
कुवेत, २९ असार । कुवेतमा श्रमीकहरू बस्ने एक भवनमा आगलागी हुँदा ३ नेपालीको ज्यान गएको छ । उक्त आगलागीमा परी केही मानिस घाइते भएका छन् ।
शुक्रबार राति महाबुल्लाको बल्क २ मा रहेका आप्रावासी कामदारहरू बस्ने एक बिल्डिङमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भई आगलागी भएको कुवेती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकहरूको शब फ्रवानिया अस्पतालमा राखिएको छ भने घाइतेहरूको अदान अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुने नेपालीहरूमा एक पुरुष र दुई महिला रहेको भए पनि उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको नेपाली दूतावास कुवेतले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

