।

Read More

भद्रपुर, ५ भदौ । भद्रपुर स्थित एमरल्ड एकाडमीले सामाजिक उत्तरदायित्व अन्र्तगत वार्षिक रूपमा आयोजना गर्दै आएको ४ दिवसीय क्रिकेट खेलको उपाधि चन्द्रगढीको विभूति विद्या मन्दिरले हात पारेको छ । भद्रपुर क्षेत्रका विद्यालयका विद्यार्थी बीच प्रतिष्पर्धा भएको एमरल्ड अन्तर विद्यालय क्रिकेटको उपाधि मोरन मेमोरियल महेशपुरलाई हराउँदै विभूति टोलीले जीतेको हो । नगर क्षेत्रका १० वटा विद्यालयले प्रतिष्पर्धा गरेको खेलमा बेष्ट बलरको उपाधी एमरल्डका सन्दिप राजवंशीले जिते भने बेष्ट ब्याट्स म्यानको उपाधि विदुर अंग्रेजी माविका हरिलाल राजवंशी भए । त्यसैगरी म्यान अफ द सिरिजको उपाधि विभूतिका प्रशान्त काकीले प्राप्त गरेका थिए । विजेता खेलाडीलाई शिल्ड सहित एमरल्ड एकाडमीका संस्थापक प्रिन्सिपल प्रा. डा.…

Read More

भद्रपुर, ५ भदौ । १७ वर्षयता निरन्तर चलिरहेको भद्रपुर रथयात्रा यस वर्षबाट नगरपालिकाको संरक्षणत्वमा नयाँ स्वरूपमा सञ्चालन हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सञ्चालन हुने रथयात्रा सञ्चालनको मूल आर्थिक भार भद्रपुर नगरपालिकाले लिएपछि पुरानो रथ विदाइ हुँदै नयाँ प्रविधि जडित नयाँ रथ सञ्चालन हुने भएको हो । १० वटा वडा रहेको भद्रपुर नगरपालिकाले १० वटै वडाको अपनत्व हुने गरी धार्मिक सामाजिक संघ संस्थाको सहभागीतामा रथयात्रा मूल समारोह समिति निर्माण गरी यात्रा तयारी पूरा गरिसकेको छ । सामाजिक व्यक्तित्व देवकुमार घिमिरेको नेतृत्वमा ९ सदस्यीय रथयात्रा सञ्चालन सचिवालय गठन गरी तयारी पूरा गरिएको हो । रथयात्रा सञ्चालन समितिले दिएको जानकारी अनुसार…

Read More

गौरादह श्रावण ४- सालिकराम पुडासैनीको मृत्युको विषयलाई लिएर प्रहरी अनुसन्धानमा पक्राउ परेका पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै झापाको गौरादहमा पनि रवि समर्थकहरुले प्रदर्शनी गरेका छन् । बुधबार साझ ५ बजे स्वतस्फूर्त रूपमा शुरु भएको विरोध प्रदर्शनी गौरादह बजार बाट शुरु भइ डिपु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उच्च संख्यामा उपस्थित भएका स्थानीय महिला, युवा, तथा व्यापारीहरुको उच्च सहभागिता रहेको थियो । पिडितलाई न्याय देउ, निर्दोष रविलाई रिहाई गर लेखिएका ब्यानर, पोस्टरहरु सहित विरोधमा उत्रिएका स्थानीयहरुले रविको रिहाई नहुन्जेल सम्म विरोधका कार्यक्रमहरु सशक्त ढंगले बढाइराख्ने बताएका छन् । कोणसभामा बोल्दै स्थानीय युवा तथा राजनीतिज्ञ लय बरालले भ्रष्टाचार र आतंकले…

Read More

‘हुने बिरवाको चिल्लो पात’ भने जस्तै प्रकाश संग्रौला आज साहित्यमा अघि बढी रहेका छन् । सानैदेखि साहित्यमा रुचि राख्ने संग्रौलाको उमेर मात्र १६ बर्षको छ । बिर्तामोड नगरपालिका वडा नं. ७ गरीमनीमा बसोबास गर्दै आएका उनी दुर्गा मा. वि. गरामनीमा कक्षा ९ मा अध्ययनरत छन् । नरेश गुरुङ अध्ययनसँगसँगै साहित्यमा लगाव राख्ने उनी १० बर्षको हुँदादेखि नै साहित्यक वातावरण पाएका थिए । आफ्ना जेठा दाजु प्रदिप संग्रौलाबाट उनले पहिलो पटक गजल, कविता सुनेको बताउँछन् । सुरुसुरुमा दाईको गजल, मुक्तक, कविताबाट प्रभावित भएका कारण साहित्यमा रुचि बढेको उनको भनाई छ । उनले चार हरफको छोटो मुक्तक लेख्दालेख्दै गजल लेख्न सुरु गरे…

Read More

चन्द्रकला भण्डारी/ राससझापा, ४ भदौ । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ । पछिल्लो समय लहरकै रुपमा खुलेका त्यस्ता उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेर जमीनमुनिदेखि झरनाबाट बगेको पानीलाई समेत आधुनिक प्रविधिबाट प्रशोधन गर्दै आएका छन् । उद्योगले सयौँ स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गरेको छ । बुद्धशान्ति गाउँपालिका–७ मा रु दुई करोड ५० लाखको लगानीमा मीनप्रकाश मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले साझेदारीमा सुनमाई वाटर उद्योग सञ्चालनमा ल्याउनु भएको छ । छ महीना अघिमात्र…

Read More

झापा, ४ भदौ । चाडपर्व नजिकिएसँगै झापामा चोरी–तस्करी बढ्दै गएको छ । दैनिकजसो झापाका सीमावर्ती क्षेत्रमा भन्सार छलेर अवैध रुपमा आयात गरिएका सामान बरामद हुन थालेका छन् । अन्य समयभन्दा चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडा लागायतका दैनिक प्रयोग हुने आवश्यक सामग्रीको माग बढी हुन्छ । छोटो समयमा बढी कमाउने धाउन्नमा लागेका तस्करहरुले चाडपर्वलाई कमाउने मलिलो सिजनका रुपमा लिने गरेका छन् । नियमनकारी निकायसँग साँठगाँठ गरेर भए पनि यो बेलामा अवैध आयातलाई अन्य समयको तुलनामा कयौँ गुणा बढी बनाइने गरेको जानकारहरु बताउँछन् । यसैबीच, झापाको मेचीनगर नगरपालिका–६ बाट १ लाख ५२ हजार बराबरको अबैध सामान बरामद भएको छ । इलाका प्रहरी कार्यालय…

Read More