झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको छ । हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि गरिदैँ छ । यस अघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, १० भदौ । नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ । अध्यागमन विभागका अनुसार सन २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न देशका १ हजार ३ सय ८४ जना विदेशीले नेपालमा काम गर्न भिसा अनुमति प्राप्त गरेका छन् । विभागका अध्यागमन अधिकृत राजेश महर्जनले सन् २०१८ र २०१९ को अगस्टसम्म ३ हजार ६ सय ७२ जना विदेशी नागरिकले वर्किङ भिसा अनुमति प्राप्त गरेको जानकारी दिए । आजको…

Read More

झापा, १० भदौ । सत्तरी वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री योगेश भट्टर्राले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त कार्यक्रमसहित उड्डयान क्षेत्रका सुधारका योजना सार्वजनिक गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना उनले सार्वजनिक गरेका हुन् । आजको कारोबार दैनिकमा छ ।

Read More

झापा, १० भदौ । सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्गनिर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना अघि सारेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने उद्घोष गरेका छन् । ‘हामीले सन् २०२२ सम्म सम्पूर्ण नेपाली जनताको घरदैलोमा विद्युत् सेवा पुर्याउने योजनासहित काम गरिरहेका छौँ,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, ९ भदौ । झापाका साप्ताहिक पत्रिका सम्पादकहरुको भेलाले पत्रकार तीर्थ सिग्देलको अध्यक्षतामा सोमबार साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको छ । सञ्जालको उपाध्यक्ष विष्णु पौडेल, महिला उपाध्यक्ष इन्दु पूर्वेली, सचिवमा राजु पाठक, सह–सचिवमा सेलिङ केसी र कोषाध्यक्षमा डम्बर बराल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा द्रोण अधिकारी, राजन साम्पाङ, अनिल वाग्ले, राम निरौला, बेणु अधिकारी चयन भएका छन् । सञ्चालको सल्लाहकारमा गोविन्दचन्द क्षेत्री, कृष्ण हुमागाई, माधव विद्रोही, राजबाबु शंकर, गञ्ज दाहाल, दिपीन राई, माया पकुवाल रहेका छन् । कार्यक्रममा गोविन्दचन्द क्षेत्री, कृष्ण हुमागाईं, राजबाबु शंकर, माधव विद्रोही लगायतले मन्तव्य राखेका थिए । उनीहरुले झापामा साप्ताहिक पत्रपत्रिकाले भोग्दै आएको समस्या र आगामी दिनमा अपनाउनु पर्ने…

Read More

बिर्तामोड, ९ भदौ । प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले आफ्नो ४३औं जन्मदिन भिन्न तरिकाले मनाएका छन् । उनले आफ्नो जन्मदिन आज बिर्तामोड–९ स्थित उज्यालो दुर्गा बालक्लब गरामनीका ७० बढी बालबालिकालाई खेलकुद र शैक्षिक सामग्री वितरण गरेर मनाएका हुन् । आफ्नो जन्मदिनमा केही रचनात्मक काम गरेर मनाउने परम्परालाई यसपटक पनि गौतमले निरन्तरता दिएका हुन् । गौतमले यसअघि पनि बिर्तामोड(१०को ज्ञानकुन्ज पुस्तकालय तीन सय भन्दा बढी पुस्तक जन्मदिनमा नै दिएका थिए । विभिन्न संघसंस्था र अनाथ बालबालिकालाई जन्म दिनमा सहयोग गर्दै आएका उनले यसपटक पनि उक्त कामलाई निरन्तरता दिएका हुन् । बालबालिकालाई अध्ययन साथसाथै खेलकुदमा पनि प्रेरित गर्नु पर्छ भन्ने सोचले ४३औं…

Read More

बिर्तामोड, ७ भदौ । जिल्ला कारागार झापामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेका छन् । चार सय कैन्दीबन्दी क्षमता भएको कारागारमा हाल क्षमताभन्दा तीन गुणा बढी एक हजार १३६ जना कैन्दीबन्दी रहेका छन् । जसका कारण कैन्दीबन्दीको दैनिकी कष्टर बनेको छ भने उनीहरुको व्यवस्थापन गर्न कारागार व्यवस्थापनलाई समस्या भएको छ । झापा कारागारको क्षमता ३५० पुरुष र महिला ५० गरी जम्मा ४०० जनाको हो । कारागारमा एक हजार ४६ पुरुष, ९० महिला कैन्दीबन्दी र ५ जना बालबालिका आश्रित रहेको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिनुभयो । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएकाले आवास, विद्युत्, खानेपानी, स्वास्थ्योपचार लगायतको व्यवस्थापनमा समस्या हुने…

Read More

झापा, ८ भदौ । धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ । मलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ । नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले…

Read More

झापा, ८ भदौ । सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए । शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गरेका थिए । त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतमा थिए । उहाँ तत्कालिन नेकपा (एमाले)का महासचिव र प्रचण्ड विद्रोही माओवादीका अध्यक्ष । अहिले परिस्थिती मोडिएको छ । दुबै पार्टी एक भएका छन् । दुबै नेता एकै पार्टीका नेता छन् तर हैसियत समान छैन । प्रचण्ड अध्यक्ष छन्, नेपाल एकीकृत पार्टीको चौथो वरियतामा…

Read More

झापा, ८ भदौ । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत छिन् । स्थायी घर मोरङ बताउने उनी हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा छिन् । दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेकहाँबाट एक हजार रुपियाँ तिरेर घरैमा औषधि ल्याएर खानुभयो । औषधि खाएको सात÷आठ घण्टामा गर्भपतन त भयो तर रगत चाहिँ धेरै बग्यो । औषधिको असरका कारण उनको पाठेघरमा प्वाल परिसकेको र पाठेघरमा थप सङ्क्रमण हुन नदिन पाठेघर नै फ्याल्नुपर्ने भएपछि ठूलो पीडामा छिन् ।…

Read More