
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १४ असार । सर्वोच्च अदालतले निर्वाच्न क्षेत्र विकासका नाममा सांसदहरुलाई बजेट बाँड्नुको कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ जना न्यायाधीशहरुको संवैधानिक इजलासले संसद सचिवालय लगायत सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश जारी गरेको हो । निर्वाचन क्षेत्र विकास कार्याक्रम संवैधानिक प्रावधानविरुद्ध भएको दाबीसहित अभिवक्ता पारसमणि भट्टराईले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि पनि झिकाएको छ । हाल केन्द्र र प्रदेशका सांसदलाई निर्वाचन क्षेत्रका नाममा छुट्टाछुट्टै बजेट विनियोजन गरिरहेका छन् । सबैभन्दा बढी संघीय संसदले ६ करोड रुपैयाँका दरले पाउनेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, १४ असार । नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफ्नो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटर जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे । नेता नेपालले बुधबार प्रधानमन्त्री ओली र दाहालबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ लिए । प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि नेपाल शुक्रबार बालुवाटार जानअघि दाहालसँगको कुराकानीको स्पिरिट बुझ्न खुमलटार पुगेका थिए । एक दिनअिघ ओलीले दाहालसँग धेरै वादविवाद नगरौँ मिलेर जाऔँ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपालसँग पनि राखेका थिए । विगतमा ओलीसँग बढी निकट देखिने दाहाल अहिले…
काठमाडौँ, १४ असार । एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन् । काउन्सिलले १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर यो फाइल मन्त्रालयमा नै अड्किएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर…
v काठमाडौं, १४ असार । वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए । रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तरगत रोजगारीका लागि कोरिया पुगेका युवाले डिप्रेसनमा पर्नुका साथै आत्महत्या गर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ । यो वर्ष कोरियन भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३ सय ७६ युवाले फारम भरेकोमा ८४ हजार ३ सय आठ…
काठमाडौं, १४ असार । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् । बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् । ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३० वर्षीय विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ । उनीहरुले व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर बलात्कार गरेका थिए । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।
काठमाडौं, १४ असार । सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो । तर, वर्ष सकिन १९ दिन बाँकी रहँदा ६६.८४ प्रतिशत अर्थात् आठ खर्ब ७९ अर्ब ३३ लाख मात्रै खर्च भएको छ । सरकारले बजेटको लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा चार खर्ब ३६ अर्ब १५ करोड सकाउनुपर्छ । यसका लागि दैनिक २२ अर्ब ९५ करोड खर्च गर्र्नुपर्ने हुन्छ । तर, सरकारले अहिलेसम्म दैनिक औसत दुई अर्ब ५४ करोड मात्रै खर्च गरिरहेकाले लक्ष्य पूरा नहुने निश्चित छ । संशोधित बजेटको ७३.३०% खर्च सरकारले गत फागुनमा मध्यावधि समीक्षा गर्दै बजेटको आकार ११ खर्ब ९९ अर्ब…
काठमाडौं, १४ असार । राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो । यही बेला नेपाल सरकार आफै आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौँमा आयोजना गर्न र त्यसको सम्पूर्ण खर्च बेर्हो तत्पर रहेको खबर भने आफैमा अनौठो देखिएको छ । भारतको निजी क्षेत्रबाट सञ्चालन हुने इन्डिया फिल्म अवार्ड आइफाको २० औँ संस्करण आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झण्डै एक अर्ब रुपैयाँ खर्च गर्ने भएपछि यसको औचित्यमाथि प्रश्न उब्जिएको हो । सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् भने बाँकी…
काठमाडौं, १४ असार । कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ। यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका पदाधिकारीबीच शुक्रबार जुहारी चलेको छ। समिति भने मन्त्री यादव अडानमा रहेपछि के गर्ने भनेर अन्योलमा परेको छ। मन्त्री यादव जवाफ दिएर फर्किएपछि पनि केही बेर बसेको समिति बैठक यो विषयमा निष्कर्षविहीन बन्यो। ‘हामीले मन्त्रीको कुरा सुन्यौं’, समिति सभापति रामनारायण बिडारीले भने, ‘निर्णय अर्को बैठकमा गर्ने भनेका छौं।’ तर, बैठकको मिति तोकिएको छैन। समिति बैठकमा मन्त्री यादवले आफूले निर्देशन दिँदा कुनै कानुन नमिचेको बताएका थिए। ‘कुन ऐनविपरीत…
भद्रपुर, १४ असार । राष्ट्रिय परीक्षा बोर्डको गम्भीर लापरवाहीले भद्रपुर–७ स्थित एमरल्ड एकाडमीका एस ई ई परीक्षामा सहभागी १५ जना विद्यार्थीको परीक्षा फल अन्यौलमा परेको छ । बोर्डले परीक्षा फल प्रकाशन गर्दा एउटा विषयको नतिजा नराखेकै कारण अन्य विषयमा उत्कृष्ट नतिजा प्राप्त गरे पनि १५ जना विद्यार्थीको एस ई ई नतिजा अन्यौलमा परेको हो । विज्ञान विषय लिएर उच्च शिक्षा हाँसिल गर्ने चाहना राखेर वातावरण विज्ञानलाई ऐच्छिक विषय बनाइ परीक्षामा सामेल भएका उत्कृष्ट छात्र छात्रा कक्षा १० को अन्तिम नतिजा आउँदा अबको भविष्य के हुन्छ भन्ने अन्यौलमा पर्नु पर्ने बाध्यता आइलाग्यो । विद्यालयका विद्यार्थीको भविष्य अन्यौल हुनेदेखेपछि विद्यालयले स्थानीय सरोकार…
झापा, १३ असार । राष्ट्रिय खेलकुद परिषदले नियुक्त गरेको सितोरियो करातेका राष्ट्रिय प्रमुख प्रशिक्षक मदन उप्रेतीलाई झापाका कराते खेलाडीहरुलाई सम्मान गरेका छन् । आज बिहान महेन्द्ररत्न डोजो बिर्ताबजार र सुरुङ्गा डोजोमा तालिमरत ससना प्रशिक्षार्थीहरु, प्रशिक्षकसहित डोजो व्यवस्थापन समितिले फूलगुच्छा, खादा अबिरसहित प्रमुख प्रशिक्षक उप्रेतीलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गर्दै प्रमुख प्रशिक्षक उप्रेतीले यही भूगोलबाट आफूले कराते प्रशिक्षण लिई नयाँ पुस्तालाई सिकाउँदै आजको जिम्मेवारी प्राप्त गरेकाले प्राप्त सम्मानले आफूलाई जिम्मेवारी सम्हाल्न थप प्रोत्साहित गरेको बताए । ससना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिँदै उप्रेतीले भने भविष्यमा साफ गेम, एशियन गेम, ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउन र मेडल जित्न सफल बन्ने अपेक्षासहित तालिम लिन…