झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उदयपुर, २९ असार । उदयपुर चौदण्डिगढी नगरपालिका–४ बस्ने ३५ बर्षीय मनकुमार तामाङको खोलाले बगाई मृत्यु भएको छ । हिजो बिहान साढे १० बजे सोही स्थानमा रहेको लामाखोला र कालिखोलाको दोभानमा आफुले पालेको कुकुरलाई खोलाले बगाउन लाग्दा कुकुरलाई बचाउन जाँदा आफै बगेर बेपत्ता भएका तामाङको खोजतलासका क्रममा आज बिहान साढे १० बजेको समयमा १ किलोमिटरको दुरीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Read More

विराटनगर, २९ असार । सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताउनुभयो । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । हिजो शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो । यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा…

Read More

काठमाडौँ, २९ असार । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उहाँले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । “लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचना जान नसक्नु दुःखद कुरा हो”, नेता सिंहले भन्नुभयो, “वर्तमान सरकारले केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र स्थानीय तहमा कम अधिकार दिँदा अहिले गएको बाढी, पहिरोको राहत तथा उद्धार कार्यक्रम प्रभावकारी हुन सकेको छैन् ।” नेता सिंहले सरकारले ल्याएको गुठी विधेयक, मानव अधिकार विधेयक,…

Read More

झापा, २९ असार । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण हालसम्म प्रदेश नं. १ मा १७ जनाले ज्यान गुमाइसकेका छन् भने देशभर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३५ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा सात, प्रदेश नं–…

Read More

कुवेत, २९ असार । कुवेतमा श्रमीकहरू बस्ने एक भवनमा आगलागी हुँदा ३ नेपालीको ज्यान गएको छ । उक्त आगलागीमा परी केही मानिस घाइते भएका छन् । शुक्रबार राति महाबुल्लाको बल्क २ मा रहेका आप्रावासी कामदारहरू बस्ने एक बिल्डिङमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भई आगलागी भएको कुवेती सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकहरूको शब फ्रवानिया अस्पतालमा राखिएको छ भने घाइतेहरूको अदान अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने नेपालीहरूमा एक पुरुष र दुई महिला रहेको भए पनि उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको नेपाली दूतावास कुवेतले जनाएको छ ।

Read More

उदयपुर, २९ असार । उदयपुरको त्रियुगा खोलामा आएको बाढिले बगाएर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा बेलका नगरपालिका–१ बस्ने तारा श्रेष्ठको खेतमा पुरुष ब्यक्तिको बेवारिसे शव बाढिले बगाएर ल्याएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी भागलपुर र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरीको टोली खटीगई कानूनी प्रकृया गरीरहेको छ । साथै मृतकको सनाखत गरी आफन्तहरुको खोजतलाश गर्ने कार्य समेत भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Read More

ताप्लेजुङ, २९ असार । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बु मयुममा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । ताप्लेजुङ फक्तालुङ गाउँपालिका–४ इखाबु घर भई जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका–१० फुरुम्बु श्रीमतिसँगै बस्दै आएका बर्ष ६३ का कर्णबहादुर ल्याबुङ गाँउतिर जान्छु भनि २४ गते हिँडे पश्चात बेपत्ता भएपछि आफन्तले खोजि कार्य शुरु गरेका थिए । सोही क्रममा घरबाट १५ मिनेट दक्षिण नामबारा भिरबाट लडेर बाटो देखि १०० मिटर भिरमा झरी मृत अबस्थामा फेला पारे पश्चात आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटि कानूनी प्रकृया पुरा गरी शव लाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ…

Read More

द्रोण अधिकारीभद्रपुर, २८ असार । बहु वर्षे आयोजनामा पनि असारे बजेटको प्रभाव देखिन थालेपछि नियामकको नैतिकता पैसामा बिकेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । गुणस्तरीय काम गराउनु पर्ने नियामक निकाय ठेकेदारका गाडी घोडामा मस्त घुमफिर गर्ने अनि मापदण्ड विपरित निर्माण भएका संरचनाको बिल भौचर मिलाएर कमिशन बटुल्ने अभियानमा अलमलिएपछि नियामकको नैतिकतामाथि प्रश्न उठेको हो । भद्रपुर नगरपालिका क्षेत्रमामा भैरहेको सडक स्तरीकरण गुणस्तरहीन भएपछि नाली भत्कने, चर्कने र ग्राभेलिङको बजेट लिइसकेका सडकमा सवारी साधन भासिने क्रम रोकिएको छैन । सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा भइरहेका अधिकाम्स कामको पहिलो, दोस्रो र तेस्रो चरणका नाली निर्माण सम्पन्न भएका…

Read More

भोजपुर, २८ असार । भोजपुर रामप्रसाद राई गाँउपालिका–५ का १७ वर्षीय शिवकुमार राईको पुरिएर मृत्यु भएको छ । आज बिहान ९ बजे भान्साघरको माथिबाट पहिरो झरी पुरिएर बेपत्ता भएका राईको खोजतलास गर्ने क्रममा अपरान्ह साढे २ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Read More

काठमाडौँ, २८ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद उन्मुख संविधानअनुकूल सङ्घीय शिक्षानीति चाँडै पारित हुने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको ३१औँ वार्षिकसभाको अध्यक्षता गर्दै उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्मा विचारधीन रहेकाले पारित भएपछि नयाँ शिक्षा नीति कार्यान्वयनमा आउने जानकारी गराउनुभएको हो । शिक्षा आयोगले गत माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो प्रतिवेदन बुझाएको थियो । मन्त्री पोखरेलले युनेस्कोका आदर्श र उद्देश्य परिपूर्तिका लागि कर्मकाण्डी नभई प्रभावशालीरुपमा काम गर्न समृद्ध पदाधिकारी तथा सदस्यलाई निर्देशन दिनुभयो । मन्त्रालयका सचिव एवं युनेस्को आयोगका…

Read More