
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २ भदौ । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई)लाई दुव्र्यवहार गरेका हुन् । ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेको छ । थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्र्रहरीलाई दुव्र्यवहार गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, २ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा। सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन् । भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरवलोकन गर्ने छ । नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७…
काठमाडौं, २ भदौ । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५÷७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ । वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थाले पनि सफल हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
काठमाडौँ, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकको निर्णयअनुसार उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई तोकेको छ । युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्ज माधव ढुङ्गेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्ष रमेश मल्ल, सचिव सुनिता बराल, मजदूर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल र…
हालै विश्व चर्चित म्यागेजिन फोब्र्सले विश्वमै धेरै कमाउने सेलेब्रिटीको नाम सार्वजनिक गरेको छ । २०१८ को जुनदेखि २०१९ को बीचमा सर्वाधिक कमाइ गर्ने सूचीमा शीर्ष १० मा दुई महिलाको नाम सार्वजनिक भएको छ । जसको पहिलोे सूचीमा पप गायिका टेलर स्विफ्ट रहेकी छन् । उनीसँग ९ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको फोर्ब्समा उल्लेख छ ।
भद्रपुर, २ भदौ । गैरनेपाली नागरिकलाई नेपाली नागरिकता वितरण गरेको प्रकरणमा मुछिएका भद्रपुर–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि निष्पक्ष छानविन गरी कारबाही हुनु पर्ने माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय झापामा नेपाली कांग्रेसले बुझाएको छ । कांग्रेस भद्रपुर–९ नम्बर वडा समितिले भारतीय नागरिकलाई नेपाली नागरिकता दिन वडाध्यक्ष राजवंशीले भूमिका खेलेको प्रति निष्पक्ष छाविन गरी कारवाही हुनु पर्ने माग सहित झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । नागरिकता प्रकरणमा नाम जोडिएका वडाध्यक्ष राजवंशी वडा कार्यालयमा एक महिनादेखि अनुपस्थित हुँदा वडाबासीका काममा बाधा समेत भएको काँग्रेसको ठहर छ । दोषाी भए राजवंशीलाई कडा कानुनी कारवाही हुनु पर्यो नभए वडाको जिम्मेवारीमा आएर…
बिर्तामोड, १ भदौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ यही असोज दोस्रो साता गर्ने भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले अवार्डको संयोजकमा बुद्ध तामाङ र सहसंयोजकमा सचिन सुब्बालाई जिम्मेवारी दिने निर्णय गरेको छ । मञ्च अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न बैठकले सो जिम्मेवारी दिने निर्णय गरेको हो । समितिले पूर्णता पाएपछि आगामी बैठकमा अवार्डको मिति तय गरिने सचिव अर्जुन राजवंशीले जानकारी दिए । बैठकले मञ्चको सल्लाहकारमा निवर्तमान अध्यक्ष रमेश समदर्शी, साधारण सदस्यहरु इन्द्रजीत मुखिया, तीर्थ सिग्देल, विशाल नेम्वाङ र कुमार भट्टराईलाई चयन गरेको छ ।…
दमक, १ भदौ । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय (युएनएचसीआर)को दमकस्थित उपशाखा बन्द हुने भएको छ । भूटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो ।युएनएचसीआरले सन् २०२० को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइले जनाएको छ । झापाको पूर्वीनाका काकडभिट्टा बाटो हँुदै नेपाली मूलका भूटानी भूटानबाट नेपालमा खेदेकामा तत्कालीन सरकारले सन् १९९२ मा राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगलाई पत्र लेखेपछि उक्त निकायले सहायताको काम थालेको थियो । आयोगको उपशाखा उठ्ने क्रममा भूटानी शरणार्थीका लागि सिमेन्ट र जस्ताका छाप्रा अर्धस्थायी घर बनाउने क्रम तीव्र पारिएको छ ।…
झापा, १ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाका ५४ वर्षीय तिर्थराज दाहाल २ केजी ७०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहाललाई निजकै घरबाट पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका दाहाललाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, १ भदौ । झापासहित प्रदेश नं. १ का विभिन्न जिल्लामा शनिबार पानीमा डुबेर चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मोरङको रतुवामाई नगरपालिका–७ सिजुवा बस्ने शिव मुखीयाको १० वर्षिय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार बिहान हिडेका आकाश साँझ सम्म पनी घरमा फर्कीएर नआए पश्चात आकाशका परीवारले ईलाका प्रहरी कार्यालय सिजुवामा खबर गरेका थिए । घटनाबारे जानकारी पाएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा रातको ९ बजे रतुवा खोलाको किनारमा आकाशको कपडा देखे पश्चात प्रहरीले खोलामा खोजि गर्दा उनलाई डुबेर मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानुनि…