
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २३ असार । झापाको दुर्गम क्षेत्र भनेर चिनिने कचनकबल गाउँपालिकामा स्थानीयवासीले सर्पदंश उपचार सेवा माग गरेका छन् । सर्पले डसेका बिरामीले उपचारका लागि टाढा धाउनु पर्दा ज्यान जाने जोखिम भएको जनाउँदै स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना गरिनुपर्ने कचनकबलवासीको माग छ । गत वर्षको असार २२ गते कचनकबल गाउँपालिका–३ की १५ वर्षीया स्वस्तिमा भट्टराईको सर्पले डसेर मृत्यु भएपछि कचनकबलवासी झस्किएका छन् । आफ्नै ठाउँमा उपचार केन्द्र भए स्वस्तिमाको अकालमा ज्यान जाने थिएन भनेर स्थानीयवासी बनियानी बजारमा उपचार केन्द्र स्थापनाको अभियानमा जुटेका छन् । गर्मीयाम शुरु भएसँगै झापामा सर्पको बिगबिगी शुरु भइसकेको छ । कचनकबलबाट नजिक भनेको मेचीनगरको चारआलीस्थित सर्पदंश…
पाँचथर, २३ असार । पाँचथर जिल्लामा कफीखेतीको सम्भावना उच्च रहेको पाइएको छ । जिल्लाको दक्षिणी गाउँपालिका तुम्बेवाले माटोको परीक्षण गरेर कफीखेतीका लागि लगानी नै गरेको छ । गाँउपालिकाका उपप्रमुुख धन साँवाका अनुसार कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रूपमा स्थापित गर्न चालू आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेर बेर्ना उत्पादनकार्य शुरु गरिएको छ । साँवाले भन्नुभयो, “कफीको बजार राम्रो छ, हामीले हाम्रो गाउँपालिकामा हावापानी सुहाउँदिलो भएकाले कफीमा लगानी गरेका हौँ । आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनेछौँ । कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रूपमा स्थापित गर्न रु २० लाख विनियोजन गरेर बेर्ना उत्पादनकार्य शुरु गरेका हौँ ।” जिल्लाको फिदिम नगरपालिका, याङवर, हिलिहाङ,…
काठमाडौँ, २३ असार । एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।फाइनल खेल मङ्गलबार हुनेछ ।
काठमाडौँ, २३ असार । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त न्यून चापीय प्रणाली चार÷पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा भन्दा भारतमा वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदेखि देशभर मनसुन सक्रिय भएकाले बाढीपहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन मौसम विद्हरूले आग्रह गरेका छन् । आज देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो…
बिर्तामोड, २३ असार । बिर्तामोड नगरपालिकास्थित कृषिथोक बजार अस्तव्यस्त रुपमा चलिरहेको छ । कृषि मन्त्रालय मातहत सञ्चालित बजारमा नियमन गनेर् निकायको अभाव छ । बजार कर्मचारीको भरमा सञ्चालन हु“दै आएको छ । ०५३ सालमा स्थापना भएको बजार करीब चार बिघा क्षेत्रफलमा फैलिएको छ । उक्त बजार भारतीय तथा पूर्वी पहाडी क्षेत्रका तरकारी किसानको प्रमुख थोक बजार हो । बजार ५ वर्षयता नेतृत्व विहीन छ । बजारको उद्देश्यअनुसार समिति गठन हुन सकेको छैन । बजार सञ्चालनका लागि व्यापारी, किसान, नगरपालिका, कृषि ज्ञान केन्द्रलगायतका पदाधिकारी रहेको बजार व्यवस्थापन समिति गठन गर्नुपनेर् नियम छ । तर, ५ वर्षअघि तत्कालिन अध्यक्ष मोहन शिवाकोटीको निधन भएपछि नया“ समिति चयन हुन सकेको छैन । बजारमा…
झापा, २३ असार । शिवसताक्षी–७ हरियाली बस्तीका १० वर्षीय बालक समिर माझी जीवन र मृत्युको दोसाँधमा छन् । उनका दुई वटै मृगौला खराब भएको छ । कक्षा–३ मा अध्ययनरत् उनी मृगौला रोगबाट थलिएसँगै स्कूल जान नसक्ने भएका छन् । विगत चार वर्षदेखि मृगौला रोगबाट थलिएका समिरको आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन सकेको छैन । आमा रेणु माझीले मृगौला दिने भए पनि गरिबीका कारण त्यारोपण गर्न नसकेको बुबा गोपाल माझीले बताए । सम्पतिका नाममा झुप्रो घर भएको एक कठ्ठा जमिन पनि छोराको उपचारका लागि धितो राखेको माझीले बताए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा मृगौला…
झापा, २३ असार । झापा गाँउपालिका ६ बस्ने बैजुनाथ गोसाईको छोरी बर्ष ७ की निरुता गोसाईको सर्पको टोकाईबाट मृत्यु भएको छ। कोठामा सुतिरहेको अवस्थामा राती २ बजे गोमन सर्पले छोरीलाई टोकेको थाहा पाउन साथ उपचारको लागी बुबा बैजुनाथले सर्प दंस उपचार केन्द्र कन्काई नगरपालिका ४ कोटी होम लगि उपचार गराई रहेकोमा उपचारको क्रममा निरुताको बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, २२ असार । अनुसन्धान मिडिया प्रालिद्वारा आयोजित मिस्टर एन्ड मिस पूर्व २०१९ को उपाधि इटहरीकी सुप्रिया खनाल र मोरङका मोहन गुरागाईले जितेका छन् । शनिबार दमकको कनकाई रिसोर्टमा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले अन्य १५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगितामा फस्ट रनरअप बिर्तामोडका दिवस विश्वकर्मा बने भने सेकेन्ड रनरअप मोरङकी सरिता खप्तरी भएकी छन् । प्रतियोगितामा सनम खतिवडा, डेबिट आचार्य, दिवस विश्वकर्मा, सुमनिमा कटुवाल, मोहन गुरागाई, सरिता खप्तरी, इशा प्रसाई, सुप्रिया खनाल उत्कृष्ट ८ मा छनोट भएका थिए । नेपालको पर्यटनको विकासका लागि के गर्न सकिन्छ भन्ने निर्णायकले गरेको अन्तिम प्रश्नको लिखित उत्तर दिँदै सुप्रिया र मोहनले…
सुनसरी, २२ असार । सुुनसरीको रामधुनी नगरपालिका–८ ठुलेमोहोरमा व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ । प्रदेश –१का ७ जिल्लाका २१ जना कृषकलाई व्यवसायिक तालिम दिइएको हो । बोयर,खरी,जामुनपारी लगायत जातका बाख्रापालक कृषक तालिममा सहभागी थिए । तालिममा गोठ सुधार तथा व्यस्थापन,आहार, रोग नियन्त्रण,प्रजनन,सरसफाई,उपचार,घाँस उत्पादन र प्रयोगका लगायत विषयमा प्रयोगात्मक र सैद्धान्तिक ज्ञान दिइएको थियो । एक सातासम्म चलेको तालिममा पाँचथर,इलाम,झापा,मोरङ,सुनसरी,धनकुटा र उदयपुरका कृषक सहभागी थिए । नेपाल लाईभस्टक सेक्टर इन्नोभेसन विराटनगरको आयोजनामा सम्पन्न तालिममा पशु सेवा केन्द्र दुहवीका वरिष्ट तालिम अधिकृत डा.प्रभात झा,आयोजक संस्थाका प्रमुख डा.रामकुमार मण्डल,डा.अजय साह र पशुपक्षी तथा मत्स्य विभाग निर्देशक डा.लेखराज दाहालले तालिम दिएका थिए ।…
काठमाडौं, २२ असार । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली संसदका आलोचनाबाट आक्रोशित भए । सहभागी एक सांसदका अनुसार सत्तारुढ दलकै नेता र सांसदले सरकारका कामकारबाहीलाई लिएर संसद, संसदीय समिति र सार्वजनिक मञ्चमा आलोचना गरेकामा प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।