
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ असार । शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज झिलझिलेमा सूचना सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । सझामञ्च मिडिया प्रालि बिर्तामोडको आयोजनामा भएको सूचना सम्वादको सहजीकरण खोज पत्रकारिता केन्द्रका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले गरेका थिए । प्रविधिको विकासको कारण आजको सूचना प्रवाहले विविधता पाइरहेको सन्दर्भ कोट्याउँदै गाउँलेले अब जनप्रतिनिधिले गरेका रचनात्मक कामहरु आफ्ना जनतालाई सुनाउन पत्रपत्रिका नै नचाहिने सुझाव दिए । ‘तपाईंले अब सामाजिक सञ्जालमार्फत् आफ्ना सबै कामहरु सार्वजनिक गर्ने बानीको विकास गर्नुभयो भने पत्रकारको अभाव भोग्नु पर्नेछैन, राम्रो र रचनात्मक काम बारे बुझ्न पत्रकार स्वयम् तपाईंसम्म आउने छन्’ गाउँलेको सुझाव छ…
काठमाडौँ, १ असार । सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गेठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’ रिपोर्टस् क्लबद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने ,‘सरकारका प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ, भने राजीनामा बाहेक अर्को बाटो हुँदैन ।’ मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलार्य सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने…
काठमाडौँ, १ असार । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्दै आन्दोलन सुरु भएको छ । केही दिनदेखि विभिन्न क्षेत्रका पेसाकर्मी र अधिकारकर्मी सडक आन्दोलनमा छन् । मानवअधिकारकर्मी, सञ्चारकर्मी, गुठीयारदेखि बेरोजगार युवासम्म सरकारविरुद्ध सडकमा छन् । झन्डै आधा दर्जन विधेयकमा सरोकारवालाले नै असन्तुष्टि जनाएका छन् । उनीहरूले सरकार अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारविपरीत जान खोजेकाले आन्दोलन गर्नुपरेको बताएका छन् । गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न…
काठमाडौँ, १ असार । नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो । न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीया युवतीले विवाह गरिन् । दुवैजनाले काठमाडौँ जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाण पत्र लिए । उनीहरु कात्तिक २९ गते दर्ता विवाहका लागि कानुन व्यवसायीसहित अदालत पुगेका थिए । ४८ वर्षीय भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे । युवतीको भन्दा दोब्बर उमेर भएकाले उनले अदालती विवाह गरेका हुन् । यो अदालती…
काठमाडौं, १ जेठ । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भने,’ प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पुरा गर्नुपर्छ । तर अरब सागरमा आइरहेको फानी आँधीले मनसुन विकसित हुन दिइरहेको छैन ।’’ यसअघि असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो । चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को…
काठमाडौँ, १ असार । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् । सबै प्रदेशले कृष्ति, पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेका छन् । साना आयोजनाभन्दा पनि ठूला आयोजना बजेटको प्राथमिकतामा परेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
बिर्तामोड, ३१ जेठ । पछिल्लो तीन दिनमा झापामा आठ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार भद्रपुरस्थित मेची अस्पतालमा एक, बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा तीन, बिर्तासिटी अस्पतालमा दुई र दमक अस्पतालमा डेंगु संक्रमित दुईजना बिरामी उपचाररत छन् । स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलप्रसाद पौडेलका अनुसार झापामा डेंगु रोकथामबारे कुनै कार्यक्रम अघि बढाइएको छैन । ‘रोकथामका उपाय नअपनाए यसले महामारीकै रुप लिन सक्छ,’ उनले भने, ‘यस विषयमा झापाका कुनै पनि स्थानीय तह संवेदनशील भएको पाइँदैन ।’ आधारभूत स्वास्थ्य सेवाअन्तर्गत महामारी व्यवस्थापन गर्ने काम स्थानीय तहको भएको पौडेल बताउँछन् । उनले स्वास्थ्य कार्यालयसँग बजेट नभएको…
बीबीसी । केन्यामा एक पुरुष सांसद आफ्नी महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ परेका छन्। आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ। गेडी संसद्को बजेट समितिमा सदस्य छिन्। आक्रमणपछि खिचिएको दाबी गरिएको एउटा तस्बिरमा उनलाई रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ। उक्त तस्बिर सामाजिक सञ्जालमा व्यापक भयो। सो विषयमा पुरुष सांसदहरूले खिसीटिउरी गरेपछि महिला सांसदहरूले संसद् बहिष्कार गरेका थिए। पूर्वोत्तर केन्याबाट संसद्मा निर्वाचित कास्सिमले आफ्नो निर्वाचनक्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद्भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको बताइएको छ। त्यसपछि संसद्मा सो विषयमा पुरुष सांसदले…
भद्रपुर, ३१ जेठ । यहाँस्थित मेची बहुमुखी क्याम्पस विश्वस्तरीय शैक्षिक गुणस्तर मापदण्डमा प्रवेश गनेर् संघारमा रहेको छ । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवम् विश्वस्तरीय बनाउने तयारी थालेअनुरुप सेमेष्टर प्रणालीमा कक्षा सञ्चालन भइरहेका मेची बहुमुखी क्याम्पस सहित मोफसलका १६ वटा आंगिक क्याम्पस र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पसहरूलाई सो मापदण्डमा प्रवेश गराउन तत्सम्बन्धी तयारी गरिरहेको त्रिवि स्रोतबाट बुझिएको हो । विश्वव्यापी भूमण्डलीकरणका कारण सिक्ने र सिकाउने प्रणालीमा परिवर्तन आएको हुनाले सूचना तथा प्रविधिको प्रयोगबाट कक्षाकोठामा सिकाइको प्रभावी वातावरण निर्माण गदैर् विद्यार्थीको परीक्षाको नतिजाको मात्रै मूल्यांकन नगरेर तिनमा अन्तर्निहित क्षमता, कला र शैली समेतको मूल्यांकन गरिने सेमेष्टर प्रणालीलाई…
काठमाडौं, ३१ जेठ । सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता भुपाल बरालले सबै स्थानीय तहका लागि ६७ हजार कर्मचारीको दरबन्दीमा समायोजन गर्दा ४२ हजार मात्र पठाइसकेकाले अझै पनि २५ हजार कर्मचारी दरबन्दी रिक्त रहेको बताए । उनले मन्त्रालयमा दैनिकरुपमा स्थानीय तहका प्रमुख कर्मचारी चाहियो भनेर आउने गरेकोसमेत बताए । ‘हामीलाई कर्मचारी अपुग भयो । जनताका काम गर्न पाएनौँ । कर्मचारी चाहियो भनेर दैनिकरुपमा स्थानीय तहका प्रमुख आउने गर्नुभएको छ”, उनले भने, “शीघ्र स्थानीय तहमा कर्मचारी पदपूर्ति भई त्यहाँका सेवा…