
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुरुङ्गा, २१ असार । मन्टेसोरी एसोसिएसन अफ झापा (माज)द्वारा शुक्रबार सुरुङ्गामा आयोजित झापा जिल्लास्तरीय किड्स क्वीज कन्टेस्टमा बिर्तामोड–३ स्थित लोटस प्रि–स्कुल एन्ड चाइल्ड केयर सेन्टर प्रथम भएको छ । झापाका १५ वटा मन्टेश्वरीबीच गराइएको प्रतियोगितामा स्पेलिङ, म्याथमेटिक्स, आईक्यू, कलर तथा भिज्युल र सामान्य ज्ञान राउन्ड राखिएको प्रश्नको सही जवाफ दिँदै लोटस प्रथम भएको हो । युकेजी तथा एलकेजीमा अध्ययनरत् विद्यार्थीबीच गराइएको प्रतियोगितामा कनकाई–३ स्थित हाम्रो पाठशाला मन्टेश्वरी दोस्रो र बिर्तामोड १ स्थित बाल संसार प्रि–स्कुल तेस्रो भएको छ । कार्यक्रमको उद्घाटन कनकाई नगरपालिकाका नगर शिक्षा प्रमुख तथा सहसचिव पिताम्बर गौतम र संस्थाका अध्यक्ष रामकुमार तामाङले संयुक्त रुपमा गरेका थिए ।…
भद्रपुर, २० असार । झापाको भद्रपुरमा पत्रकार र सञ्चार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि सुरु भएको छ । भद्रपुर नगरपालिका कार्यालयको सहयोग तथा प्रेस क्लब भद्रपुरको आयोजनामा भद्रपुर ८ स्थित नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभाहलमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले सरकार विरुद्धको प्रमुख प्रतिपक्षको भूमिका मिडिया जगतले निर्वाह गरिरहेको छ । अहिलेको पत्रकारिता प्रविधि मैत्री बन्न थालिसकेकोले सो अनुसार पत्रकार र सञ्चारमाध्यम अघि बढ्नु पर्ने सहभागीहरूले जोड दिए । प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्द चन्द क्षेत्रीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला…
काठमाडौं, २० असार । प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन् । कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन् । उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल गान्सुको लान्झाओ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सछुवान ९सिचुवान० मा थिए । मुख्यमन्त्रीहरूले चिनियाँ अधिकारीसँग गरेको वार्ताबारे कूटनीतिक निकाय बेखबर छ । उनीहरूको भेटमा कूटनीतिक प्रतिनिधिको उपस्थिति पनि थिएन । बेइजिङस्थित दूतावासका अधिकारीले मुख्यमन्त्रीको भ्रमणबारे…
काठमाडौं, २० असार । जननिर्वाचित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ । पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरूले फेरि अर्को एनजिओ सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘संविधानसभा सदस्य परिषद्, नेपाल’ नामको एनजिओ दर्ता गरेर संघीय संसद् सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् । तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको संसद् सचिवालयको भवन…
काठमाडौं, २० असार । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी मनाङ ९ख० बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वा्चित भएका हुन् । सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सचिवालय सदस्य पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका दुवैजनालाई नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खादा र अविर लगाएर स्वागत गरे। उनले गुरुङलाई नेकपाको विधानसमेत प्रदान गरे । नेकपा प्रवेश गरेका गुरुङ विगतमा ‘डन’ का रुपमा चिनिन्थे । उनलाई अहिले पनि धेरैले ‘दीपक मनाङे’ उपनामबाट चिन्छन् । प्रदेशसभा निर्वाचनमा उनलाई तत्कालीन…
काठमाडौं, २० असार । मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन्। घरमा कोही नभएका बेला सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन्। सुरुङ्गा नगरपालिका १ का निमित्त वडा अध्यक्ष इन्द्र आले मगरका अनुसार आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएका थिए। उनले खुकुरी नचाउँदै बुवा र छिमेकीलाई मार्ने धम्की दिएपछि प्रहरीलाई खबर गरेको आलेको भनाइ छ। बिहीबार दिउँसो धनमायाले मोबाइलमा रिचार्ज सकिएको भनेपछि उनका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामी बजार गएका थिए। उसै बेला छोराले आमाको हत्या गरेको…
भद्रपुर, १७ असार । प्रदेश नं १ का पर्यटन तथा होटल व्यवसायीहरुलाई डिजिटल प्रविधि अधिकतम उपयोग गर्न आह्वान गरिएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा झापा भद्रपुरको होटल कृष्णामा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स (नाटा) प्रदेश नं १ ले आयोजना गरेको एक कार्यक्रमका वक्ताहरुले नेपाली पर्यटन व्यवसायी पनि अन्य देशका व्यवसायीसरह डिजिटल प्रविधिमा दक्ष बन्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नाटाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईंले अब परम्परागत पर्यटनको भविष्य नरहेको उल्ल्ेख गर्दै पर्यटनको डिजिटल बजारीकरण आवश्यक भइसकेको बताए । ‘हातले लेखेर काम गर्ने दिन गइसक्यो, अब पनि त्यही ढंगबाट पर्यटनको बजारीकरण सम्भव छैन’, उनले भने– ‘एउटा स्मार्टफोन, एउटा…
भद्रपुर, १६ असार । झापाको भद्रपुर नगरपालिकाले २१ औं धान दिवसको अवसर पारेर भद्रपुरको एक सहकारी संस्थालाई ट्रयाक्टर प्रदान गरेको छ । नगरपालिकाले भद्रपुर–१० स्थित कलबलगुरी कृषि सहकारी संस्थालाई खेत जोत्ने प्रयोजनको लागि खेत जोत्ने औजारसहितको १२ लाख मूल्यबराबरको ट्रयाक्टर प्रदान गरेको हो । नगरपालिकाको कृषि शाखा र कलबलगुरी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा आइतबार सम्पन्न १६ औं धान दिवस तथा रोपाईं महोत्सव समारोहका प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठले संस्थाका अध्यक्ष भीम दाहाललाई ट्रयाक्टरको चाबी हस्तान्तरण गरे । सो अवसरमा नगरप्रमुख श्रेष्ठले परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै कम लगानी र कम जनश्रम उपयोग गरी अधिकतम उत्पादन गर्नुपर्ने आवश्यकता बढ्दै गएकोले…
काठमाडौं, १६ असार । बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल९हान०ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ । कलारका कम्तीमा ३ दिन होटलमा रहनेछन् । यस अवधिसम्म हुनेहरूले होटलको १४ सय कोठा प्रयोग गर्ने छन् । प्रत्येक कोठाको मुल्य सरदरमा ६ सय डलर पर्ने भनिएको छ । यस आधारमा होटल खर्च मात्रै ८ करोड ४० लाख रुपैयाँ खर्च हुनेछ । त्यस्तै कार्यक्रममा सहभागि कलाकारलाई जहाज…
सान नेपालमेरा एक जना निकै मिल्ने मित्र एउटा निजी विद्यालयका प्र. अ. थिए । एकदिन उनि संग म दमक बजार घुम्न गएको थिँए । बजारमा उनले एउटा जिन्स पेन्ट किन्ने विचार गरे । निकै दलाल गरेर उनले जीन्स पेन्ट किने तर त्यो केही लामो भएको र फिटिङ गर्नु पर्ने भयो । एक जना जानपहिचान राम्रो भएका दर्जी कहाँ उनले जीन्स फिटिङ गराउने राय सुनाए । मलाई केही टाढै छोडेर उनि एक्लै दर्जीको पसलमा गए । लगत्तै उनि फर्किएर मलाई भने, वावै चाहीँ रहेनछन् । उनले मलाई राम्रै चिन्छन् । त्यसैले तिमी गएर यो फिटिङ गराइदिन सक्छौ ? – उनले मेरो…