
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २ असार। कीर्तिपुरको चोभारमा मञ्जुश्रीको विशाल मूर्ति स्थापना गरिएपछि नेपाललाई विश्वमा परिचित गराउँदा गर्वको अनुभूति गर्नेहरुले थप आधार पाएका छन् । चोभारको गल्छी काटेर उपत्यकाको पानी बाहिर बगाई यस भूभागलाई बस्ती योग्य बनाउने पुरुष वास्तवमै विशालतम व्यक्तित्व हुन्, उनको शालिक पनि विशाल बन्नु आवश्यक थियो । जलविनायक सामुदायिक वन उपभोक्ता समितिको पहलमा निर्मित ३३ फिट अग्लो विशाल शालिक शनिबार विधिवत रुपमा अनावरण गरियो । ‘बौद्ध दर्शनको अध्ययनका क्रममा मैले विश्वका धेरै मुलुक भ्रमण गरें, तर यति अग्लो मञ्जुश्रीको मूर्ति मैले अन्त कतै देखेको छैन’ बौद्ध विद्वान अजितमान तामाङले भने । उनका अनुसार चीनको उथाइसानमा मञ्जुश्रीका धेरै मूर्ति देखिन्छन्, तर…
मोरङ, २ असार । कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो । भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् । परियोजनाका अधिकारी निर्देशनमा ठेकेदारले मेसिन लगाएर गहिरो र फराकिलो बनाउने काम गरिरहेको वडा अध्यक्ष बिन्देश्वर यादवले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
बुधबारे, १ असार । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन थापा सर्वसम्मत चयन भएका छन् । शुक्रबार मेचीनगरको हात्ती रिर्सोटमा भएको विशेष साधारण सभामा उनी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा विरु श्रेष्ठ, सचिवमा लाक्पा लामा र कोषाध्यक्षमा सचिन सुब्बा चयन भएका छन् । १५ सदस्यीय समितिको सदस्यहरुमा नारद नेपाल, मनोज कट्वाल, कञ्चन उप्रेती, हितेनमान श्रेष्ठ, चोलानाथ दाहाल, राजन भट्टराई, तुलसी कार्की, सुजता क्षेत्री, प्रेमा गुरुङ, गीता प्रसाईं र दीवेश ओली रहेका छन् । आइसीसीको स्वतन्त्र समितिको निर्देशनमा विशेष साधारण सभा भएको हो । लाक्पा लामाको सभापतित्वमा साधारण सभा भएको हो । यसै साधरण सभाले केन्द्रीय प्रतिनिधिमा लाक्पा लामा…
भद्रपुर, १ असार । आफ्ना पति तथा पिताको पून्य तिथीको अवसरमा दुई जना विद्यार्थीलाइ छात्रवृद्धि वितरण गरिएको छ । साविक भोजपुर कोट गाविस–४ हाल टेम्के मैयुङ् गाउँपालिका–७ स्थित सत्यदेवी प्राथमिक विद्यालय सानिटार कक्षा ५मा अध्ययनरत एक छात्र एक छात्रालाइ स्वर्गीय कृष्णभक्त स्मृति छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका प्रधानाध्यापक पून्यप्रसाद श्रेष्ठले अन्जना राइ र भीमकुमार मगरलाइ जनही दुइहजारका दरले नगद प्रदान गरेका थिए । उनीहरु कक्षा ५ बाट उत्कृष्ठ अङक ल्याएर अर्को विद्यालयमा कक्षा ६ मा अध्ययनका लागि जानेछन् । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरि छात्रवृद्धि वितरण गरेको थियो । स्वर्गीय नेपालका सन्ततीले ०७६ वैशाखबाट लागूहुने गरी गत ७५…
कचनकवल, १ असार । बनियानी बजारकी मुनामाया भट्टराई ३९ वर्षकी भइन् । दुई वर्षअघि पाठेघरमा निक्कै पीडा भएपछि उनले चिकित्सकसँग परामर्श लिइन् । शुक्रबार सहारा नेपाल साकोसले बनियानी बजारमा सञ्चालन गरेको पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरमा समस्या लिएर आएकी उनमा पाठेघरमा खराबी देखिएको थियो । पाठेघरको मुख दुख्ने समस्याले ग्रसित उनी तीन सन्तानकी आमा हुन् । पाठेघरको मुख पोल्ने समास्या भोग्दै आएकी उनलाई थप उपचारका लागि बिएन्डसी अस्पताल आउन चिकित्सकले सल्लाह दिएका छन् । महिलाको स्वास्थ्य जाँचका लागि शिविरमा खटिएकी बिएन्डसी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनिता रायले भट्टराईको पाठेघरमा गम्भीर समस्या देखिएकाले थप उपचार आवश्यक रहेको…
