
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ५ जेठ । सबैखाले विपद जोखिम न्यूनिकरणमा रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यले राष्ट्रियस्तरको नेपाल विपद उत्थानशील सञ्जाल गठन भएको छ । चितवनको सौराहामा सम्पन्न विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण सम्बन्धी सरोकारवालाहरुबीचको राष्ट्रिय भेलाले सात सदस्यीय सञ्जाल गठन गरेको हो । सातैवटा प्रदेशका विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको भेलाले सुदुरपश्चिम प्रदेशका दिनेशचन्द्र जोशीको संयोजकत्वमा सात सदस्यीय सञ्जाल गठन गरेको थियो । सञ्जालमा सबै प्रदेशको प्रतिनिधित्व रहेको छ । १ नं प्रदेशबाट रुद्रप्रसाद सिटौला, २ बाट दुर्गा परियार, ३ बाट गणेश ढुंगाना, गण्डकी प्रदेशबाट फूलमाया राना, ५ बाट संगीता चौधरी र कर्णाली प्रदेशबाट खेमबहादुर रेग्मी सञ्जालको सदस्य छन् । सञ्जालको…
भद्रपुर, ४ असार । नेपाली कांग्रेस भद्रपुर–१० नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट बेवास्ता गरिएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ । सो वडामा काँग्रेसले हात्ती समस्या निराकरणमा पहल नभएको, विकास निर्माण समितिमा कार्यकर्ता भर्ती केन्द्र बनाइएको, सघन सहरी विकास तथा चारआली केचना सडक खण्ड अन्र्तगत १० नम्बर क्षेत्रमा भइरहेका सडक स्तरीकरणको गुणस्तरमाथि प्रश्न उठेपनि वडाले रोक्न नसकेको, ग्रामिण बस्तीका सडक, बत्ती, कल्र्भट जस्ता आधारभूत काम नहुँदा स्थानीयमा समस्या बढेको लगायत दर्जनौ योजना अलपत्र परेको भन्दै निरन्तर काम अगाडि बढाउन दबाव दिने उद्देश्यले २७ बुँदे माग समेटेर वडा कार्यालय मार्फत नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो । विकास समिति संयोजक अमरबहादुर…
द्रोण अधिकारीभद्रपुर, ४ असार । ५० वर्षसम्म काम लाग्ने गरी निर्माण गरिएको भौतिक संरचना केही वर्ष टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठ्ने गरी काम भइरहे पनि नियामक मौन बसेको पाइएको छ । भद्रपुरस्थित चन्द्रगढी विमान स्थलको धावन मार्ग मर्मत तथा जहाज पार्किङ स्थलमा भइरहेको बेस ग्राभेलको काम निर्माण सम्झौता अनुसार नहुँदा समेत नियामक मौन बसेको पाइएको हो । गौरी पार्वती, देव एण्ड सयस जे भीले सम्युक्त रूपमा निर्माण गरिरहेको धावन मार्ग मर्मत तथा जहाज पार्किङको बेस ग्राभेलमा माटो मिसिएको सिंगल गिटी प्रयोग भइरहेको पाइएको छ । निर्माण लक्ष्य अनुसार ५० वर्ष खप्ने निर्माण सामग्री प्रयोग गर्ने हो भने फुटाइएको डबल…
गौरादह, ४ जेठ । एकादेशमा अत्यन्तै गरीब व्राम्हण दम्पती रहेछन् । उनका दुई भाइ छोरा र दुई बहिनी छोरी रहेछन् । दुई भाइ छोरामध्ये कान्छो छोरा भाग्यले ठगेर अन्धो बनेको रहेछ । जेठो छोराको एउटा मात्र आँखा रहेछ, अनि उनी बालापन मै दीर्घरोगी । यो कुनै लोक कथा नभएर गौरादह–४ धरधरे शिव मन्दिरको छाना मुनी बसोबास गर्दै आएका भट्टराई दम्पत्तिको हो । जुन परिवार अहिले अत्यन्तै पीडा भित्र डुबुल्की मार्दै खुसी खोजिरहेको छ । ठूलो छोरा प्रकाश २६ वर्षका भए । लाउँला–खाउँलाको उमेरमा अहिले उनी अचम्मको रोग लागेर ओछ्यान परेका छन् । विगत ७÷८ वर्षदेखि थलिएका प्रकाशको दयनीय अवस्था देखेर…
काठमाडौं, २ असार । सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको छ । सिंहदरबारभित्रका करिब सात हजार कर्मचारीको स्वास्थ्योपचारका लागि भनेर सरकारले १६ फागुन ०७४ देखि पिएचसीसरहको स्वास्थ्य संस्था (हेल्थ डेस्क) सञ्चालन गरेको थियो । तर, महिनौँदेखि औषधि अभाव हुँदा कर्मचारीले स्वास्थ्य सेवा पाएका छैनन् । आजको नयाँ पत्रिकामा खबर छ ।
मोरङ, २ असार । मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । रंगेली डाइनिया सडक खण्डमा राती पौने १० बजे पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका–४ अमरदह बस्ने वर्ष ४५ को दिलिप कुमार बि।क। गम्भीर घाइते भई उपचारको लागि रंगेली अस्पताल पठाएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ…
झापा, २ असार । काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले बिर्तामोड पुगे । तर, त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोनसमेत गर्न पाएनन् । होटलको सरसफाई गरेरै मासिक खानबस्न र १० हजारभन्दा बढी कमाइ हुन्छ भनेर लगिएका उनीहरुले यौन व्यवसायका लागि फसाइएको बिर्तामोड पुगेपछि मात्रै थाहा पाए । होटल मालिकको हातमा परेपछि पैसा पाउनु त परै जाओस् दुई महिनासम्म दुई छान खाना पनि नपाएको पीडित युवतीले बताएकी छिन् ।…
काठमाडौं, २ असार । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो । कक्षा एकदेखि १० सम्म पढाउन ०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र १२ पढाउन अनुदान कोटामा नियुक्त ५ हजार नौ सय ५९ जना शिक्षकलाई दरबन्दीमा रूपान्तरण गर्न लागिएको हो । शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरिए राज्यलाई वार्षिक थप १ अर्ब ५० करोड व्यायभार पर्नेछ । मुलुकभर २७ हजार ८ सय ८३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।…
काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ लाई सरकारले संसद्मा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरूले सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन सरकारलाई दबाब दिएका छन् । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र मणि थापाले गुठी विधेयक स्थगन गरी सरोकारवालासँग छलफल गर्न सुझाव दिए । उनीहरूले सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याइएकाले संसद्मा पेस गर्नुअघि नै विवादित बनेको र परिमार्जनको विकल्प नरहेको स्पष्ट पारे । नेकपाका सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरोकारवालासँग छलफल…
प्युठान, २ असार । प्युठानको गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सा सुनार योजना अनुगमन मुद्दामामिला मिलाउन गाउँगाउँ पुग्छिन् । त्यस्तो बेला घरबाहिरै बस्न परेका घटना धेरै छन् । छुवाछुत प्रथाका कारण गाउँपालिकाबाट सँगै गएको टोलीसित साथै बसेर खाने छुट उनले पाउँदिनन् । बास बस्न परे घरभित्र पस्न सहज नहुने उनको भनाई छ । कानुनमा जस्तो व्यवस्था भए पनि चेतनालाई कारण ठानेर कतिपय अवस्थामा घरबाहिरै खाएर फर्किने गरेको उनले बताइन् । आफैँलाई भोट दिएर जिताएका जनतासित जातभातको विषयमा कुरा गरेर किन समाज विभाजित तुल्याउनु भनेर न्याय खोज्नेतर्फ नलागेको उनले तर्क गरिन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।