खुदुनाबारी, १ असार । बिर्तामोड–४ मा स्थापित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र खुदुनाबारीमा एकदिवसीय वित्तिय साक्षरता गोष्ठि सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टस बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिकाका उप–मेयर कमला खतिवडा प्रमुख आतिथ्यता रहेको थियो । संस्थाको वित्तिय गतिविधि, विशेष उपचार कोष, विशेष शेयर सहित विविध गतिविधिका बारेमा संस्थाका अध्यक्ष श्रेष्ठले धारणा राख्नुभएको थियो । कार्यक्रममा शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसी प्रसाद खतिवडा, वडाअध्यक्ष रघुनाथ खनाल, वडा सदस्य निर्मला घिमिरे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा आइटी विभाग प्रमुख बिकास कोइराला, शिक्षा उपसमिति सदस्य देवी बहादुर थापा, पदम बहादुर श्रेष्ठ, सेवा केन्द्र प्रमुख…
द्रोण अधिकारीभद्रपुर, १ असार । भद्रपुर नगरपालिका क्षेत्रमामा भइरहेको सडक स्तरीकरणको काम अन्र्तगत बेस ग्राभेलको कार्य गुणस्तरहीन पाइएको छ । सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा भइरहेका अधिकांस कामको पहिलो र दोस्रो चरणका बेस ग्राभेलको कार्य निर्माण सम्झौता विपरीत गुणस्तरहीन भइरहे पनि नियामकले निर्माण व्यवसायीलाई नियन्त्रण गर्न नसकेको पाइएको हो । सडक नाली निर्माण र बेसग्राभेलिङका अधिकाम्स काममा कमसल निर्माण सामग्री राखेर निर्माण भइरहे पनि प्राविधिक पक्षको नेतृत्व गरिरहेको सघन सहरी विकास कार्यालयले रोक्न सकेको छैन । उल्टै कार्यालयले असारे वजेट भन्दै गुणस्तर नहेरी बिल भुक्तानी दिएर निर्माण ठेकेदारलाई पुरस्कृत समेत गरिरहेको छ । कर्मचारीसित कमिशनको नाता जोडेर…
दमक, १ असार । निजी विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ । मुलुकमा भएको संघीयता रुपान्तरण सँगसँगै पेशागत शिक्षकहरुको हकहितमा आवाज उठाउँदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा सर्वसम्मत रुपमा २१ सदस्यिय कार्यसमिति घोषणा गर्दै प्रदेश अधिवेशन सम्पन्न गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा धनीकलााल मण्डल, महिला उपाध्यक्ष बबिता बान्तवा (राई) उपाध्यक्षमा जे.पी. काप्mले र दुर्गा प्रसाद कोइराला निवार्चित भएका छन् भने सचिवमा दिपक भट्टराई निर्वाचित भएका छन् । त्यसैगरी समितिको सह–सचिवमा राजुवराल र सिताराम सुवेदी, कोषाध्यक्षमा शंकर पारजुली तथा सदस्यहरुमा नैन दाहाल, सान नेपाल, चन्दन कुमार साह,…
सिरहा, १ असार । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन । दलित बस्तै जोड्ने गाउँ ब्लकमा पर्ने बाटोको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् । बाटोमा लगाइएको पाँच फिट अग्लो इँटा र सिमेन्टको पर्खाल नहटाउँदा आफूहरु समस्यामा परेको स्थानीय जोगी मण्डलले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौं, १ असार । गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ पहरी नायब महानिरीक्षक (डीआईजी) सुरुवा गरेको छ । गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द जोशी, र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यलयको योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्दूमा हरिभक्त प्रजापति, विशेष ब्इुरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जीटी र महिला, बालबालिका सेवा निर्देशनालयमा पीताम्बर अधिकारीलाई लगिएको छ । दानसिंह बोहरालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपकुमार…